Logo de YouVersion
Icono de búsqueda

रोमी 16

16
पावलको अभिवादन
1अब म हाम्री बहिनी फिबीसँग तिमीहरूको चिनापर्ची गराइदिन्‍छु, जसले किंक्रियाको मण्‍डलीमा सेविकाको काम गर्छिन्। 2उनले धेरैलाई सहायता गरिन् र मलाई पनि ठूलो सहायता गरेकी छिन्। यसकारण तिमीहरूले पनि ख्रीष्‍टका पवित्र जनले झैँ प्रभुको नाउँमा उहाँलाई स्‍वागत गर र खाँचोमा उहाँको सक्‍दो सहायता पनि गर।
3 # प्रेरित 18:2 येशू ख्रीष्‍टको काम गर्दा मसँगै काम गर्नुहुने प्रिस्‍का र अकिलासलाई मेरो अभिवादन छ। 4मलाई बचाउन उहाँहरूले झण्‍डै मर्नुपनि परेको थियो। म उहाँहरूको ठूलो गुण सम्‍झन्‍छु, म मात्र होइनँ तर सबै अन्यजातिका मण्‍डलीहरूले पनि गुण मान्‍दछन्। 5उहाँहरूको घरमा भेला हुने मण्‍डलीलाई पनि मेरो अभिवादन छ।
मेरा प्‍यारा मित्र एशियाका पहिला ख्रीष्‍टमा विश्‍वास गर्ने इपेनितसलाई अभिवादन छ। 6तिमीहरूका लागि मरिमेटेर काम गर्ने मरियमलाई अभिवादन छ। 7मसँगै कैद हुने यहूदी साथी र एन्‍ड्रोनिकस र युनियसलाई अभिवादन छ। उहाँहरूको नाउँ प्रेरितहरूका माझमा चलेको थियो अनि मैले विश्‍वास गर्नुभन्दा पहिले नै उहाँहरूले ख्रीष्‍टलाई विश्‍वास गर्नुभएको थियो।
8एम्‍प्‍लीआतसलाई मेरो अभिवादन छ। प्रभुमा विश्‍वास गर्नुभएकोले म उहाँलाई माया गर्छु। 9ख्रीष्‍टको निम्‍ति मसँगै काम गर्नुहुने उर्बानसलाई पनि मेरो अभिवादन छ। प्‍यारा स्‍ताखुसलाई पनि मेरो अभिवादन छ। 10ख्रीष्‍टमा भएको मुक्तिलाई प्रमाण गर्ने अपेल्‍लेसलाई अभिवादन छ। अरिस्‍तोबुलसका परिवारमा हुने सबैलाई अभिवादन। 11मेरा यहूदी भाइ हेरोदियनलाई अभिवादन। प्रभुमा विश्‍वास गर्ने नर्किससको घरका सबैलाई अभिवादन।
12प्रभुको धेरै काम गर्ने त्रुफेना बहिनी र त्रोफोसालाई अभिवादन। प्रभुको लागि धेरै काम गर्नुहुने प्‍यारी बहिनी परसीसलाई अभिवादन। 13#मर्कूस 15:21प्रभुले छान्‍नुभएको रूफसलाई अभिवादन। मेरी आमासमान रूफसकी आमालाई अभिवादन। 14असिंक्रितस, फ्‍लेगन, हर्मेस, पत्रोबास, हर्मास र उहाँहरूसँग हुने अरू दाजुभाइहरूलाई पनि मेरो अभिवादन छ। 15फिलोलोगस र युलिया, नेरियस र उहाँकी बहिनी र ओलिम्‍पास र उहाँसँग भएका सबै ख्रीष्‍टका पवित्र जनहरूलाई मेरो अभिवादन छ।
16ख्रीष्‍टमा सबै मण्‍डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। एक-अर्कालाई प्रेमसँग अभिवादन सुनाइदेओ।
आखिरी सल्‍लाह
17दाजुभाइहरू हो, म तिमीहरूलाई बिन्‍ती गर्दछु, फाटो ल्‍याउने र मानिसको विश्‍वासलाई बिथोल्‍नेहरूदेखि होशियार होऊ। तिनीहरू तिमीहरूले पाएको शिक्षाको विरोध गर्छन्। त्‍यस्‍ता मानिसहरूको त संगत पनि नगर 18किनभने यसो गर्ने मानिसहरूले ख्रीष्‍टको होइन तर आफ्‍नै पेटको पूजा गर्छन्। मीठामीठा शब्‍दहरू र चिप्‍ला कुराहरूले सीधा मानिसहरूलाई ठग्‍छन्। 19तिमीहरूले गरेको आज्ञापालनको कुरा सबैले सुनेका छन्, यस कुरामा मलाई खुसी लागेको छ। तिमीहरू खराब काम गर्न नजान्‍ने तर असल काम गर्न सिपालु भएको म चाहन्‍छु। 20शान्‍ति दिने परमेश्‍वरले चाँडै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्‍चाउनुहुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्।
21 # प्रेरित 16:1 मसँग काम गर्ने तिमोथीले तिमीहरूलाई अभिवादन पठाएका छन्। त्‍यसै गरी मेरो यहूदी भाइहरू लुकियस, यासोन र सोसिपात्रोसको पनि तिमीहरूलाई अभिवादन छ।
22यो पत्र लेख्‍ने म तर्तियसको पनि प्रभुमा तिमीहरूलाई अभिवादन छ। 23#प्रेरित 19:29; १ कोरिन्थी 1:14; २ तिमोथी 4:20घरधनी गायसको समेत तिमीहरूलाई अभिवादन छ। गायसको घरमा भेला हुने मण्‍डलीको तर्फबाट पनि अभिवादन छ। यस सहरका कोषाध्‍यक्ष इरास्‍तस र क्‍वार्टस भाइले पनि तिमीहरूलाई अभिवादन भनेका छन्। 24हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसित रहोस्। आमेन।
25हामी सबैले परमेश्‍वरलाई आदर र मान गरौं। उहाँ तिमीहरूलाई विश्‍वासमा स्‍थिर बनाउन शक्तिशाली हुनुहुन्‍छ। मैले प्रचार गरेको सुसमाचार र येशू ख्रीष्‍टको बारे गरेको प्रचारले पनि यो बताउँछ। युग-युगदेखि गुप्‍तमा रहेको ख्रीष्‍टको सुसमाचार अब छर्लङ्ग भएको छ। 26ख्रीष्‍टको बारेमा नबुझिने कुराहरू अब अगमवक्ताहरूले लेखेका किताबहरूमा सफासँग बुझ्‍न सकिने भएको छ। अब अनन्‍त परमेश्‍वरको धार्मिक आज्ञाअनुसार यही लुकेको सुसमाचार चारै दिशामा प्रचार गरिंदै छ। यसो गर्नाले सबैले विश्‍वास गरेर एकमात्र परमेश्‍वरलाई मान्‍न पाउनेछन्। 27एकमात्र सर्वज्ञानी परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा होइरहोस्। आमेन।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión