Logo de YouVersion
Icono de búsqueda

मत्ती 6:16-18

मत्ती 6:16-18 सरल नेपाली

“नखाईकन उपवास बस्‍दा कपटीहरूले जस्‍तो न्याउरो मुख लगाएर नबस। कपटीहरू त उपवास बसेका छौं भनेर अरूलाई देखाउन न्याउरो मुख लाएर बस्‍छन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिनीहरूले पाउनुपर्ने पूरै इनाम पाइसकेका हुन्‍छन्। तिमीचाहिँ उपवास बस्‍ने बेलामा सधैँजस्‍तै टाउकोमा तेल लगाई मुख धोएर बस। त्‍यसो गर्दा मानिसले होइन, तर गुप्‍तमा हुनुहुने परमेश्‍वर पिताले मात्रै तिमी उपवास बसेको देख्‍नुहुनेछ र तिमीलाई इनाम दिनुहुनेछ।