Logo de YouVersion
Icono de búsqueda

मत्ती 3

3
बप्‍तिस्‍मा दिने यूहन्‍नाको प्रचार
(मर्कूस १:१-८; लूका ३:१-१८; यूहन्‍ना १:१९-२८)
1त्‍यस समयमा बप्‍तिस्‍मा दिने यूहन्‍नाले यहूदियाका उजाड-स्थानहरूमा मानिसहरूलाई यसो भन्‍दै प्रचार गर्न लागे, 2#मत्ती 4:17; मर्कूस 1:15“आ-आफ्‍नो पाप मानिलेऊ र त्‍यो छोड किनभने परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ।” 3#यशैया 40:3अब यशैया अगमवक्ताले पनि यिनै यूहन्‍नाको बारेमा अघिबाट नै यसरी भनेका थिए–
“सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्‍तो भन्‍दै छन्,
‘परमप्रभु आउनुहुने बाटो ठीक पार,
उहाँ हिँड्‍नुहुने गोरेटाहरू सोझ्‍याओ’!”
4 # २ राजा 1:8 यूहन्‍नाले ऊँटको रौंले बुनेको लुगा लगाउँथे, कम्‍मरमा छालाको पेटी बाँध्‍थे अनि सलह र बन-मह खान्‍थे। 5यरूशलेम सहर, यहूदियाका सबै गाउँ र यर्दन नदीका चारैतिरबाट मानिसहरू उनीकहाँ आउन थाले 6अनि आ-आफ्‍ना पाप मानिलिने जतिलाई यूहन्‍नाले यर्दन नदीमा बप्‍तिस्‍मा दिए।
7 # मत्ती 12:34; 23:33 फरिसी र सदुकी भन्‍ने दुईवटा धार्मिक समूहका धेरै मानिसहरू पनि बप्‍तिस्‍मा लिन यूहन्‍नाकहाँ आए। तिनीहरूलाई आइरहेका देखेर यूहन्‍नाले भने, “ए विषालु सर्पका सन्‍तान हो, परमेश्‍वरले गर्नुहुने न्‍यायबाट उम्‍कन तिमीहरूलाई कसले सिकायो? 8तिमीहरूले आ-आफ्‍ना पापलाई मानिलिएर आफ्‍नो मन परमेश्‍वरतिर फर्काएका हौ भने त्‍यहीअनुसार चल्‍ने गर। 9#यूहन्‍ना 8:33‘हामी अब्राहामका सन्‍तान हौं’ भन्‍दैमा तिमीहरू उम्‍कन्‍छौ भन्‍ने नसम्‍झ। म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरले यी ढुङ्गाबाट पनि अब्राहामका सन्‍तान जन्‍माउन सक्‍नुहुन्‍छ। 10#मत्ती 7:19रूखको फेदमा बन्‍चरो परिसकेको छ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ।
11“साँच्‍चै, तिमीहरूले आ-आफ्‍नो पाप मानिलिएर त्‍यसलाई छोड्‍न तयार भएका हौ भनेर देखाउन म तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिँदै छु, तर मपछि आउनुहुनेले चाहिँ तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ। उहाँ त मभन्दा धेरै महान् हुनुहुन्‍छ। म त उहाँको जुत्ता बोक्‍ने लायकको पनि छैनँ। 12अन्‍न निफन्‍नलाई उहाँले हातमा नाङ्लो लिइसक्‍नुभएको छ। निफनेर अन्‍नचाहिँ भकारीमा थन्‍क्‍याउनुहुनेछ, तर भुसचाहिँ कहिल्‍यै ननिभ्‍ने आगोमा डढाउनुहुनेछ।”
येशूको बप्‍तिस्‍मा
(मर्कूस १:९-११; लूका ३:२१-२२; यूहन्‍ना १:३२-३४)
13त्‍यस समय येशू गालीलबाट आइपुग्‍नुभयो र यूहन्‍नाबाट बप्‍तिस्‍मा लिन यर्दन नदीमा जानुभयो। 14तर यूहन्‍नाले उहाँलाई रोक्‍न खोजेर यसो भने, “मैले त होइनँ, हजुरले पो मलाई बप्‍तिस्‍मा दिनुपर्थ्‍यो। तर अब हजुर मकहाँ पो आउनुभयो!” 15येशूले उनलाई भन्‍नुभयो, “यसै हुन देऊ, परमेश्‍वरको हरेक इच्‍छा पूरा गर्न हामीले अहिले यसरी नै गर्नुपर्छ।”
यो कुरा मानेर यूहन्‍नाले येशूलाई बप्‍तिस्‍मा दिए। 16बप्‍तिस्‍मा लिइसक्‍नुभएपछि येशू झट्टै पानीबाट निस्‍कनुभयो, त्‍यति बेला स्‍वर्ग उघ्रियो र उहाँले परमेश्‍वरको आत्‍मालाई ढुकुरजस्‍तै आफूमाथि आइरहनुभएको देख्‍नुभयो। 17#उत्‍पत्ति 22:2; भजनसंग्रह 2:7; यशैया 42:1; मत्ती 12:18; 17:5; मर्कूस 1:11; लूका 9:35त्‍यति नै खेर स्‍वर्गबाट यस्‍तो बोलिएको सुनियो, “यिनी मेरा प्‍यारा छोरा हुन्, यिनीदेखि म धेरै खुसी छु।”

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión