Logo de YouVersion
Icono de búsqueda

मत्ती 28:12-15

मत्ती 28:12-15 सरल नेपाली

मुख्‍य पूजाहारीहरूले अरू अगुवाहरूसँग मिलेर “अब के गर्ने?” भनेर सल्‍लाह गरे अनि तिनीहरूले सिपाहीहरूलाई पैसा दिएर भने, “तिमीहरूले ‘राती हामी निदाएको बेलामा येशूका चेलाहरूले आएर उसको लाश चोरेर लगेछन्’ भन्‍नू है। रोमी बडा-हाकिमले सुनेछन् भने हामी उनीसँग कुरा मिलाउँछौं। तिमीहरूले यसको बारेमा केही चिन्‍ता गर्नुपर्दैन।” ती पहरा दिनेहरूले पैसा लिएर मुख्‍य पूजाहारीहरूले सिकाएजस्‍तै भने। यो कुराचाहिँ यहूदीहरूको बीचमा अहिलेसम्‍म पनि फैलिरहेको छ।