Logo de YouVersion
Icono de búsqueda

मलाकी पुस्‍तक परिचय

पुस्‍तक परिचय
ख्रीष्‍ट पूर्व पाँचौं शताब्‍दीमा यरूशलेमको मन्‍दिर नयाँ गरी फेरि निर्माण भइसकेपछि मलाकीले यो पुस्‍तक लेखेका हुन्। यस पुस्‍तकमा अगमवक्ताको विशेष इच्‍छा परमेश्‍वरसित गरेको आफ्‍नो करारमाथि फेरि विश्‍वासी बन्‍न पूजाहारी र मानिसहरूलाई आदेश दिनु थियो। परमप्रभुका प्रजाका जीवनमा अनि तिनीहरूको उहाँप्रतिको आराधनामा शिथिलता र भ्रष्‍टता आएको थियो। परमेश्‍वरलाई चढाउनुपर्ने भेटीहरू नचढाएर र उहाँका आदेशअनुसार जीवन नबिताएर पूजाहारी र मानिसहरूले परमेश्‍वरलाई ठगिरहेका थिए। तर आफ्‍नो प्रजाको न्‍याय गर्न र तिनीहरूलाई शुद्ध पार्न परमप्रभु आउनुहुनेछ। आफू आउनुअघि बाटो तयार पार्न र आफ्‍नो करार घोषणा गर्न उहाँले आफ्‍नो संवाददाता पठाउनुहुनेछ।
संक्षिप्‍त विषय-सूची
इस्राएलको पाप १:१—२:१६
परमेश्‍वरको न्‍याय र दया २:१७—४:६

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión