लेवी 1
1
पूर्ण होमबलिहरू
1परमप्रभुले मोशालाई पवित्र-पालबाट बोलाउनुभयो र 2इस्राएलीहरूले बलिहरू चढाउँदा मान्नुपर्ने यी तलका नियमहरू तिनलाई दिनुभयो।
जब कसैले पशुबलि चढाउँछ, तब गोरु वा भेडा वा बाख्राबाट त्यसले एउटा पशु चढाओस्। 3यदि कसैले आफ्ना गोरुको होमबलि चढाउँछ भने त्यसले एउटा निष्खोट साँढे ल्याओस्। त्यसले परमप्रभुको पवित्र पालको ढोकामा त्यो साँढे चढाओस् र परमप्रभुले त्यसलाई ग्रहण गर्नुहुनेछ। 4त्यस मानिसले साँढेको टाउकोमा हात राखोस् र त्यो त्यसको पाप काट्न बलि ग्रहण गरिनेछ। 5त्यसले साँढेलाई त्यहाँ मारोस् र हारून वंशका पूजाहारीले परमप्रभुलाई रगत चढाऊन् र पवित्र पालको ढोकामा भएको वेदीको चारैपट्टि छर्कून्। 6तब त्यसले साँढेको छाला काढोस् र त्यसलाई टुक्रा-टुक्रा पारोस् 7र पूजाहारीहरूले वेदीमा दाउराहरू मिलाएर राखून् र त्यसलाई आगो लाऊन्। 8तिनीहरूले ती पशुका टुक्राहरू, टाउको र बोसोसमेत आगोमाथि राखून्। 9त्यस मानिसले पशुका भित्री अङ्गहरू र पछिल्ला खुट्टाहरू पानीले धोओस् र त्यहाँ सेवा गर्ने पूजाहारीले वेदीमाथि पूरा बलि डढाएर भस्म पारोस्। त्यहाँ होमबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
10यदि त्यस मानिसले आफ्ना भेडा वा बाख्राबाट एउटा पशु चढाउँछ भने त्यो निष्खोट साँढे वा बोको हुनुपर्छ। 11त्यसले त्यस पशुलाई वेदीको उत्तरपट्टि मारोस् र पूजाहारीहरूले त्यसको रगत वेदीको चारैपट्टि छर्कून्। 12त्यस मानिसले त्यस पशुलाई टुक्रा-टुक्रा पारेर काटेपछि त्यहाँ सेवा गर्ने पूजाहारीले सबै टुक्राहरू, टाउको र बोसोसमेत आगोमाथि राखोस्। 13त्यस मानिसले पशुका भित्री अङ्गहरू र पछिल्ला खुट्टाहरू पानीले धोओस् र पूजाहारीले परमप्रभुलाई बलि चढाओस् र पूरै वेदीमा डढाओस्। त्यस होमबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
14कोही मानिसले पंक्षी-बलि चढाउँछ भने त्यो परेवा वा ढुकुर हुनुपर्छ। 15त्यसलाई पूजाहारीले वेदीमा चढाओस्, त्यसको घिच्रो निमोठेर टाउको वेदीमा डढाओस्। त्यसको रगत वेदीको एकापट्टि छेउमा पूरै चुहाओस्। 16आन्द्रा-भुँडी निकालेर मलसमेत वेदीको पूर्वपट्टि, खरानी रहने ठाउँमा फ्याँकिदेओस्। 17त्यसको पखेटा समातेर शरीर बीचमा च्यातोस् तर पखेटा नचुँडियोस् र वेदीमा पूरै डढाओस्। त्यस होमबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
Actualmente seleccionado:
लेवी 1: सरल नेपाली
Destacar
Compartir
Copiar
¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: