यूहन्ना 13
13
येशूले आफ्ना चेलाहरूको खुट्टा धुनुभएको
1निस्तार भन्ने चाड सुरु हुनै लागेको थियो। आफूले संसार छोडेर पिताकहाँ जाने समय आउनै लागेको छ भन्ने कुरा येशूलाई थाहा थियो। उहाँले संसारमा भएका आफ्ना चेलाहरूलाई सधैँ प्रेम गर्नुहुन्थ्यो अनि उहाँले तिनीहरूलाई आखिरी समयसम्मै प्रेम गरिरहनुभयो।
2येशूले आफ्ना चेलाहरूसँग बेलुकीको खाना खाँदै हुनुहुन्थ्यो। त्यति बेला शैतानले सिमोनका छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई पक्राइदिने विचार हालिदिइसकेको थियो। 3परमेश्वरले आफूलाई सबै अधिकार दिनुभएको छ भन्ने कुरा येशूलाई थाहा थियो अनि परमेश्वरबाटै आएर फेरि परमेश्वरकहाँ नै फर्किंदै छु भन्ने कुरा पनि उहाँलाई थाहा थियो। 4त्यही सम्झेर येशू उठ्नुभयो र बाहिरपट्टिको खास्टो खोलेर कम्मरमा तौलिया बेर्नुभयो। 5त्यसपछि उहाँले भाँडामा पानी हालेर चेलाहरूको खुट्टा धुँदै कम्मरमा बेरेको तौलियाले पुछ्न लाग्नुभयो। 6सिमोन पत्रुसको खुट्टा धुन आँट्दा पत्रुसले भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुन लाग्नुभएको?”
7येशूले पत्रुसलाई भन्नुभयो, “अहिले म के गर्दै छु, तिमीले बुझ्दैनौ। तर पछिचाहिँ तिमीले बुझ्नेछौ।”
8पत्रुसले भने, “तपाईंले मेरो खुट्टा कहिल्यै पनि धुनुहुँदैन!”
येशूले भन्नुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने तिमी मेरो चेला नै हुँदैनौ।”
9तब सिमोन पत्रुसले भने, “त्यसो हो भने प्रभु, मेरो खुट्टा मात्रै होइन, तर हात र टाउकोसमेत धोइदिनुहोस्।”
10येशूले भन्नुभयो, “नुहाइसकेको मानिसले खुट्टाबाहेक अरू केही धुनुपर्दैन किनभने ऊ शुद्ध भएको छ। तिमीहरू त शुद्ध भइसकेका छौ, तर सबैचाहिँ होइन।” 11आफूलाई कसले पक्राइदिन आँटेको छ, त्यो येशूलाई थाहा थियो। त्यसकारण उहाँले तिमीहरू सबै शुद्ध भइसकेका छैनौ भनेर भन्नुभएको थियो।
12 #
लूका 22:27
चेलाहरूको खुट्टा धोइसक्नुभएपछि येशूले खास्टो ओड्नुभयो र फेरि खान बस्नुभएपछि भन्नुभयो, “मैले किन तिमीहरूका खुट्टा धोएको, तिमीहरूले बुझ्यौ? 13तिमीहरूले मलाई गुरु र प्रभु भन्छौ। यो कुरा ठीक नै हो, म तिमीहरूका प्रभु र गुरु नै हुँ। 14मैले प्रभु र गुरु भएर पनि तिमीहरूका खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। 15मैले गरेजस्तै तिमीहरूले पनि गर भनेर नै मैले नमुना देखाएको हुँ। 16#मत्ती 10:24; लूका 6:40; यूहन्ना 15:20साँच्चै म तिमीहरूलाई भन्छु, मालिकभन्दा नोकर ठूलो हुँदैन अनि खबर पठाउनेभन्दा खबर ल्याउने पनि ठूलो हुँदैन। 17तिमीहरूले यो कुरा बुझेर यसैअनुसार काम गर्यौ भने तिमीहरू सुखी हुनेछौ।
येशूलाई पक्राइदिने चेला
(मत्ती २६:२०-२५; मर्कूस १४:१७-२१; लूका २२:२१-२३)
18 #
भजनसंग्रह 41:9
“मैले तिमीहरू सबैको विषयमा भनेको होइनँ? मैले छानेकाहरूलाई म चिन्छु। तर ‘मसँगै रोटी खाने मानिस मेरो विरोधी भयो’ भनेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा हुनु नै पर्छ। 19यो भएपछि तिमीहरूले मलाई ‘जो हुँ, उही हुँ’ भनी विश्वास गर्न सक भनेर यो हुनुपहिले नै तिमीहरूलाई भन्दै छु। 20#मत्ती 10:40; मर्कूस 9:37; लूका 9:48; 10:16साँच्चै म तिमीहरूलाई भन्छु, मैले पठाएकाहरूलाई स्वागत गर्नेले मलाई नै वास्ता गर्छ र मलाई वास्ता गर्नेले मलाई पठाउनुहुने परमेश्वरलाई नै वास्ता गर्छ।”
21यति भनिसक्नुभएपछि येशू एकदम विचलित हुनुभयो अनि आफ्ना चेलाहरूलाई सम्झाएर भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूकै बीचबाट एक जनाले मलाई पक्राइदिनेछ।” 22येशूले यो कुरा कसको बारेमा भन्नुभएको हो भनेर चेलाहरूले नबुझेर एक-अर्कालाई हेराहेर गर्न लागे। 23येशूले प्रेम गर्नुहुने चेला उहाँको छेवैमा अडेस लागेर बसिरहेका थिए। 24सिमोन पत्रुसले उनलाई कोट्याएर भने, “सोध त, उहाँले यो कुरा कसको बारेमा भन्नुभएको हो?” 25ती चेलाले येशूको छातीमा ढल्केर सोधे, “प्रभु, त्यो मानिस को हो?” 26येशूले भन्नुभयो, “रोटी चोबेर म जसलाई दिन्छु, मैले भनेको मानिस त्यही हो।” अनि येशूले रोटीको टुक्रा चोबेर सिमोन इस्करियोतको छोरा यहूदालाई दिनुभयो। 27यहूदाले रोटी लिनेबित्तिकै उसको मनमा शैतान पस्यो अनि येशूले उसलाई भन्नुभयो, “तिमीले जे गर्न लागेका छौ, चाँडै गरिहाल।” 28येशूले उसलाई यो कुरा किन भन्नुभएको हो, अरू कसैले बुझेनन्। 29उनीहरूको पैसाको थैलो यहूदाको जिम्मामा भएको हुनाले कति जनाले येशूले उसलाई चाडको लागि चाहिएको कुनै कुरा किन्न पठाउनुभएको होला भन्ने सम्झे अनि कतिले चाहिँ गरीबलाई केही दिन पठाउनुभएको होला भनी ठाने। 30यहूदाचाहिँ रोटीको टुक्रा खाइसक्नेबित्तिकै बाहिर निस्किहाल्यो। त्यति बेला रात परिसकेको थियो।
येशूले एउटा नयाँ आज्ञा दिनुभएको
31यहूदा गएपछि येशूले आफ्नो बारेमा यसरी भन्नुभयो, “मानव पुत्र अब उचालिनेछ, र उसमा परमेश्वरको महिमा हुनेछ। 32मानव पुत्रमा परमेश्वरको महिमा भयो भने परमेश्वरले आफैंमा मानव पुत्रको महिमा गर्नुहुनेछ र उहाँले यो काम छिट्टै गर्नुहुनेछ।
33 #
यूहन्ना 7:34
“हे मेरा बालकहरू हो, म अझै केही बेरसम्म मात्रै तिमीहरूसँग रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ र मैले यहूदी अगुवाहरूलाई भनेजस्तै तिमीहरूलाई पनि भन्छु, जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ। 34#यूहन्ना 15:12,17; १ यूहन्ना 3:23; २ यूहन्ना 1:5अब म तिमीहरूलाई एउटा नयाँ धार्मिक आज्ञा दिन्छु, तिमीहरू एकले अर्कालाई प्रेम गर। जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरूले पनि एकले अर्कालाई प्रेम गर्नुपर्छ। 35तिमीहरू एकले अर्कालाई प्रेम गर्यौ भने तिमीहरू मेरा चेला हौ भनेर सबै मानिसहरूले चिन्नेछन्।”
पत्रुसको इन्कार
(मत्ती २६:३१-३५; मर्कूस १४:२७-३१; लूका २२:३१-३४)
36पत्रुसले सोधे, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?”
येशूले जवाफ दिनुभयो, “अहिले तिमी म गएको ठाउँमा मलाई पछ्याएर आउन सक्दैनौ, तर पछि भने सक्नेछौ।”
37पत्रुसले भने, “प्रभु, म तपाईंलाई किन अहिले नै पछ्याउन सक्दिनँ र? म तपाईंको लागि त मर्न पनि तयार छु।”
38येशूले जवाफ दिनुभयो, “के तिमी मेरो लागि मर्न तयार छु भन्छौ? म तिमीलाई साँच्चै भन्छु, भोलि बिहान भाले बास्नुभन्दा अघि तिमीले मलाई तीन पल्टसम्म चिन्दिनँ भनेर इन्कार गर्नेछौ!”
Actualmente seleccionado:
यूहन्ना 13: सरल नेपाली
Destacar
Compartir
Copiar

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: