Logo de YouVersion
Icono de búsqueda

उत्‍पत्ति 39:7-9

उत्‍पत्ति 39:7-9 सरल नेपाली

केही समयपछि मालिककी स्‍वास्‍नीले उनलाई मन पराउन लागिन् र आफूसित सुत्‍न बोलाइन्। उनी मानेनन् र भने, “हेर्नुहोस्, म यहाँ भएकोले मालिकले घरको केही कुराको फिक्री गर्नुहुन्‍न। आफ्‍नो सबै थोक उहाँले मेरै जिम्‍मामा दिनुभएको छ। यस घरमा मालिकको बराबर मेरो अधिकार छ। तपाईंबाहेक अरू सबै थोक उहाँले मलाई दिनुभएको छ। यस्‍तो दुष्‍ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्‍छु?”