उत्पत्ति 14
14
अब्राम हेब्रोनमा जान्छन्
1बेबिलोनियाका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्लाओमेर र गोयीमका राजा तिदाल, 2अरू पाँच जना राजाहरू, सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेला (वा सोअर) का राजाहरूका विरुद्धमा लडाइँ गर्न आए। 3यी पाँच राजाहरू मिलेर आफ्ना सेनाहरू भेला गरेर सिद्दिमका बेसीमा आए, जहाँ अहिले मृत सागर छ। 4बाह्र वर्षसम्म तिनीहरू कदोर्लाओमेरका अधीनमा थिए तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे। 5चौधौँ वर्षमा कदोर्लाओमेर आफ्ना मित्र देशहरूसँग मिली सेना लिएर आए अनि अस्तेरोत-कर्णेममा रपाईलाई, हाममा जूजीहरूलाई, शावे-किर्यातैमका बेसीमा एमीलाई 6र एदोमका पहाडहरूमा होरीहरूलाई हराएर मरुभूमिका किनारमा भएको एलपारानसम्म खेदेर लगे। 7त्यसपछि तिनीहरू फर्केर कादेशमा आए। (जसलाई त्यस बेला एन-मिशपात भनिन्थ्यो।) तिनीहरूले एमोरीहरूलाई पनि जिते।
8त्यसपछि सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका राजाहरूले लडाइँ गर्न सेनाहरू भेला गरी सिद्दिमका बेसीमा गए। 9तिनीहरूले एलाम, गोयीम, बेबिलोनिया र एल्लासारका राजाहरूका विरुद्धमा लडाइँ गरे। यसरी पाँच राजाहरू चार राजाहरूमाथि जाइलागे। 10बेसीमा अलकत्राका खाडलहरू थिए। सदोम र गमोराका राजाहरू भाग्न खोज्दा ती खाडलहरूमा परे तर अरू तीन राजाहरू भागेर पहाडमा गए। 11ती चार जना राजाहरूले खानेकुरासहित सदोम र गमोरामा भएका सबै थोक लगेर गए। 12अब्रामका भतिजा लोत सदोममा बसेका थिए र ती राजाहरूले लोत र उनका सारा सम्पत्ति पनि लगे।
13तर एउटा मानिस उम्की भाग्यो र हिब्रू अब्रामकहाँ गई यो सबै कुरा सुनाइदियो। एमोरीको मम्रेका पवित्र रूखहरूछेउ अब्राम बास गरेका थिए। मम्रे र उनका भाइहरू एश्कोल र आनेर अब्रामका मित्र थिए। 14आफ्नो भतिजाको पक्राउ परेका कुरा सुनेर अब्रामले आफ्ना पालका लडाकु मानिसहरू जम्मा ३१८ जना एकसाथ भेला गरे र ती चार राजाहरूलाई खेदेर दानसम्म पुगे। 15त्यहाँ उनले आफ्ना मानिसहरूलाई भाग-भाग गरी छुट्ट्याए, राती बैरीहरूमाथि जाइलागे र तिनीहरूलाई हराए। तिनीहरूलाई खेदेर उनले दमस्कसका उत्तरमा होबासम्म खेदे। 16र तिनीहरूले लुटेर लगेका सबै चीजहरू फर्काइल्याए। उनले आफ्ना भतिजा लोत र उनका धन-सम्पत्ति र स्त्रीहरू र अरू कैद गरिएका मानिसहरूसमेत फर्काइल्याए।
मल्कीसेदेकले अब्रामलाई आशिष् दिन्छन्
17कदोर्लाओमेर र अरू राजाहरूलाई जितेर जब अब्राम फर्की आए, सदोमका राजा उनलाई भेट्न शावेको बेसीमा आए (त्यस ठाउँलाई राजाको बेसी पनि भनिन्थ्यो)। 18#हिब्रू 7:1-10अनि शालेमका राजा मल्कीसेदेक, जो सर्वोच्च परमेश्वरका पूजाहारी पनि थिए, उनले अब्रामकहाँ रोटी र दाखमद्य लिएर आई 19उनलाई आशीर्वाद दिए र भने “स्वर्ग र पृथ्वी बनाउनुहुने सर्वोच्च परमेश्वरले अब्रामलाई आशिष् देऊन्! 20तिमीलाई बैरीहरूमाथि जिताहा बनाउनुहुने सर्वोच्च परमेश्वरको प्रशंसा होस्!” अनि अब्रामले आफूले जितिल्याएको हरेक चीजको दश भागमा एक भागचाहिँ मल्कीसेदेकलाई दिए।
21सदोमका राजाले अब्रामलाई भने, “तपाईंले जितेर ल्याएका चीजहरू तपाईं नै राख्नुहोस्, मलाई खालि मेरा सबै मानिसहरू फर्काइदिनुहोस्।”
22अब्रामले उत्तर दिए, “सर्वोच्च परमेश्वर स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुको सामु म यो वाचा गर्दछु कि 23म तपाईंका केही थोक, अँ, धागो वा जुत्ताका फित्तासम्म पनि केही लिनेछैनँ र तपाईंले कहिल्यै पनि अब्रामलाई धनी बनाउने मै हुँ भनी भन्न सक्नुहुनेछैनौ। 24म आफ्नो निम्ति केही लिनेछैनँ। मेरा मान्छेहरूले जे कुरा चलाइसक्नेछन्, ती मात्र म स्वीकार गर्नेछु। तर मेरा मित्रहरू आनेर, एश्कोल र मम्रेले आ-आफ्ना हिस्सा लेऊन्।”
Actualmente seleccionado:
उत्पत्ति 14: सरल नेपाली
Destacar
Compartir
Copiar

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: