प्रस्थान 25
25
पवित्र पालको निम्ति भेटी
(प्रस्थान ३५:४-९)
1परमप्रभुले मोशालाई भन्नुभयो, 2“इस्राएलीहरूलाई भन् कि तिनीहरूले मलाई भेटी चढाऊन्। जसले जे दिन्छ, सो ग्रहण गर्। 3यी भेटीहरू सुन, चाँदी, काँसा, 4मिहिन सुती कपडा, नीला, बैगुने र राता ऊन, बाख्राका भुत्लाले बनेका कपडा, 5रङ्गाएर रातो बनाएको भेडाका छाला, नरम र राम्रा छाला, बबुलका काठ, 6बत्तीको निम्ति तेल, अभिषेक गर्ने तेल र मीठो बास्ना भएको धूपको लागि मसलाहरू, 7मुख्य पूजाहारीको एपोद र छाती-पातामा लगाउने आनिक्स र अरू दामी रत्नहरू हुनुपर्छ। 8म मानिसहरूका माझमा बास गर्न तिनीहरूले एउटा पवित्र पाल बनाउनुपर्छ। 9मैले तँलाई देखाएको नमुनाअनुसार तैँले पवित्र पाल, डेरा र त्यसका सबै सजावटका सामानहरू बनाउनू।
करारको सन्दुक
(प्रस्थान ३७:१-९)
10“बबुल काठको एउटा सन्दुक बनाउनू। त्यो ११० सेन्टिमिटर लामो, ६६ सेन्टिमिटर चौडा र ६६ सेन्टिमिटर उचाइको होस्। 11त्यसलाई भित्र-बाहिर निखुर सुनले मोहोर्नू र चारैपट्टि सुनको बिट लाउनू। 12त्यसलाई बोक्ने चारवटा सुनका कुण्डलहरू बनाउनू र त्यसका चार खुट्टामा लगाइदिनू। 13बोक्ने डन्डा बबुल काठको बनाएर सुनले मोहोर्नू 14र ती डन्डा सन्दुकका दुवैतिर रहेका कुण्डलबाट छिराउनू। 15डन्डाहरू कुण्डलभित्रै छोडिराख्नू, तिनीहरूलाई ननिकाल्नू। 16म तँलाई दुईवटा ढुङ्गाका पाटीहरू दिनेछु। तब ती पाटीहरू त्यस सन्दुकमा तैँले राख्नू। ती पाटीमा मेरा आज्ञाहरू लेखिएका छन्।
17 #
हिब्रू 9:5
“निखुर सुनको एउटा प्रायश्चितको ढकना बनाउनू, त्यो ११० सेन्टिमिटर लामो अनि ६६ सेन्टिमिटर चौडा होस्। 18सुन पिटेर दुईवटा पखेटा भएका करूबहरू बनाउनू 19र तिनलाई प्रायश्चितको ढकनाको लम्बाइपट्टि दुई किनारामा लगाउनू। ती करूबहरू प्रायश्चितको ढकनासँग जोडेर एउटै सुनको टुक्राजस्तो बनाउनू। 20ती करूबहरू आमुन्ने-सामुन्ने गरेर प्रायश्चितको ढकनामा राख्नू। तिनले आ-आफ्ना पखेटाहरू मास्तिर फैलाएका र प्रायश्चितको ढकनालाई हेरेर पखेटाले ढाकेको हुनुपर्छ। 21ढुङ्गाका दुईवटा पाटीहरू सन्दुकमा हालेर त्यसमाथि प्रायश्चितको ढकनालाई दिनू। 22म त्यहाँ तँलाई भेट्नेछु र प्रायश्चितको ढकनामाथि दुई करूबहरूका बीचबाट म इस्राएलका प्रजाको निम्ति मेरा सबै नियमहरू तँलाई दिनेछु।
परमेश्वरलाई चढाएको रोटी राख्ने टेबिल
(प्रस्थान ३७:१०-१६)
23“बबुल काठको एउटा टेबिल बनाउनू। त्यो ८८ सेन्टिमिटर लामो, ४४ सेन्टिमिटर चौडा र ६६ सेन्टिमिटर उचाइको होस्। 24त्यसलाई निखुर सुनले मोहोर्नू र चारैपट्टि सुनको बिट लाउनू। 25त्यसको चारैपट्टि ७५ मिलिमिटर चौडा घेरा लाउनू र त्यसमा बिट मार्नू। 26त्यसलाई बोक्ने चारवटा सुनका कुण्डलहरू बनाउनू र चार कुनाका खुट्टानिर लाउनू। 27बोक्ने डन्डाहरू हाल्ने कुण्डलहरूचाहिँ बिटका छेउमा लाउनू। 28ती डन्डाहरू बबुल काठका बनाउनू र सुनले मोहोर्नू। 29निखुर सुनको थाल, कचौरा, करूब र मद्यबलि चढाउने बटुकाहरू बनाउनू। 30#लेवी 24:5-8टेबिल करारको सन्दुकअघि राख्नू र टेबिलमाथि सधैँ मलाई चढाएका पवित्र रोटीहरू सधैँ राखिऊन्।
सामदान
(प्रस्थान ३७:१७-२४)
31“निखुर सुनको एउटा सामदान बनाउनू। त्यसका फेद र डन्डी पिटेको सुनले बनाउनू, त्यसलाई सिँगार्नलाई बनाएका फूल, कोपिला र कचौराहरू सामदानसित एकै टुक्राको बनाउनू। 32एकापट्टि तीनवटा र अर्कोपट्टि तीनवटा गरेर छ वटा हाँगाहरू सामदानबाट निस्केका होऊन्। 33हरेक हाँगामा हाडे-बदामका फूलजस्ता कोपिला र पत्रहरू भएका तीन-तीनवटा फूल बनाएर छ ओटै हाँगालाई सिँगार्नू। 34सामदानको डन्डीमा हाडे-बदामका फूलजस्ता कोपिला र पत्र भएका चारवटा शोभा दिने फूलहरू होऊन्। 35तीन जोर हाँगाहरूको हरेक जोरमुनि एक-एक वटा कोपिला बनाउनू। 36सामदान, कोपिला र हाँगाहरू सबै पिटेका निखुर सुनको एउटै टुक्राको बनाउनू। 37सामदानको निम्ति सातवटा दियो बनाएर अघिल्लोपट्टि उज्यालो पार्ने हिसाबले राख्नू। 38त्यसका सलेदाका चिम्टा र मोसोदानी निखुर सुनको बनाउनू। 39सामदान, पानस र यी सबै सजाउने कुरा बनाउन पैँतीस किलोग्राम निखुर सुन लिनू। 40#प्रेरित 7:44; हिब्रू 8:5मैले तँलाई पर्वतमाथि देखाएको ढाँचामा यी सबै तैँले होशियारीसित बनाउनू।
Actualmente seleccionado:
प्रस्थान 25: सरल नेपाली
Destacar
Compartir
Copiar
¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: