Logo de YouVersion
Icono de búsqueda

प्रस्‍थान 22

22
क्षतिपूर्ति भर्ने नियम
1“यदि कसैले गाई वा भेडा चोरेर त्‍यसलाई मार्‍यो वा बेच्‍यो भने त्‍यसले एउटा गाईको सट्टामा पाँचवटा गाई र एउटा भेडाको सट्टामा चारवटा भेडा दिनुपर्नेछ। 2-4त्‍यसले जे चोरेको छ, त्‍यसको लागि दाम चुकाउनुपर्नेछ। त्‍योसित केही छैन भने त्‍यसलाई कमारो बनाई बेचेर त्‍यसले चोरेको दाम तिरिदिनू। त्‍यसले चोरेको पशु– गाई, गधा, भेडा जे होस्, जिउँदै त्‍योसँग पाइयो भने त्‍यसले दोब्‍बर तिर्नुपर्छ।
“राती घर फोरिरहँदा चोर पक्राउ पर्‍यो र मारियो भने त्‍यसलाई मार्ने मानिसलाई ज्‍यानमारा गरेको दोष लाग्‍नेछैन। तर त्‍यो काम दिउँसो भयो भने मार्नेलाई ज्‍यानमाराको दोष लाग्‍नेछ।
5“कुनै मानिसले आफ्‍नो पशुलाई खेत वा दाखबारीमा चर्न छोडिदियो र पशु गएर अर्काको खेतको अन्‍न खाइदियो भने त्‍यस मानिसले दोस्रोको अन्‍नको नोक्‍सानी आफ्‍नो खेत वा दाखबारीको सबैभन्दा असल उब्‍जनी दिएर तिर्नुपर्छ।
6“कुनै मानिसले आफ्‍ना खेतमा आगो बाल्‍दा र आगो सल्‍कँदैगएर अर्काको खेतबारी र त्‍यहाँ उम्रेका वा काटेर बिटा बाँधिराखेका अन्‍न भस्‍म पारिदियो भने आगो बाल्‍नेले क्षतिपूर्ति गर्नुपर्नेछ।
7“नासो राखिदिएको रकम-पैसा वा कुनै बहुमूल्‍य सामान घरबाट चोरी भयो भने र चोर पक्राउ पर्‍यो भने चोरले दुई गुणा तिर्नुपर्नेछ। 8तर चोर फेला परेन भने त्‍यो नासो राख्‍नेलाई परमेश्‍वरलाई पुज्‍ने स्‍थानमा ल्‍याउनू र त्‍यसले म आफैंले छिमेकीको धन वा सम्‍पत्ति चोरेको होइन भनी शपथ खाओस्।
9“गाई-वस्‍तु, गधा, भेडा, लुगाफाटा वा अरू कुनै धन-सम्‍पत्तिको बारेमा झगडा हुँदा झगडियालाई परमेश्‍वरलाई पुज्‍ने स्‍थानमा लैजानू र जसलाई परमेश्‍वरले दोषी ठहराउनुहुन्‍छ, त्‍यसले अर्कोलाई दोब्‍बर तिरोस्।
10“कसैले अर्काको गधा, गाई, भेडा, वा अरू कुनै पशु आफूसँग राखिदिन राजी भयो तर कसैले नदेखी त्‍यो पशु मर्‍यो वा घाइते भयो वा कसैले लुटेर लग्‍यो भने 11पशु राखिदिने मानिसले परमेश्‍वरलाई पुज्‍ने स्‍थानमा गएर त्‍यो पशु मैले चोरेको होइनँ भनी शपथ खाओस्। पशुको चोरी भएको होइन भने त्‍यसको धनीले त्‍यसको नोक्‍सानी आफैंले खेपोस् र पशु राख्‍नेले त्‍यो भर्नुपर्दैन, 12तर पशुको चोरी भएको हो भने त्‍यो राख्‍नेले धनीलाई नोक्‍सानी भरिदिनुपर्नेछ। 13पशुलाई जङ्गली जन्‍तुले मारिदियो भने त्‍यो पशु राख्‍नेले त्‍यसको सिनु ल्‍याएर देखाउनुपर्नेछ। जङ्गली जन्‍तुले मारेको खण्‍डमा त्‍यसले हर्जाना दिनुपर्दैन।
14“कसैले अरूबाट कुनै पशु पैँचो लियो र वास्तविक धनी नहुँदा त्‍यो पशु घाइते भयो वा मर्‍यो भने त्‍यो पैँचो लिने मानिसले त्‍यसको बदलामा दाम दिनुपर्नेछ। 15तर धनीकै आँखाअघि त्‍यो पशु मर्‍यो वा घाइते भयो भने त्‍यस मानिसले दाम तिर्नुपर्दैन। यदि त्‍यो पशु बहालमा लिएको हो भने त्‍यसको नोक्‍सानी बहालमा काटिन्‍छ।
नैतिक र धार्मिक नियमहरू
16 # व्यवस्था 22:28,29 “यदि कसैले मगनी नभएकी कन्‍ये केटीलाई फकाएर बिगार्‍यो भने त्‍यसले दुलहीको दाम तिरेर त्‍यस केटीलाई विवाह गर्नुपर्नेछ। 17तर त्‍यस केटीका बुबाले विवाह गर्न दिएन भने त्‍यसले कन्‍ये केटीको लागि तिर्नुपर्ने दुलहीको दाम बुबा लाई दिनुपर्नेछ।
18 # व्यवस्था 18:10,11 “मन्‍त्र-तन्‍त्र गर्ने आइमाईलाई जिउँदो नछोड्‍नू।
19 # लेवी 18:23; 20:15,16; व्यवस्था 27:21 “पशुसित सम्‍भोग गर्ने मानिसलाई जिउँदो नछोड्‍नू।
20 # व्यवस्था 17:2-7 “म परमप्रभुबाहेक अरू देवतालाई बलि चढाउने मानिसलाई जिउँदो नछोड्‍नू।
21 # प्रस्‍थान 23:9; लेवी 19:33,34; व्यवस्था 24:17,18; 27:19 “परदेशीलाई नसताउनू वा त्‍योसित खराब व्‍यवहार नगर्नू। याद राख, तिमीहरू पनि मिश्रमा परदेशी थियौ। 22कुनै विधवा वा टुहुरा-टुहुरीलाई कुव्‍यवहार नगर्नू। 23त्‍यसो गर्‍यौ भने मलाई तिनीहरूले सहायताको लागि पुकार्दा म परमप्रभुले तिनीहरूलाई उत्तर दिनेछु 24र म रिसाएर लडाइँमा तिमीहरूलाई नाश पार्नेछु। तिम्रा स्‍वास्‍नीहरू पनि विधवा हुनेछन् र तिम्रा छोरा-छोरीहरू पनि टुहुरा-टुहुरी हुनेछन्।
25 # लेवी 25:35-38; व्यवस्था 15:7-11; 23:19,20 “मेरा प्रजाको कुनै गरीब मानिसलाई तिमीहरूले पैसा ऋण दियौ भने साहूजस्‍तो नगर र त्‍यसबाट ब्‍याज नलेओ। 26#व्यवस्था 24:10-13कसैको खास्‍टो धितो राखेका छौ भने घाम डुब्‍नुभन्दा अघि त्‍यो त्‍यसलाई फर्काइदिनू 27किनभने त्‍यो मात्र त्‍यसको जाडो ढाक्‍ने वस्‍त्र हो। त्‍यसले अरू के ओढेर सुत्‍न सक्‍छ? जब त्‍यसले मलाई सहायताको निम्‍ति पुकार्छ, म त्‍यसलाई उत्तर दिनेछु किनभने म कृपालु छु।
28 # प्रेरित 23:5 “परमेश्‍वरको निन्‍दा नगर र आफ्‍ना जातिका अगुवालाई सराप नदेओ।
29“तिमीहरूले मलाई चढाउनुपर्ने अन्‍न र दाखमद्यको प्रशस्‍तताबाट ठीकसित समयमा देओ।
“तिम्रा जेठा छोराहरू मलाई देओ। 30तिम्रा गाई-वस्‍तु र भेडाको पहिलो बाछो वा पाठो मलाई देओ। पहिले जन्‍मेको बाछो वा पाठो सात दिनसम्‍म माऊसित बसोस् र आठौँ दिनमा त्‍यो मलाई चढाउनू।
31 # लेवी 17:15 “तिमीहरू मेरा प्रजा हौ। यसकारण जङ्गली जन्‍तुले मारेको पशुको मासु तिमीहरूले नखानू तर त्‍यो कुकुरहरूलाई दिनू।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión