Logo de YouVersion
Icono de búsqueda

प्रस्‍थान 2

2
मोशाको जन्‍म
1यस्‍तै बेलामा एक जना लेवी कुलका मानिसले आफ्‍नै कुलकी एउटी नारीलाई विवाह गरे। 2#प्रेरित 7:20; हिब्रू 11:23त्‍यस नारीले एउटा छोरो जन्‍माइन्। बालक अत्‍यन्‍त सुन्‍दर देखेर त्‍यसलाई उनले तीन महिनासम्‍म लुकाएर राखिन्। 3बालकलाई अझै लुकाइराख्‍न नसक्‍दा उनले एउटा कुशको टोकरी लिइन् र अलकत्राले पोतेर पानी नपस्‍ने बनाइन्। बालकलाई टोकरीमा हालेर नदीको किनारमा अग्‍ला घाँस-पातका बीच छोडिदिइन्। 4बालककी दिदी केही टाढामा उभिएर त्‍यसलाई के हुन्‍छ भनी हेरिरहेकी थिई।
5यसै बीचमा नदीमा नुहाउन राजाकी छोरी आइन्। उनका सुसारेहरू नदीको किनारमा टहलिन लागे। अचानक राजकुमारीले घाँस-पातका बीचका टोकरी देखिन् र एउटी दासीलाई त्‍यो लिन पठाइन्। 6राजकुमारीले टोकरी उघारेर हेरिन् र बालकलाई देखिन्। बालक रोइरहेको थियो र राजकुमारीको मनमा दया जाग्‍यो। उनले भनिन्, “यो कुनै एउटा हिब्रू बालक हो।”
7दिदीचाहिँले राजकुमारीको छेउमा गएर भनी, “म गएर बालकको निम्‍ति एउटी हिब्रू स्‍त्रीलाई धाईआमा हुनलाई ल्‍याइदिऊँ?”
8राजकुमारीले भनी, “लौ हुन्‍छ।” केटी गएर बालककै आमालाई लिएर आई। 9राजकुमारीले त्‍यस स्‍त्रीलाई भनिन्, “यो बालकलाई लगेर मेरो निम्‍ति दूध खुवाऊ अनि यसको स्‍याहारसुसार गर। म तिमीलाई ज्‍याला दिनेछु।” तिनले बालकलाई लगेर हुर्काइन्। 10#प्रेरित 7:21बालक निकै हुर्केपछि तिनले राजकुमारीकहाँ पुर्‍याइन्। राजकुमारीले बालकलाई आफ्‍नै छोरो बनाई काखमा लिइन्। उनले भनिन्, “मैले यसलाई पानीबाट निकालें र म यसको नाम मोशा राख्‍दछु।”
मोशा मिद्यानमा भागेर जान्‍छन्
11 # प्रेरित 7:23-28 # हिब्रू 11:24 मोशा ठूलो भएपछि आफ्‍ना भाइ-बन्‍धु इस्राएलीहरूकहाँ गए र त्‍यहाँ तिनीहरूले दु:ख गरेर धेरै काम गरेको देखे। त्‍यहाँ मोशाले आफ्‍नै एक जना इस्राएली भाइलाई एउटा मिश्रीले कुटिरहेको देखे। 12मोशाले चारैपट्टि हेरे, उनलाई कसैले हेरेको थिएन। त्‍यस मिश्रीलाई मारेर त्‍यसको लाश उनले बालुवामा पुरिदिए। 13भोलिपल्‍ट जाँदा उनले दुई हिब्रूहरूलाई आपसमा झगडा गरिरहेको देखे। अन्‍याय गर्नेचाहिँलाई उनले भने, “तिमीले किन आफ्‍नै भाइलाई हिर्काउँदै छौ?”
14त्‍यस मानिसले जवाफ दियो, “कसले तिमीलाई हाम्रा हाकिम र न्‍यायाधीश खटायो? त्‍यो मिश्रीलाई जस्‍तै मलाई पनि मार्ने?” मोशा डराए र सोचे, “मेरो कुरा मानिसहरूलाई थाहा भएछ।” 15-16#प्रेरित 7:29; हिब्रू 11:27यो कुरो राजाले पनि चाल पाएर तिनले मोशालाई मार्ने चेष्‍टा गर्न लागे; तर मोशा भागेर गई मिद्यान देशमा बस्‍न थाले।
एक दिन मोशा एउटा इनारको छेउमा बसिरहेका थिए। मिद्यानको पूजाहारी यित्रोका सात वटी छोरीहरू पानी भर्न आए र आफ्‍ना बुबाका भेडा-बाख्राले पिउने पानीका डुँडहरू भर्न लागे। 17तर केही गोठालाहरूले यित्रोका छोरीहरूलाई लघारे। तब मोशाले ती केटीहरूको बचाउ गरे र तिनीहरूका भेडाबाख्राहरूलाई पानी खुवाइदिए। 18तिनीहरू घर फर्की आएपछि बुबाले सोधे, “आज कसरी तिमीहरू यति चाँडै आयौ?”
19केटीहरूले भने, “एउटा मिश्रीले गोठालाहरूदेखि हाम्रो बचाउ गरे र हाम्रा पशुहरूलाई पनि पानी तानेर पियाए।”
20“उनी कहाँ छन्?” बुबाले छोरीहरूलाई सोधे, “किन त्‍यस असल मानिसलाई त्‍यहीँ छोडेर आयौ? जाओ, उनलाई हामीसँग खानपान गर्न डाकेर ल्‍याओ।”
21मोशा त्‍यहाँ बास गर्न राजी भए। यित्रोले आफ्‍नी छोरी सिप्‍पोरासित मोशाको विवाह गरिदिए। 22सिप्‍पोराले एउटा छोरो जन्‍माइन्। मोशाले, “म यस देशमा परदेशी छु,” भने र त्‍यसको नाम गेर्शोम राखे।
23धेरै वर्षपछि मिश्रका राजा मरे तर इस्राएलीहरू कमारा काममा पेलिएर अझै कराइरहेका थिए र सहायताको निम्‍ति पुकार गर्न लागे। तिनीहरूको पुकार परमेश्‍वरकहाँ पुग्‍यो। 24#उत्‍पत्ति 15:13,14परमेश्‍वरले तिनीहरूको विलाप सुन्‍नुभयो र आफूले अब्राहाम, इसहाक र याकूबसँग गर्नुभएका करारलाई सम्‍झनुभयो। 25उहाँले इस्राएलीहरूलाई हेर्नुभयो र तिनीहरूको निम्‍ति फिक्री गर्नुभयो।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión