Logo de YouVersion
Icono de búsqueda

प्रस्‍थान 11

11
पहिले जन्मेकाहरूको मृत्यु
1तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म मिश्रको राजा र प्रजामाथि अझै एउटा विपत्ति पठाउनेछु। त्‍यसपछि त्‍यसले तिमीहरूलाई जान दिनेछ। खासमा त्‍यसले नै तिमीहरू सबैलाई यहाँबाट धपाउनेछ। 2अब इस्राएलीहरूलाई भन् कि तिनीहरू सबैले आ-आफ्‍ना छिमेकीहरूसित सुन र चाँदीका गरगहना मागून्।” 3परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूको आदर गर्ने मन दिनुभयो। वास्‍तवमा सबै भारदार र मानिसहरूले मोशालाई एक अति महान् व्‍यक्ति मान्‍थे।
4तब मोशाले राजालाई भने, “परमप्रभु भन्‍नुहुन्‍छ कि ‘म मध्‍यरातमा मिश्रका बीचबाट भएर जानेछु 5र मिश्रमा भएका सबै जेठा छोराहरू मर्नेछन्, जाँतो पिँध्‍ने कमारीको जेठो छोरादेखि सिंहासनको अधिकारी हुने राजाको जेठो छोरोसमेत मर्नेछ। गाई-वस्‍तुका सबैभन्दा पहिले ब्‍याएका बाछाहरू पनि मर्नेछन्। 6सारा मिश्रदेशभरि अघि कहिल्‍यै नसुनिएको र पछि फेरि कहिल्‍यै नसुनिने रुवावासी चल्‍नेछ। 7तर इस्राएलीहरू र तिनीहरूका पशुहरूलाई भने एउटै कुकुरले पनि भुक्‍नेछैन। तब तिमीहरूले चाल पाउनेछौ कि परमप्रभुले इस्राएलीहरू र मिश्रीहरूमा भेद राख्‍नुहुन्‍छ’।” 8मोशाले अन्‍त्‍यमा भने, “तपाईंका सबै भारदारहरू मकहाँ आएर मलाई ढोग्‍नेछन् र मेरा सबै मानिसहरूलाई लिएर जान बिन्‍ती गर्नेछन्। त्‍यसपछि म जानेछु।” तब मोशा रिसले तातिएर हिँडे।
9परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “राजाले तेरा कुरा मान्‍न अस्‍वीकार गरिरहनेछ र त्‍यसले गर्दा म आफ्‍ना धेरै आश्‍चर्यकर्महरू मिश्रमा गर्नेछु।” 10राजाको अघि मोशा र हारूनले यी सबै आश्‍चर्यका कामहरू गरे तर परमप्रभुले तिनको मन कठोर पारिदिनुभयो र तिनले इस्राएलीहरूलाई देशबाट जान दिएनन्।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión