Logo de YouVersion
Icono de búsqueda

एफिसी पुस्‍तक परिचय

पुस्‍तक परिचय
यो पत्र पावलले एफिसस सहरका विश्‍वासीहरूलाई लेखेका हुन्। तिनीहरूलाई सबभन्दा पहिले परमेश्‍वरको उपाय बताउने उनको चिन्‍ता थियो। त्‍यो उपाय हो– परमेश्‍वरले ख्रीष्‍टलाई शिर बनाईकन सारा सृष्‍टि अर्थात् स्‍वर्ग र पृथ्‍वीका सबै थोकहरूलाई उहाँको अधीनमा ल्‍याउनु (१:१०)। यो पत्र परमेश्‍वरका मानिसहरूलाई पावलको अनुरोध हो। तिनीहरूले ख्रीष्‍टमा एक भएर मानिस जातिलाई एक गराउने त्‍यो महान् उपायलाई अर्थपूर्ण तुल्‍याउनु हो।
यस पत्रको पहिलो भागले एकताको विषयलाई यसरी बुझाउँछ: परमेश्‍वर पिताले आफ्‍नो जनलाई छान्‍नुभयो र तिनीहरूलाई आफ्‍ना पुत्र येशू ख्रीष्‍टद्वारा क्षमा दिई पापबाट छुटकारा दिनुभयो अनि ईश्‍वरको महान् करारलाई पवित्र आत्‍माद्वारा पक्‍का गराउनुभयो। दोस्रो भागले यो पत्र पढ्‍नेहरूलाई यसरी जिउने अपील गर्छ कि ख्रीष्‍टमा भएको तिनीहरूको एकताचाहिँ तिनीहरू मिलेर जिएका जीवन साँचो बनोस्।
ईश्‍वरका मानिसहरूको एकतालाई दर्शाउन यस्‍ता उपमाहरू दिएका छन्: मण्‍डलीचाहिँ शरीरजस्‍तै हो, जसको शिर ख्रीष्‍ट हुनुहुन्‍छ’ मण्‍डली त्‍यो भवनजस्‍तो हो, जसको कुनाको शिर-ढुङ्गो ख्रीष्‍ट हुनुहुन्‍छ वा मण्‍डली एउटी दुलहीजस्‍ती हो, जसको दुलहा ख्रीष्‍ट हुनुहुन्‍छ। यस पत्रमा गहकिला शिक्षाहरू दिइएका छन्, जस्‍तै: बलि, क्षमा, अनुग्रह, शुद्धता र ख्रीष्‍टको प्रेमको प्रकाश।
संक्षिप्‍त विषय-सूची
परिचय १:१-२
ख्रीष्‍ट र मण्‍डली १:३—३:२१
ख्रीष्‍टमा भएको नयाँ जीवन ४:१—६:२०
समाप्‍ति ६:२१-२४

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión