१ कोरिन्थी 11
11
1 #
१ कोरिन्थी 4:16; फिलिप्पी 3:17 म ख्रीष्टले गरेझैँ गर्छु, तिमीहरूले पनि मैले गरेझैँ गर। 2सधैँ मलाई सम्झेको र मैले दिएको शिक्षा मानेकोले म तिमीहरूको प्रशंसा गर्दछु। 3तर तिमीहरूलाई थाहा होस् कि ख्रीष्ट सबै मानिसको शिर हुनुहुन्छ। पत्नीको शिर पति हो र परमेश्वरचाहिँ ख्रीष्टका शिर हुनुहुन्छ। 4टाउको छोपेर प्रार्थना वा अगमवाणी बोल्ने (अर्थात् परमेश्वरको तर्फबाट बोल्ने) पुरुषले आफ्नो शिर ख्रीष्टको बेइज्जत गर्छ। 5आफ्नो टाउको नछोपी प्रार्थना गर्ने र अगमवाणी बोल्ने स्त्रीले लोग्नेको बेइज्जत गर्छे। त्यस्ती स्त्री त कपाल खौरेकी स्त्रीजस्तै हो। 6यदि कुनै स्त्रीले टाउको छोप्तिन भने बरु उसले कपाल काट्नु वा खौरिनु राम्रो हो। होइन भने उसले टाउको छोप्नैपर्छ। 7#उत्पत्ति 1:26,27परुषले टाउको छोप्नुपर्दैन किनभने ऊ परमेश्वरको स्वरूप र शोभा हो। स्त्रीचाहिँ लोग्नेको शोभा हो 8#उत्पत्ति 2:18-23किनभने पुरुष स्त्रीबाट सृष्टि भएको होइन। तर स्त्री पुरुषबाट सृष्टि भएको हो। 9अनि पुरुष स्त्रीको लागि बनेको होइन, तर स्त्री पुरुषको लागि बनेको हो। 10त्यसैकारण स्वर्गदूतका अघि स्त्रीले आफ्नो लोग्नेको अधीनमा छु भनी देखाउन टाउको छोप्नुपर्छ। 11तैपनि प्रभुको सामु स्त्री पुरुषदेखि स्वतन्त्र हुँदिन र पुरुष पनि स्त्रीदेखि स्वतन्त्र हुँदैन 12किनभने स्त्री पुरुषबाट सृष्टि गरियो अनि पुरुष पनि स्त्रीबाटै जन्मिन्छ र सबैको मूलचाहिँ परमेश्वर नै हुनुहुन्छ।
13आफैं विचार गर, के स्त्रीलाई टाउको नछोपी परमेश्वरलाई प्रार्थना गर्न सुहाउँछ? 14किनभने प्रकृतिले नै तिमीलाई सिकाउँछ, पुरुषको लामो केश हुनु बेइज्जतको कुरो हो। 15स्त्रीको चुल्ठो त उसको शोभा र घुम्टो हो। 16यसको बारेमा कोही तर्क गर्न चाहन्छ भने म भन्दछु, योबाहेक हाम्रो अरू कुनै चलन छैन र परमेश्वरको मण्डलीको अरू कुनै रीतिथिति छैन।
प्रभुको भोज
(मत्ती २६:२६-२९; मर्कूस १४:२२-२५; लूका २२:१४-२०)
17अब मैले भन्ने कुरामा म तिमीहरूलाई सर्काउन सक्तिनँ। तिमीहरूले मण्डलीमा भेला हुँदा जे गर्छौ, त्यो राम्रोभन्दा धेरै नराम्रो गरेका छौ। 18पहिलो कुरो, तिमीहरू सभामा भेला हुँदा तिमीहरूका माझमा फाटो हुन्छ भन्ने सुन्दछु, केही अंशमा साँचो पनि होला। 19साँचो मानिस चिनिनलाई फाटो त हुनै पनि पर्छ। 20तिमीहरू भेला हुँदा प्रभुको भोज खानलाई भेला हुँदारहेछौ 21किनभने आफ्नै सुरमा तिमीहरू आफूले ल्याएका खानेकुरो खान लाग्छौ, नहुनेचाहिँ भोकै हुन्छन् र हुनेचाहिँ मात्छन्। 22तिमीहरूले आफ्नै घरमा खाँदा हुँदैन र? कि तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ सम्झन्छौ? अनि नहुनेलाई लाजमा पार्न खोज्छौ? यस बारेमा तिमीहरूलाई मैले के भन्ने? यसमा के म तिमीहरूले राम्रो गर्यौ भनूँ? अँहँ, म राम्रो गर्यौ भन्नै सक्तिनँ।
23किनभने मैले दिएको यो शिक्षा प्रभुबाटै पाएको हुँ। प्रभु येशू पक्राउ पर्नुभएको रातमा उहाँले रोटी लिनुभयो 24अनि परमेश्वरलाई धन्यवाद दिएर टुक्र्याउँदै भन्नुभयो, “तिमीहरूका लागि दिएको यो मेरो शरीर हो, मेरो सम्झनाको लागि यसै गर्ने गर’। 25#प्रस्थान 24:8; यर्मिया 31:31-34; प्रस्थान 24:6-8त्यसै गरी रोटी खाएपछि कचौरा लिएर भन्नुभयो, ‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जति खेर तिमीहरू यो पिउँछौ, मेरो सम्झनाको लागि यसै गर्ने गर’।”
26यसरी तिमीहरू रोटी खाँदा र यो कचौराबाट पिउँदा प्रभु नआउञ्जेलसम्म उहाँको मृत्युको प्रचार गर्नेछौ। 27यसैकारण ज-जसले बेठीकसँग प्रभुको रोटी खान्छ र उहाँको कचौराबाट पिउँछ, उनीहरू प्रभुको शरीर र रगतको दोषी हुनेछन्। 28हरेकले आफूलाई पहिले जाँचोस् र त्यसपछि रोटी खाओस् र कचौराबाट पिओस् 29किनभने खाने र पिउने मानिसले प्रभुको शरीरको बारेमा नबुझी खान्छ र पिउँछ भने आफैंमाथि सजाय ल्याउँछ।
30यसैले तिमीहरूमा धेरै जना कमजोर छौ अनि कत्ति त मरे पनि। 31यदि पहिले नै आफैंलाई ठीकसँग जाँच्यौ भने परमेश्वरले दोषी ठहराउनुहुनेछैन। 32संसारका मानिसहरूसँगै नाश नहौं भनेर हामीलाई प्रभुले न्याय गर्नुहुन्छ र ताडना दिनुहुन्छ।
33यसैकारण प्यारा भाइहरू, तिमीहरू यसरी प्रभुको भोज खान भेला हुँदा एक-अर्कालाई पर्ख। 34कोही भोकाएको छ भने उसले घरमै खाओस् र प्रभुको भोज खाँदा तिमीहरूले परमेश्वरबाट दोषी ठहरिनुनपरोस्। अरू कुराको बारेमा चाहिँ म आएको बेला नै मिलाउनेछु।
Actualmente seleccionado:
१ कोरिन्थी 11: सरल नेपाली
Destacar
Compartir
Copiar
¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.