Logo de YouVersion
Icono de búsqueda

१ कोरिन्थी 10

10
मूर्तिपूजामा नलाग्‍ने शिक्षा
1 # प्रस्‍थान 13:21,22; प्रस्‍थान 14:22-29 भाइहरू, मोशाका पछि लाग्‍ने हाम्रा पुर्खाहरूलाई के भएको थियो, सो म बुझाउन चाहन्‍छु। तिनीहरू सबैलाई मिश्रबाट बादलले बाटो देखाउँदै लग्‍यो र समुद्रबाट राम्ररी नै पार गरे। 2अनि बादल र समुद्रमा सबैले मोशाको पछि लागेर बप्‍तिस्‍मा पाए। 3#प्रस्‍थान 16:35सबैले एकै किसिमको आत्‍माको खानेकुरो खाए 4#प्रस्‍थान 17:6; गन्ती 20:11र आत्‍माकै पानी पिए किनभने तिनीहरूको साथसाथै लागिरहेको आत्‍मिक पहराबाट निक्‍लेको पानी नै पिए। यो पहरा ख्रीष्‍ट आफैं हुनुहुन्‍थ्‍यो। 5#गन्ती 14:29,30तैपनि तिनीहरूसँग परमेश्‍वर खुसी हुनुभएन र तिनीहरू बनमा सोतर भए।
6 # गन्ती 11:4 यी सबै हाम्रा लागि नमुना भएका छन्। हामीले पनि तिनीहरूले जस्‍तै नराम्रो इच्‍छा राख्‍नुहुँदैन 7#प्रस्‍थान 32:6र तिनीहरू कतिले मूर्तिपूजा गरेझैँ तिमीहरूले गर्नुहुँदैन। धर्मशास्‍त्रमा लेखिएको छ, “मानिसहरू भोजमा खानपिन गर्न बसे र मोज-मज्‍जा गर्न लागे,” 8#गन्ती 25:1-18तिनीहरूमा कति जनाले गरेजस्‍तै हामी व्‍यभिचारमा नलागौं। व्‍यभिचार गरेकाले नै तिनीहरू एकै दिनमा तेईस हजार मरे। 9#गन्ती 21:5,6तिनीहरूमध्ये कतिले गरेजस्‍तो प्रभु परमेश्‍वरको जाँच हामी नगरौं। प्रभुको जाँच गरेकोले नै तिनीहरूलाई सर्पले सखाप पार्‍यो। 10#गन्ती 16:41-49तिनीहरूझैँ हामी गनगनाउनुहुँदैन। तिनीहरूलाई मृत्‍युको दूतले सखाप पारेको थियो।
11तिनीहरूमा भएका यी सबै कुरा नमुनाका लागि भए र हामीलाई होशियार गराउन लेखिए। हामीहरू अब संसारको अन्‍त हुने बेलामा आइपुगेका छौं।
12राम्ररी उभिएको छु भन्‍नेले होश पुर्‍याओस्, नत्र ऊ लड्‍नेछ। 13तिमीहरूका जीवनमा आइपर्ने सबै जाँचहरू मानिसलाई आउने किसिमकै हुन्‍छ। परमेश्‍वर विश्‍वासी हुनुहुन्‍छ अनि सहनै नसक्‍ने गरी तिमीहरूको जाँच हुन दिनुहुन्‍न। उहाँले जाँचबाट पार हुने बाटो पनि बनाइदिनुहुन्‍छ र जाँच हुँदा तिमीहरूले त्‍यसलाई सहन सक्‍छौ।
14त्‍यसैकारण प्‍यारा दाजुभाइहरू, मूर्तिपूजालाई त्‍याग। 15तिमीहरूलाई ज्ञानी मानिस सम्‍झेर म भन्‍दै छु। मैले भनेको कुराको जाँच गर। 16#मत्ती 26:26-28; मर्कूस 14:22-24; लूका 22:19,20प्रभुभोजको कचौरा लिएर हामी परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छौं। कचौराबाट पिउँदा हामीहरू ख्रीष्‍टको रगतमा साझेदार हुन्‍छौं। होइन र? टुक्र्याएको रोटी हामीले खाँदा हामी ख्रीष्‍टको शरीरमा साझेदार हुँदैनौ र? 17एउटै रोटी छ। हामी धेरै भए पनि एउटै शरीर हौं। हामी सबैले एउटै रोटी बाँडेर खाएका छौं। 18#लेवी 7:6इस्राएलीहरूको धर्म र चलनमा हेर। परमेश्‍वरलाई चढाएको खानेले परमेश्‍वरकै सेवाको वेदीबाट खान साझेदार हुन्‍छ। 19त्‍यसो भए म के भन्‍दै छु? मूर्तिलाई चढाएको कुरा वा खानेकुरो केही हो र? मूर्ति पनि केही चीज हो र? 20#व्यवस्था 32:17मैले भन्‍न लागेको कुरा के हो भने अरू मानिसहरूले परमेश्‍वरलाई होइन, भूतलाई बलि चढाउँछन्। यसैले तिमीहरू पनि भूतसँग हेलमेल नगर भन्‍ने म चाहन्‍छु। 21तिमीहरू प्रभुको कचौराबाट र भूतको कचौराबाट पिउन सक्‍दैनौ। त्‍यसै गरी तिमीहरू प्रभुको मेच अनि भूतको मेच दुवैबाट खान सक्‍दैनौ। 22#व्यवस्था 32:21के हामी प्रभुलाई रिस उठाउन खोजौं? के हामी प्रभुभन्दा बलिया छौं र?
23 # १ कोरिन्थी 6:12 तिमी भन्‍छौ, “सबै थोक गर्नुहुन्‍छ।” हो, तर सबै कुराले भलो गर्दैन। “हामीले सब कुरा गर्न पाउँछौं,” भन्‍छौं। ठीक हो, तर सबै कुराले हामीलाई फाइदा गर्दैन। 24कसैले पनि आफ्‍नो भलाइ होइन तर अरूको भलाइ खोजोस्।
25विवेकको लागि केही नसोची तिमीहरू मासुको बजारबाट किनेर जे पनि खान सक्‍छौ 26#भजनसंग्रह 24:1किनभने धर्मशास्‍त्र भन्‍छ, “पृथ्‍वी र यसमा भएका सबै थोक परमेश्‍वरका हुन्,।” 27यदि प्रभुमा विश्‍वास नगर्ने कसैले तिमीहरूलाई खाना बोलाउँछन् भने तिमीलाई जान मन लागे जाओ, तर विवेकको लागि जे दिए पनि नसोधीकन खाओ। 28तर कसैले ‘यो त मूर्तिमा चढाएको खानेकुरा हो’ भन्‍छ भने त्‍यस भन्‍ने मानिसको लागि र विवेकको लागि नखाओ। 29मैले भनेको तिम्रै विवेकको लागि होइन, तर त्‍यो भन्‍ने मानिसको विवेकको लागि हो। तिमीहरू भन्‍छौ होला, अर्काको विवेकले मेरो स्‍वतन्‍त्रतालाई किन बाँध्‍नु? 30यदि म धन्‍यवाद दिएर खान्‍छु भने धन्‍यवाद दिएर खाएको कुरामा किन अर्काले दोष लाउने? 31खाने-पिउने जे गरे पनि परमेश्‍वरकै आदरको लागि गर। यस किसिमले जीवन जिउने गर। 32तिम्रो जीवनले इस्राएलीलाई वा अरू जातिका मानिसलाई र परमेश्‍वरको मण्‍डलीलाई बाधा नहोस्। 33मैले गरेजस्‍तै गर। म आफैं खुसी हुने कुरो खोज्‍दिनँ। तर सबैले मुक्ति पाऊन् भनेर सबै किसिमले सबैको भलाइ खोज्‍दछु।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión