1
रोमी 14:17-18
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
किनभने परमेश्वरको राज्य भनेको खाने र पिउने कुरा होइन, तर यो पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दको कुरो हो, जुन पवित्र आत्माले दिनुहुन्छ। यस किसिमले ख्रीष्टको सेवा गर्नेले परमेश्वरलाई खुसी तुल्याउँछ साथै मानिसबाट स्याबासी पनि पाउँछ।
Comparar
Explorar रोमी 14:17-18
2
रोमी 14:8
हामी बाँचे पनि प्रभुकै लागि बाँच्तछौं र मरे पनि प्रभुकै लागि मर्दछौं। त्यसो हुँदा हामी मरे पनि बाँचे पनि प्रभुकै हौं।
Explorar रोमी 14:8
3
रोमी 14:19
यसैकारण हामी शान्ति दिने र एक-अर्कालाई सहयोग पुर्याउने कुरामा मात्रै सधैँ ध्यान राखौं।
Explorar रोमी 14:19
4
रोमी 14:13
यसकारण हामी एक-अर्कालाई दोष नलगाऔं। हामी भाइहरूलाई कुनै ठेस लाग्ने वा पापमा पार्ने कुरा गर्नेछैनौं भनी अठोट गरौं।
Explorar रोमी 14:13
5
रोमी 14:11-12
धर्मशास्त्रमा लेखिएको छ, “प्रभु परमेश्वर भन्नुहुन्छ, ‘म जीवित भएझैँ साँच्चै भन्दछु, सबै मानिसहरू मेरो अघि झुक्नेछन्, सबैले मलाई परमेश्वर भनी मान्नेछन्’। त्यसो हुँदा हामीहरू सबैले आ-आफ्नो हिसाब परमेश्वरलाई बुझाउनुपर्छ।
Explorar रोमी 14:11-12
6
रोमी 14:1
कमजोर विश्वास हुनेहरूलाई माया गरेर आफ्नो सङ्गतिमा स्वागत गर, तर उसको विचारलाई दोष लगाएर झगडा गर्ने कामचाहिँ नगर।
Explorar रोमी 14:1
7
रोमी 14:4
अर्काको सेवकलाई दोष लगाउने तिमी को हौ? मालिकले पो सेवकले ठीक काम गरेको हो कि गलत काम गरेको हो, फैसला गर्नेछ। प्रभुले नै कमजोर सेवकहरूलाई पनि ठीक काम गर्न सहायता दिनुहुनेछ कारण प्रभुमा त्यसलाई सहायता गर्ने शक्ति छ।
Explorar रोमी 14:4
Inicio
Biblia
Planes
Vídeos