Logo de YouVersion
Icono de búsqueda

Versículos bíblicos populares de यूहन्‍ना 21

तिनीहरूले खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “ए यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई अरूले भन्दा बढी माया गर्छौ?” पत्रुसले भने, “ज्‍यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्‍ने कुरा तपाईंलाई थाहा छ।” येशूले उनलाई भन्‍नुभयो, “त्‍यसो भए मेरा पाठाहरूलाई चराऊ।” अनि येशूले पत्रुसलाई दोस्रोपल्‍ट सोध्‍नुभयो, “ए यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई साँच्‍चै माया गर्छौ?” पत्रुसले भने, “ज्‍यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्‍ने कुरा तपाईंलाई थाहा छ।” येशूले भन्‍नुभयो, “त्‍यसो भए मेरा भेडाहरूको हेरचाहा गर।” अनि येशूले पत्रुसलाई तेस्रोपल्‍ट सोध्‍नुभयो, “ए यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई माया गर्छौ?” येशूले उनलाई तीनपल्‍टसम्‍म ‘के तिमी मलाई माया गर्छौ’ भनेर सोध्‍नुभएकोले पत्रुस अति नै दु:खी भए। उनले भने, “प्रभु, तपाईं सबै कुरा जान्‍नुहुन्‍छ, म तपाईंलाई प्रेम गर्छु भन्‍ने कुरा पनि तपाईं आफैंलाई थाहा छ।” येशूले पत्रुसलाई भन्‍नुभयो, “त्‍यसो भए मेरा भेडाहरूको हेरचाहा गर।

Planes de lectura y devocionales gratis relacionados con यूहन्‍ना 21