Logo de YouVersion
Icono de búsqueda

Versículos bíblicos populares de एफिसी 1

उहाँको ज्‍योति पाउन तिमीहरूका हृदयको आँखा खुलून् भनी म प्रार्थना गर्दछु र तिमीहरूले थाहा पाउनेछौ कि कत्रो आशाको लागि उहाँले तिमीहरूलाई बोलाउनुभयो र ख्रीष्‍टका पवित्र जनहरूमा उहाँले पाउनुहुने हकको सम्‍मान् कति ठूलो छ। ख्रीष्‍टमा विश्‍वास गर्नेहरूको लागि काम गर्ने उहाँको ठूलो शक्ति अनुमानै गर्न सकिंदैन भनी तिमीहरूलाई थाहा होस् भनेर प्रार्थना गर्दछु। यही शक्ति उहाँले मरेकाबाट येशूलाई बिउँताउनुहुँदा र स्‍वर्गमा आफ्‍नो दाहिनेपट्टि उहाँलाई राख्‍नुहुँदा चलाउनुभयो। ख्रीष्‍टले आकाशका सबै देवी-देवताहरूमाथि राज्‍य गर्नुहुन्‍छ। सबै शासकहरूमाथि अख्‍तियार चलाउनुहुन्‍छ, सबै शक्तिहरूमाथिको शक्ति हुनुहुन्‍छ अनि सबै प्रभुहरूका पनि प्रभु हुनुहुन्‍छ। उहाँ यस युगमा मात्र होइन, आउने युगहरूमा पनि भए जति सबै उपाधिहरूभन्दा उच्‍च हुनुहुन्‍छ।

Planes de lectura y devocionales gratis relacionados con एफिसी 1