उत्‍पत्ति 6

6
मानवजातिको दुष्‍टता
1 # अय्‍यूब 1:6; 2:1 जब मानिसहरू सारा संसारभरि फैलिदैगए र तिनका छोरीहरू जन्‍मे, 2परमेश्‍वरका कोही-कोही छोराहरूले मानिसका छोरीहरूलाई सुन्‍दरी देखे र आफूलाई मन परेकाहरूलाई बिहे गर्न लगे। 3तब परमप्रभुले भन्‍नुभयो, “म मानिसहरूलाई सधैँभरि बाँच्‍न दिनेछैनँ, तिनीहरू मर्नुपर्छ। अबदेखि उसो, कोही पनि १२० वर्षभन्दा बढ्ता बाँच्‍नेछैन।” 4#गन्ती 13:33ती दिनमा र यसपछि पनि पृथ्‍वीमा मानवका छोरीहरू र परमेश्‍वरका छोराहरूबाट जन्‍मेका सन्‍तान शूरवीरहरूजस्‍ता थिए। तिनीहरू उहिलेका शूरवीर र नाम चलेका मानिसहरू थिए।
5 # मत्ती 24:37; लूका 17:26; १ पत्रुस 3:20 पृथ्‍वीका सबै बासिन्‍दाहरू कति दुष्‍ट भएका थिए र तिनीहरू कसरी सधैँभरि खराबै मात्र सोचिरहन्‍थे भनी जब परमप्रभुले देख्‍नुभयो, 6तब मैले किन यिनीहरूलाई बनाएछु र पृथ्‍वीमा राखेछु भनी उहाँले अफसोस गर्नुभयो। 7उहाँ यति दु:खित हुनुभयो कि उहाँले यसो भन्‍नुभयो, “म यी मैले बनाएका मानिसहरू, पशुहरू र चरा-चुरुङ्गीहरू पनि पृथ्‍वीबाट मेटिदिनेछु किनभने ती बनाएकोमा मलाई अफसोस छ।” 8तर परमप्रभु नोआसित प्रसन्‍न हुनुहुन्‍थ्‍यो।
नोआ
9-10 # २ पत्रुस 2:5 यो नोआको कथा हो। उनका शेम, हाम र येपेत भनिने तीन भाइ छोराहरू थिए। नोआमा केही दोष थिएन, उनी आफ्‍नो समयको एकमात्र धर्मी मानिस थिए। उनी परमेश्‍वरको साथमा रहन्‍थे। 11तर अरू सबै भने परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट थिए अनि हिँसा जहीँ-तहीँ फैलिएको थियो। 12परमेश्‍वरले संसारलाई हेर्नुभयो र त्‍यो भ्रष्‍ट भएको देख्‍नुभयो किनभने सबै मानिसहरूले भ्रष्‍ट जीवन बिताइरहेका थिए।
13परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले सारा मानवजातिको अन्‍त्‍य गर्ने पक्‍का विचार गरेको छु। म तिनीहरूलाई नाश पार्नेछु किनभने तिनीहरूले गरेका हिँसाका कामले यो संसार भरिएको छ। 14तैँले आफ्‍नो लागि असल काठको एउटा ठूलो जहाज बनाउनू, त्‍यसमा कोठा-कोठा बनाएर भित्र-बाहिर दुवैपट्टि अलकत्राले पोत्‍नू। 15त्‍यसलाई १३३ मिटर लामो, २२ मिटर चौडा र १३ मिटर अग्‍लो बनाउनू। 16जहाजमा छाना हाल्‍नू र छाना र छेउका भित्ताबीच ४४ सेन्‍टिमिटर ठाउँ छोडिदिनू। त्‍यो तीनतले बनाउनू र एकापट्टि ढोका राख्‍नू। 17सबै जिउँदा प्राणीहरूलाई नाश पार्न म पृथ्‍वीमा जलप्रलय ल्‍याउनेछु। पृथ्‍वीमा भएका सबै थोक र प्राणी मर्नेछन्, 18तर तँसँग म एउटा करार बाँध्‍नेछु। आफ्‍नी स्‍वास्‍नी र छोरा-बुहारीहरू सँगै लिएर तँ भित्र जानू। 19-20हरथरीका पशु-पंक्षीहरूलाई जीवित राख्‍न भाले र पोथी गरी एक-एक जोडी तँसँग जहाजमा लानू। 21आफ्‍ना लागि र ती पशु-पंक्षीका लागि सबै प्रकारका खाना आफूसँग राख्‍नू।” 22#हिब्रू 11:7परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे।

醒目顯示

分享

複製

None

想在你所有裝置上儲存你的醒目顯示?註冊帳戶或登入