YouVersion 标志
圣经计划视频
获取软件
选择语言
搜索图标

उत्‍पत्ति 1 的热门经文

1

उत्‍पत्ति 1:26-27

नेपाली नयाँ संशोधित संस्करण

NNRV

अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।” यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

对照

探索 उत्‍पत्ति 1:26-27

2

उत्‍पत्ति 1:28

नेपाली नयाँ संशोधित संस्करण

NNRV

परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”

对照

探索 उत्‍पत्ति 1:28

3

उत्‍पत्ति 1:1

नेपाली नयाँ संशोधित संस्करण

NNRV

आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो।

对照

探索 उत्‍पत्ति 1:1

4

उत्‍पत्ति 1:2

नेपाली नयाँ संशोधित संस्करण

NNRV

पृथ्‍वी आकारविनाको र शून्‍य थियो। अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो।

对照

探索 उत्‍पत्ति 1:2

5

उत्‍पत्ति 1:3

नेपाली नयाँ संशोधित संस्करण

NNRV

अनि परमेश्‍वरले भन्‍नुभयो, “उज्‍यालो होस्‌।” तब उज्‍यालो भयो।

对照

探索 उत्‍पत्ति 1:3

6

उत्‍पत्ति 1:31

नेपाली नयाँ संशोधित संस्करण

NNRV

आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। वास्तवमा त्‍यो साह्रै राम्रो थियो। अनि साँझ पर्‍यो र बिहान भयो— छैटौँ दिन।

对照

探索 उत्‍पत्ति 1:31

7

उत्‍पत्ति 1:4

नेपाली नयाँ संशोधित संस्करण

NNRV

र परमेश्‍वरले उज्‍यालोलाई हेर्नुभयो, त्‍यो असल थियो। उहाँले उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नुभयो।

对照

探索 उत्‍पत्ति 1:4

8

उत्‍पत्ति 1:29

नेपाली नयाँ संशोधित संस्करण

NNRV

अनि परमेश्‍वरले भन्‍नुभयो, “हेर, म तिमीहरूलाई पृथ्‍वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्‍छु। ती तिमीहरूलाई आहाराको निम्‍ति हुनेछन्‌।

对照

探索 उत्‍पत्ति 1:29

9

उत्‍पत्ति 1:5

नेपाली नयाँ संशोधित संस्करण

NNRV

परमेश्‍वरले उज्‍यालोलाई “दिन” र अँध्‍यारोलाई “रात” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— पहिलो दिन।

对照

探索 उत्‍पत्ति 1:5

10

उत्‍पत्ति 1:6

नेपाली नयाँ संशोधित संस्करण

NNRV

अनि परमेश्‍वरले भन्‍नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्‍यसले पानीलाई दुई भाग गरोस्‌।”

对照

探索 उत्‍पत्ति 1:6

11

उत्‍पत्ति 1:30

नेपाली नयाँ संशोधित संस्करण

NNRV

अनि पृथ्‍वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्‍तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्‍ति म हरिया वनस्‍पति दिन्‍छु।” तब त्‍यस्‍तै भयो।

对照

探索 उत्‍पत्ति 1:30

12

उत्‍पत्ति 1:14

नेपाली नयाँ संशोधित संस्करण

NNRV

अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌।

对照

探索 उत्‍पत्ति 1:14

13

उत्‍पत्ति 1:11

नेपाली नयाँ संशोधित संस्करण

NNRV

अनि परमेश्‍वरले भन्‍नुभयो, “भूमिले वनस्‍पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू पृथ्‍वीमा उमारोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।

对照

探索 उत्‍पत्ति 1:11

14

उत्‍पत्ति 1:7

नेपाली नयाँ संशोधित संस्करण

NNRV

परमेश्‍वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्‍यस्‍तै भइहाल्‍यो।

对照

探索 उत्‍पत्ति 1:7

15

उत्‍पत्ति 1:12

नेपाली नयाँ संशोधित संस्करण

NNRV

भूमिले वनस्‍पति, बीउ हुने बोटहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू उमार्‍यो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

对照

探索 उत्‍पत्ति 1:12

16

उत्‍पत्ति 1:16

नेपाली नयाँ संशोधित संस्करण

NNRV

अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।

对照

探索 उत्‍पत्ति 1:16

17

उत्‍पत्ति 1:9-10

नेपाली नयाँ संशोधित संस्करण

NNRV

अनि परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्‍मा होस्‌ र ओबानो भूमि देखा परोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो। परमेश्‍वरले ओबानो भूमिलाई “पृथ्‍वी” भन्‍नुभयो, र जम्‍मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

对照

探索 उत्‍पत्ति 1:9-10

18

उत्‍पत्ति 1:22

नेपाली नयाँ संशोधित संस्करण

NNRV

अनि परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्‍वीमा वृद्धि हुँदैजाओस्‌।”

对照

探索 उत्‍पत्ति 1:22

19

उत्‍पत्ति 1:24

नेपाली नयाँ संशोधित संस्करण

NNRV

अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्‍वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु पशुहरू, घस्रने जन्‍तुहरू र जात-जातका वन-पशुहरू उत्‍पन्‍न गरोस्‌। तब त्‍यस्‍तै भयो।

对照

探索 उत्‍पत्ति 1:24

20

उत्‍पत्ति 1:20

नेपाली नयाँ संशोधित संस्करण

NNRV

अनि परमेश्‍वरले भन्‍नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्‍त गरी भरिऊन्‌ र पक्षीहरूचाहिँ पृथ्‍वीमाथि आकाशमा उडून्‌।”

对照

探索 उत्‍पत्ति 1:20

21

उत्‍पत्ति 1:25

नेपाली नयाँ संशोधित संस्करण

NNRV

परमेश्‍वरले पृथ्‍वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्‍तुहरू बनाउनुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

对照

探索 उत्‍पत्ति 1:25

上一章
下一章
YouVersion

我们要鼓励、挑战你每天亲近上帝。

事工

关于我们

就职机会

义工

博客

新闻区

有用链接

帮助

捐赠

圣经译本

音频圣经

译本语言

今日经文


此数字事工属于

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

隐私政策使用条款
漏洞披露方案
FacebookTwitterInstagramYouTubePinterest

主页

圣经

计划

视频