लेवी 18
18
मनाही गरिएका शारीरिक सम्भोगहरू
1-2परमप्रभुले मोशालाई यी कुराहरू इस्राएलीहरूलाई भन्न लाउनुभयो, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। 3मिश्रदेश, जहाँ तिमीहरू एक समय बास गर्थ्यौ वा कनान देश, जहाँ म तिमीहरूलाई लैजान्छु, त्यहाँका मानिसहरूका चालमा तिमीहरू नचल्नू। 4मेरा नियमहरू मान र मैले आज्ञा गरेअनुसार गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। 5#नहेम्याह 9:29; इजकिएल 18:9; 20:11-13; लूका 10:28; रोमी 10:5; गलाती 3:12मैले दिएका विधि र नियमहरूको पालन गर, त्यसो गर्यौ भने तिमीहरूले आफ्ना प्राणको रक्षा गर्नेछौ। म परमप्रभु हुँ।”
6परमप्रभुले यी तलका नियमहरू दिनुभयो, आफ्नो कुटुम्बसित शारीरिक सम्भोग नगर। 7आफ्नी आमासित सम्भोग गरेर आफ्ना बुबाको अनादर नगर। तिमीहरूले आफ्नै आमाको अनादर गर्नुहुन्न। 8#लेवी 20:11; व्यवस्था 22:30; 27:20बुबाका अरू स्वास्नीसित सम्भोग गरेर आफ्ना बुबाको अनादर नगर। 9#लेवी 20:17; व्यवस्था 27:22आफूसित एउटै घरमा हुर्केकी होस् वा नहोस्, आफ्नी दिदी वा बहिनी वा झट्केली दिदी वा बहिनीसित सम्भोग नगर्नू। 10आफ्नी नातिनीसित सम्भोग नगर्नू, त्यसमा तेरो आफ्नै बेइज्जती हुन्छ। 11झट्केली दिदी वा बहिनीसित सम्भोग नगर्नू किनकि तिनी पनि तेरो दिदीबहिनी पर्छिन्। 12-13#लेवी 20:19,20आफ्नै बुबाकी बहिनी वा आमाकी बहिनीसित सम्भोग नगर्नू किनकि उनीहरू तेरी फुपू वा सानीआमा हुन्। 14आफ्नी काकी, ठूलीआमा वा माइजूसित सम्भोग नगर्नू, ती आफ्नै नाता हुन्। 15#लेवी 20:12आफ्नी छोरी, बुहारी वा 16#लेवी 20:21भाइ-बुहारीसित सम्भोग नगर्नू। 17#लेवी 20:14; व्यवस्था 27:23कुनै स्त्रीसित सम्भोग भइसकेको छ भने त्यसकी छोरी वा नातिनीसित सम्भोग नगर्नू, तिनीहरू आफ्ना कुटुम्ब पर्न सक्छन् र त्यो अनुचित सम्भोग हुनेछ। 18आफ्नी स्वास्नी बाँचुञ्जेल त्यसकी दिदी वा बहिनीलाई सौतामा नल्याउनू।
19 #
लेवी 20:18
रजस्वला भएकी स्त्रीसित सम्भोग नगर्नू किनभने त्यो त्यस बेला विधिअनुसार अशुद्ध हुन्छे। 20#लेवी 20:10अर्काकी स्वास्नीसित सम्भोग नगर्नू, त्यसले तँ आफैंलाई विधिअनुसार अशुद्ध पार्दछ। 21#लेवी 20:1-5आफ्ना छोरा-छोरीलाई मोलेख देवताका पूजामा चढाउनलाई नदिनू किनभने त्यसबाट परमेश्वर, परमप्रभुको नामको अनादर हुनेछ। 22#लेवी 20:13पुरुष-पुरुषका बीचमा सम्भोग हुनुहुँदैन, परमेश्वरले त्यस कुरालाई घिनाउनुहुन्छ। 23#प्रस्थान 22:19; लेवी 20:15,16; व्यवस्था 27:21कुनै पुरुष वा स्त्रीले पशुसित सम्भोग गर्नुहुँदैन, त्यस कुकामले त्यसलाई विधिअनुसार अशुद्ध पार्दछ।
24यस्ता कुनै काम गरेर आफैंलाई अशुद्ध नबनाओ किनभने त्यसरी मूर्ति पुज्ने मानिसहरूले आफैंलाई अशुद्ध बनाएका थिए। ती मानिसहरूलाई, जो तिमीहरूको अघि त्यस देशमा बास गर्थे, तिनका देशबाट परमप्रभुले धपाउँदै हुनुहुन्छ र त्यो देशमा तिमीहरू प्रवेश गर्नेछौ। 25तिनीहरूका कामले त्यस देशलाई अशुद्ध पार्यो र परमप्रभुले त्यसमाथि आफ्नो दण्ड पठाउँदै हुनुहुन्छ र देशले त्यहाँका बासिन्दाहरूलाई त्यहाँबाट धपाउँदै छ। 26-27तिनीहरूले यी सबै घिनलाग्दा कामहरू गरेर देशलाई अशुद्ध तुल्याए तर तिमीहरूले ती काम नगर्नू। तिमी इस्राएलीहरू र तिम्रा माझमा बास गर्ने विदेशीहरू सबैले परमप्रभुका नियम र आज्ञाहरू मान्नुपर्नेछ। 28तब त्यो देशले जसरी तिमीहरूभन्दा अघि बसोबास गर्ने त्यहाँका बासिन्दाहरूलाई देश अशुद्ध गरेको कारणले धपाइदिएको थियो, त्यसरी तिमीहरूलाई चाहिँ धपाइदिनेछैन। 29तिमीहरू जान्दछौ कि जसले यी घिनलाग्दा काम गर्छ, त्यो परमेश्वरको जन ठानिनेछैन।
30अनि परमप्रभुले भन्नुभयो, “मैले दिएका आज्ञाहरू पालन गर र तिम्रा अघि त्यस देशमा बास गर्ने मानिसहरूका चालमा नचल र त्यस्ता कुनै काम गरेर आफैंलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
Àwon tá yàn lọ́wọ́lọ́wọ́ báyìí:
लेवी 18: सरल नेपाली
Ìsàmì-sí
Pín
Daako
Ṣé o fẹ́ fi àwọn ohun pàtàkì pamọ́ sórí gbogbo àwọn ẹ̀rọ rẹ? Wọlé pẹ̀lú àkántì tuntun tàbí wọlé pẹ̀lú àkántì tí tẹ́lẹ̀
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.