लेवी 17
17
रगतको पवित्रता
1-2यी तलका नियमहरू हारून र तिनका छोराहरू अनि सबै इस्राएलीहरूलाई दिनू भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, 3-4परमप्रभुको पवित्र पालको ढोका छोडी अन्य कुनै ठाउँमा गोरु वा भेडा वा बोका परमप्रभुलाई बलि चढाउने इस्राएलीहरूले धार्मिक नियम भङ्ग गर्दछ। त्यसले रगत बहाएको हुनाले त्यो परमेश्वरको जन मानिनेछैन। 5इस्राएलीहरूले खुल्ला ठाउँमा मार्ने गरेका पशुहरू अब तिनीहरूले परमप्रभुकहाँ ल्याऊन् भन्ने आज्ञाको अर्थ हुनेछ। अबदेखि तिनीहरूले ती पशुहरू पवित्र पालको ढोकामा पूजाहारीकहाँ ल्याई मेलबलिको रूपमा मार्नेछन्। 6पूजाहारीले बलिको रगत पवित्र पालको ढोकानिर वेदीका चारैपट्टि छर्कनेछन् र बोसोचाहिँ जलाउनेछन्। बोसो जलेको बास्नाले परमप्रभुलाई प्रसन्न गर्नेछ, 7अब उसो इस्राएलीहरू परमप्रभुप्रति अविश्वासी हुनुहुन्न अनि तिनीहरूले आफ्ना पशुहरू वन-देवतालाई मैदानमा बलि चढाएर मार्नेछैनन्। इस्राएलका मानिसहरूले आउँदा दिनहरूमा सधैँभरि यो नियम मान्नुपर्नेछ।
8-9परमप्रभुको पवित्र पालको ढोका छोडी अन्य कुनै ठाउँमा परमप्रभुलाई होमबलि वा अन्य कुनै पनि बलि चढाउने इस्राएली वा तिनका माझमा बास गर्ने कुनै विदेशीलाई परमेश्वरको जन हो भन्ने ठानिनेछैन।
10 #
उत्पत्ति 9:4; लेवी 7:26,27; 19:26; व्यवस्था 12:16,23; 15:23 कुनै इस्राएली वा त्यस समाजमा बास गर्ने विदेशीले रगतैसितको मासु खायो भने परमप्रभु त्यसको विरुद्धमा खडा हुनुहुन्छ र त्यसलाई मेरो आफ्नो जन हो भनी ग्रहण गर्नुहुन्न। 11#हिब्रू 9:22हरेक जिउँदो प्राणीको ज्यान रगतमा हुँदछ त्यसैकारण परमप्रभुले सबै रगत इस्राएलीहरूका पाप काट्न वेदीमा खन्याइदिनू भनी आज्ञा गर्नुभएको हो। रगत जीवन हो र त्यसले पाप काट्दछ। 12त्यसैकारण परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको छ कि तिनीहरूले वा तिनीहरूका माझमा बास गर्ने कुनै विदेशीले रगतसँगको मासु नखाऊन्।
13कुनै इस्राएली वा त्यस समाजमा बास गर्ने विदेशीले विधिअनुसार पशु वा पंक्षीको शिकार गर्छ भने त्यसको रगत त्यसले भूइँमा खन्याइदिनुपर्छ र त्यसलाई माटोले पुरिदिनुपर्छ। 14हरेक जिउँदो प्राणीको ज्यान रगतमा हुन्छ र त्यसैकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्नुभएको छ कि तिनीहरूले रगतसँगको मासु नखाऊन् अनि कसैले त्यसो गर्यो भने त्यसलाई उहाँको जन ठानिनेछैन।
15कुनै इस्राएली वा विदेशी मानिसले स्वाभाविकरूपले मरेको वा जङ्गली जनावरले मारेको पशुको मासु खायो भने त्यसले आफ्ना लुगा धुनु र स्नान गर्नुपर्छ अनि फेरि शुद्ध हुनलाई साँझसम्म पर्खनुपर्छ। 16त्यसो गरेन भने त्यसले त्यसको फल भोग्नुपर्नेछ।
Àwon tá yàn lọ́wọ́lọ́wọ́ báyìí:
लेवी 17: सरल नेपाली
Ìsàmì-sí
Pín
Daako
Ṣé o fẹ́ fi àwọn ohun pàtàkì pamọ́ sórí gbogbo àwọn ẹ̀rọ rẹ? Wọlé pẹ̀lú àkántì tuntun tàbí wọlé pẹ̀lú àkántì tí tẹ́lẹ̀
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: