उत्पत्ति 25
25
अब्राहामका अरू सन्तानहरू
1अब्राहामले कतूरा नाम गरेकी अर्की स्वास्नी विवाह गरे। 2त्यसले उनीबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्माई। 3योक्षानचाहिँ शेबा र ददानका बुबा थिए। ददानका सन्तान अश्शूरी, लतूशी र लऊम्मी भए। 4मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबीदा र एल्दा भए। यी सबै कतूराका सन्तान हुन्।
5अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई छोडिदिए। 6तर आफू जिउँदो छँदै अरू स्वास्नीहरूपट्टिका छोराहरूलाई अब्राहामले तिनीहरूका उपहारहरू दिए र आफ्ना छोरा इसहाकदेखि टाढै पूर्वपट्टिको देशमा पठाइदिए।
अब्राहामको मृत्यु र दफन
7-8पूरा उमेर पुगेर १७५ वर्षका हुँदा अब्राहाम मरे। 9उनका छोराहरू इसहाक र इश्माएलले उनलाई मम्रेको पूर्वपट्टिका खेतमा भएको मक्पेलाको ओडारमा गाडे र त्यो खेत पहिला हित्ती सोहोरका छोरा एप्रोनको थियो। 10#उत्पत्ति 23:3-16त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। अब्राहाम र उनकी स्वास्नी सारा दुवै त्यहाँ गाडिए। 11अब्राहाम मरेपछि परमेश्वरले उनका छोरा इसहाकलाई आशिष् दिनुभयो अनि इसहाक ‘मलाई देख्नुहुने जीवित परमेश्वरको इनार’ छेउ बस्थे।
इश्माएलका सन्तानहरू
(१ इतिहास १:२८-३१)
12साराको कमारी मिश्री हागारबाट जन्मेका अब्राहामका छोरा इश्माएलका छोराहरू 13तिनका जन्मअनुसार यी हुन्: नबायोत, केदार, अदबेल, मिब्साम, 14मिश्मा, दुमा, मस्सा, 15हदद, तेमा, यतूर, नापीश र केदमा। 16तिनीहरू १२ पुर्खाहरू हुन् र तिनका नामअनुसार गाउँ र छाउनीहरूका नाम राखिए। 17इश्माएल मर्दा उनको उमेर १३७ वर्षको भएको थियो। 18इश्माएलका सन्तान शूर र हवीला बीचका भूमिमा बस्थे, जुन मिश्रको पूर्वमा अश्शूर देश जाने बाटोमा पर्थ्यो। अब्राहामका अरू सन्तानदेखि छुट्टिएर तिनीहरू अलग्गै बस्थे।
एसाव र याकूबको जन्म
19यो अब्राहामका छोरा इसहाकको कथा हो। 20इसहाकले बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकालाई विवाह गर्दा उनको उमेर चालीस वर्ष थियो। (बतूएल पद्दन-आरामका अरामी थिए।) 21रिबेकाका छोरा-छोरी भएका थिएनन् र इसहाकले उनको लागि परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले उनको प्रार्थनाको उत्तर दिनुभयो र रिबेका गर्भवती भइन्। 22उनका पेटमा जुम्ल्याहा बालक थिए र जन्मनुभन्दा अघि ती दुई आमाका पेटमै आपसमा लड्थे। उनले भनिन्, “किन मलाई यस्तो भयो?” अनि तिनी परमप्रभुलाई सोध्न गइन्।
23 #
रोमी 9:12
परमप्रभुले उनलाई भन्नुभयो,
“तेरो कोखमा दुई जातिहरू छन्,
दुई आपसमा लड्ने जातिहरूलाई तैँले जन्म दिनेछस्।
एउटा अर्कोभन्दा बलियो हुनेछ,
जेठोचाहिँले कान्छाको सेवा गर्नेछ।”
24उनले जन्माउने बेला भयो र जुम्ल्याहा छोराहरू जन्माइन्। 25पहिलाको जन्मचाहिँ राता-राता, जिउभरि लुगा लाएजस्तो रौँ भएको थियो। यसकारण त्यसको नाम एसाव राखियो। 26दोस्रो दाजुचाहिँको कुर्कुच्चा च्याप्प समातेर जन्म्यो। यसकारण त्यसको नाम याकूब राखियो। तिनीहरू जन्मँदा इसहाक ६० वर्ष पुगेका थिए।
एसावले जेठा छोराको हक बेच्छन्
27केटाहरू बढे। एसाव घरबाहिर डुलिहिँड्ने एउटा सिपालु शिकारी भए। तर याकूब घरमा बस्ने शान्त स्वभावको मानिस भए। 28इसहाकले एसावलाई मन पराउँथे किनभने तिनले मारिल्याएका पशुहरूका मासु उनी मीठो मानी खान्थे तर रिबेकाले याकूबलाई मन पराउँथिन्।
29एक दिन याकूब सिमीको सुरुवा पकाइरहेको बेलामा एसाव शिकारबाट फर्की आए। उनी थाकेका थिए र 30याकूबलाई भने, “म भोकाएको छु, मलाई त्यो रातो सुरुवा खान देऊ।” (यसकारण उसलाई एदोम पनि भनिन्थ्यो।)
31याकूबले जवाफ दिए, “तिमीले जेठो छोराको हक मलाई दियौ भने मात्र म तिमीलाई सुरुवा दिनेछु।”
32एसावले भने, “हुन्छ, म भोकले मर्न आँटेको छु, यो अधिकार मलाई काम लाग्ने हो र?”
33 #
हिब्रू 12:16
याकूबले उत्तर दिए, “पहिले मलाई आफ्नो अधिकार दिन्छु भनी शपथ खाऊ।”
एसावले शपथ खाए र आफ्नो अधिकार याकूबलाई दिइहाले। 34त्यसपछि याकूबले उनलाई केही रोटी र सुरुवा दिए। एसावले खाए, पिए र उठेर हिँडे। यसरी एसावले आफ्नो जेठो अधिकार लत्याए।
Àwon tá yàn lọ́wọ́lọ́wọ́ báyìí:
उत्पत्ति 25: सरल नेपाली
Ìsàmì-sí
Pín
Daako

Ṣé o fẹ́ fi àwọn ohun pàtàkì pamọ́ sórí gbogbo àwọn ẹ̀rọ rẹ? Wọlé pẹ̀lú àkántì tuntun tàbí wọlé pẹ̀lú àkántì tí tẹ́lẹ̀
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: