उत्पत्ति 22
22
इसहाकको बलिबारे अब्राहामलाई परमेश्वरको आज्ञा
1 #
हिब्रू 11:17-19
केही समयपछि परमेश्वरले अब्राहामलाई जाँच्नुभयो र “हे अब्राहाम” भनी बोलाउनुभयो। अब्राहामले उत्तरमा भने, “हजुर, म यहाँ छु।”
2 #
२ इतिहास 3:1
परमेश्वरले भन्नुभयो, “तेरो एकमात्र छोरो इसहाक, जसलाई तँ औधी प्रेम गर्छस्, त्यसलाई लिएर मोरीयाह देशमा जा। त्यहाँ म तँलाई एउटा डाँडा देखाउनेछु र त्यस डाँडामा तैँले त्यसलाई मेरो लागि होमबलि गर्।”
3भोलिपल्ट बिहानै अब्राहामले होमबलिको लागि केही दाउरा काटे, आफ्नो गधामा भारी बाँधे र इसहाक र दुई जना चाकरहरू साथमा लिए। परमेश्वरले उनलाई भन्नुभएको ठाउँमा जान तिनीहरू हिँडे। 4तेस्रो दिनमा अब्राहामले त्यस ठाउँलाई टाढैबाट देखे। 5तब उनले आफ्ना चाकरहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो त्यहाँ गई आराधना गर्नेछौं। त्यसपछि हामी फर्की आउनेछौं।”
6होमबलिको लागि लिएका दाउरा अब्राहामले इसहाकलाई बोक्न लगाए र आफैंले चाहिँ एउटा छुरी र आगो सल्काउन केही बलिरहेका आगोका कोइला लिए। सँगसँगै हिँडिरहेको बेलामा 7इसहाकले “बुबा!” भनी बोलायो। उनले जवाफ दिए, “के हो, मेरो छोरो?”
इसहाकले सोध्यो, “हामीसित आगो र दाउरा त छन् तर होमबलिको निम्ति भेडाको थुमा खोइ?”
8अब्राहामले उत्तर दिए, “परमेश्वर आफैंले थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुई सँगसँगै अघि बढे।
9 #
याकूब 2:21
परमेश्वरले भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले एउटा वेदी बनाए र त्यसमाथि दाउराहरू मिलाएर राखे। उनले आफ्नो छोरा इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। 10तब छोरालाई बलि गर्न उनले छुरी उठाए। 11तर परमप्रभुका दूतले स्वर्गबाट उनलाई हपारे, “अब्राहाम, ए अब्राहाम!”
उनले जवाफ दिए, “हजुर, म यहाँ छु।”
12दूतले भने, “केटोलाई हात नलगा, त्यसलाई केही नगर्। मैले अब जानें कि तैँले परमेश्वरको डर मान्दोरहेछस् किनभने तैँले आफ्नो एउटै छोरालाई पनि उहाँदेखि अलग गरी बचाइराख्न चाहिनस्।”
13अब्राहामले चारैपट्टि हेरे र एउटा झाडीमा सिङ अल्झेर अड्किरहेको एउटा साँढ-भेडा देखे। उनले गएर त्यस भेडा ल्याए र छोराको सट्टामा त्यसलाई होमबलि चढाए। 14अब्राहामले त्यस ठाउँको नाम ‘परमप्रभुले जुटाउनुहुन्छ’ राखे र आजसम्म मानिसहरू यसो भन्छन्, “परमप्रभुका डाँडामा उहाँले जुटाइदिनुहुन्छ।”
15परमप्रभुका दूतले दोस्रोचोटि स्वर्गबाट अब्राहामलाई बोलाएर भने, 16#हिब्रू 6:13,14“म आफ्नै नाममा शपथ खाँदछु। परमप्रभु भन्दै हुनुहुन्छ, म तँलाई धेरै आशिष् दिनेछु। तैँले यो काम गरिस् कि तेरो एउटै छोरालाई पनि मबाट रोकी आफैंसँग राख्न खोजिनस् 17#हिब्रू 11:12यसर्थ म यो प्रतिज्ञा गर्दछु कि आकाशमा भएका ताराहरू वा समुद्रका किनारमा भएका बालुवासरह गरी म तँलाई सन्तान दिनेछु। तेरा सन्तानले आफ्ना बैरीहरूलाई जित्नेछन्। 18#प्रेरित 3:25सबै जातिका मानिसहरूले तिनीहरूलाई, तेरा सन्तानलाई जस्तो गरी आशिष् दिन मलाई बिन्ती गर्नेछन्। सबैले त्यसो गर्नेछन् किनभने तैँले मेरो आज्ञा मानिस्।” 19अब्राहाम फर्केर आफ्ना चाकरहरूकहाँ गए र तिनीहरू सँगसँगै बेर्शेबा गए। अब्राहाम बेर्शेबामा बसोबास गर्न लागे।
नाहोरका सन्तानहरू
20त्यसको केही समयपछि आफ्ना भाइ नाहोरकी स्वास्नी मिल्काले आठ भाइ छोराहरू जन्माएकी छिन् अब्राहामले सुने। 21जेठो ऊज, त्यसको भाइ बूज, आरामका बुबा कमूएल, 22केसेद, हजो, पिलदाश र यिदलाप, 23रिबेकाका बुबा बतूएल। यी आठ भाइ छोराहरू मिल्काले अब्राहामका भाइ नाहोरबाट जन्माइन्। 24नाहोरकी रखेल रूमाले तेबह, गहम, तहस र माकालाई जन्माई।
Àwon tá yàn lọ́wọ́lọ́wọ́ báyìí:
उत्पत्ति 22: सरल नेपाली
Ìsàmì-sí
Pín
Daako

Ṣé o fẹ́ fi àwọn ohun pàtàkì pamọ́ sórí gbogbo àwọn ẹ̀rọ rẹ? Wọlé pẹ̀lú àkántì tuntun tàbí wọlé pẹ̀lú àkántì tí tẹ́lẹ̀
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: