प्रेरित 3
3
एउटो लङ्गडो निको भएको
1एक दिन पत्रुस र यूहन्ना दिउँसो तीन बजेतिर मन्दिरमा प्रार्थना गर्न जाँदै थिए। यो प्रार्थनाको समय थियो। 2मन्दिरको चोकमा पस्ने सुन्दर भन्ने ढोकामा एउटा जन्मैदेखिको लङ्गडो बस्दथ्यो। मानिसहरूले उसलाई दिनदिनै बोकेर त्यहीँ ल्याउँथे। उसले मन्दिरमा आउने-जाने मानिसहरूसँग भिख माग्ने गर्थ्यो। 3पत्रुस र यूहन्नालाई मन्दिरमा जाँदैगरेको देखेर उसले उनीहरूसँग पनि भिख माग्यो। 4उनीहरूले उसलाई राम्ररी हेरे र पत्रुसले उसलाई भने, “यता हेर्!” 5यो सुनेर उसले केही पाउँछु कि भन्ने आशा लिएर हेर्यो। 6पत्रुसले उसलाई भने, “मसँग सुन-चाँदी त छैन, तर जे छ, त्यही म तिमीलाई दिन्छु। नासरतको येशू ख्रीष्टको नाउँमा उठेर हिँडिहाल्।” 7यसो भनेर उनले त्यस मानिसलाई दाहिने हातमा समातेर उठाए। त्यति नै खेर त्यस मानिसका खुट्टा र गोली-गाँठा ठीक भए 8र ऊ उभिएर हिँड्न लाग्यो। ऊ हिँड्दै र उफ्रँदै, परमेश्वरको स्तुति प्रशंसा गर्दै उनीहरूसँग मन्दिरभित्र पस्यो। 9यसरी भित्र पस्दा धेरै मानिसहरूले उसलाई हिँडेको र परमेश्वरको प्रशंसा गरेको देखे। 10मन्दिरको सुन्दर भन्ने ढोकामा बसेर भिख माग्ने यही नै हो भनी तिनीहरूले उसलाई चिनिहाले। ‘कसरी हिँड्ने भयो?’ भनेर तिनीहरू साह्रै नै छक्क परे।
मन्दिरमा पत्रुसको सन्देश
11त्यो निको भएको मानिस सोलोमन भन्ने दलानमा पत्रुस र यूहन्नाको पछि-पछि लागेको देखेर सबै अचम्म मान्दै दगुरेर आए। 12ती मानिसहरूलाई देखेर पत्रुसले भने, “हे इस्राएली दाजुभाइ हो, तपाईंहरू किन यस कुरामा अचम्म मानेर हामीलाई हेरिरहनुहुन्छ? के तपाईंहरूले हामीले यिनलाई आफ्नो शक्ति र भक्तिले नै हिँड्ने गराएका हौं भन्ने सम्झनुहुन्छ? 13#प्रस्थान 3:15त्यसो होइन, हाम्रा पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्वरले नै आफ्नो सेवक येशूलाई आदर गर्नुभयो। तपाईंहरूले चाहिँ येशूलाई मार्नुपर्छ भनेर सुम्पिदिनुभयो। पिलातसले उहाँलाई छोडिदिन खोज्दा पनि तपाईंहरूले नछोड्नू भन्नुभयो। 14#मत्ती 27:15-23; मर्कूस 15:6-14; लूका 23:13-23; यूहन्ना 19:12-15उहाँ त पवित्र र निर्दोष हुनुहुन्थ्यो। तर तपाईंहरूले उहाँको साटो एक जना ज्यानमारालाई छोडिदिन माग गर्नुभयो। 15जीवन दिनुहुनेलाई चाहिँ तपाईंहरूले मार्नुभयो। तर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभएको छ। यस कुराको हामी साक्षी छौं। 16येशूमाथि भरोसा गरेको हुनाले लङ्गडाले बल पायो। येशूको नाउँ सुनेर यिनको हृदयमा विश्वास जाग्यो अनि यिनको विश्वासले गर्दा अब तपाईंहरूले यिनलाई पूरै निको भएको देख्दै हुनुहुन्छ।
17“हे मेरा दाजुभाइ हो, म जान्दछु, तपाईं र तपाईंहरूका शासकहरूले येशू को हुनुहुन्छ भनेर नचिनीकनै मार्नुभएको हो। 18ख्रीष्टले दु:ख भोग्नुपर्छ भनी परमेश्वरले धेरै अघिदेखि अगमवक्ताहरूद्वारा भन्नुभएको कुरालाई उहाँले यसरी पूरा गर्नुभयो। 19अब तपाईंहरू आ-आफ्ना पापलाई मानिलिएर परमेश्वरकहाँ फर्कनुहोस् र उहाँले तपाईंहरूको सबै पाप मेटिदिनुहुनेछ। यसरी तपाईंहरूले परमेश्वरबाट आत्मामा शान्ति र शक्ति पाउनुहुनेछ। 20परमेश्वरले तपाईंहरूका निम्ति चुन्नुभएको मुक्ति दिनुहुने राजा ख्रीष्टलाई फेरि पठाइदिनुहुनेछ। उहाँ त येशू नै हुनुहुन्छ। 21तर पवित्र अगमवक्ताहरूले भनेजस्तै परमेश्वरले सबै कुरा नयाँ बनाउने समय नआएसम्म येशू स्वर्गमै रहनुपर्छ। 22#व्यवस्था 18:15,18मोशाले पनि यसरी भनेका थिए–
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति तिमीहरूकै जातिबाट
मजस्तै एउटा अगमवक्ता पठाइदिनुहुनेछ,
उहाँले भन्नुहुने सबै कुरा तिमीहरूले सुन्नुपर्छ।
23 #
व्यवस्था 18:19
तर उहाँको कुरा नसुन्ने मानिसहरूचाहिँ
परमेश्वरको जनहरूदेखि अलग पारिनेछन्
र नाश हुनेछन्।
24“शमूएल र उनीपछिका सबै अगमवक्ताहरूले पनि हिजो-आज भइरहेका यिनै कुराहरूको बारेमा भनेका थिए। 25#उत्पत्ति 22:18अगमवक्ताहरूद्वारा दिइएका परमेश्वरका प्रतिज्ञाहरू तपाईंहरूको निम्ति नै हुन् अनि परमेश्वरले तपाईंहरूका पिता-पुर्खाहरूसँग बाँध्नुभएको वाचा तपाईंहरूको लागि पनि हो। हाम्रा पुर्खा अब्राहामलाई परमेश्वरले ‘तिम्रो सन्तानद्वारा म पृथ्वीका सबै जातिहरूलाई आशिष् दिनेछु’ भनी भन्नुभएको थियो। 26तपाईंहरूलाई दुष्ट कामहरूबाट फर्काएर त्यो आशिष् दिन परमेश्वरले आफ्नो सेवक येशूलाई खटाई पहिला तपाईंहरूकहाँ नै पठाउनुभएको हो।”
Àwon tá yàn lọ́wọ́lọ́wọ́ báyìí:
प्रेरित 3: सरल नेपाली
Ìsàmì-sí
Pín
Daako

Ṣé o fẹ́ fi àwọn ohun pàtàkì pamọ́ sórí gbogbo àwọn ẹ̀rọ rẹ? Wọlé pẹ̀lú àkántì tuntun tàbí wọlé pẹ̀lú àkántì tí tẹ́lẹ̀
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: