रोमी 16

16
व्यक्तिगत अभिवादन
1किंक्रिया मण्डलीकी सेविका हाम्री बहिनी फिबीको बारेमा म तिमीहरूका सामु प्रशंसा गर्दछु। 2तिनलाई प्रभुमा उहाँका सन्तहरूलाई सुहाउने तरिकाले ग्रहण गर भनी म तिमीहरूलाई बिन्ती गर्दछु, र तिनलाई कुनै पनि कुरामा तिमीहरूको आवश्यकता पर्‍यो भने सहायता गर। किनकि तिनी म लगायत धेरैका निम्ति सहयोगी बनेकी छिन्।
3ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्किला र अक्विलालाई अभिवादन छ। 4तिनीहरूले मेरो निम्ति आफ्नो ज्यान जोखिममा पारेका थिए। म मात्र होइन, तर सारा गैरयहूदी मण्डलीहरू पनि तिनीहरूप्रति कृतज्ञ छन्।
5तिनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि अभिवादन छ।
इपेनितस मेरो प्रिय मित्र, जो एशियामा#16:5 एशियाको प्रान्त वा राज्य प्राचीन रोमी साम्राज्यका केही सहरहरू मिलेर बनेको थियो, जुन आधुनिक टर्कीको पश्‍चिमी भागमा अवस्थित थियो। प्रभु ख्रीष्‍टमा आउने पहिलो विश्‍वासी थिए, उनलाई पनि अभिवादन भनिदेओ।
6मरियमलाई पनि अभिवादन भनिदेओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरिन्।
7एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र सङ्गी कैदीहरूलाई पनि अभिवादन भनिदेओ। प्रेरितहरूका बीचमा तिनीहरू प्रख्यात छन्, र मभन्दा पहिले तिनीहरूले ख्रीष्‍टमा विश्‍वास गरेका थिए।
8अम्प्लीआतस, प्रभुमा मेरा प्रिय मित्रलाई अभिवादन भनिदेओ।
9ख्रीष्‍टमा मेरा सहकर्मी उर्बानस र मेरा प्रिय मित्र स्ताखुसलाई अभिवादन भनिदेओ।
10ख्रीष्‍टमा दृढ र योग्य ठहरिएका अपेल्‍लेसलाई अभिवादन भनिदेओ।
अरिस्तोबुलसको घरानाका सबैलाई अभिवादन भनिदेओ।
11मेरा आफन्त, हेरोदियनलाई अभिवादन भनिदेओ।
प्रभुमा भएका नर्किससका घरानाका सबैलाई अभिवादन भनिदेओ।
12प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई पनि अभिवादन भनिदेओ।
प्रभुमा ज्यादै परिश्रमी अर्की नारी मेरी प्रिय मित्र, परसीसलाई अभिवादन भनिदेओ।
13प्रभुमा चुनिएका रूफसलाई र तिनकी आमा, जो मेरी पनि आमाझैँ हुन्, उनीहरूलाई पनि अभिवादन भनिदेओ।
14असिंक्रितस, फ्लेगन, हर्मेस, पाट्रोबास, हर्मास र उनीहरूसँग रहने दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो अभिवादन भनिदेओ।
15फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी तथा ओलिम्पास र उनीहरूसँग हुने प्रभुका सन्तहरूलाई अभिवादन भनिदेओ।
16ख्रीष्‍टिय प्रेमसाथ#16:16 मूल भाषामा पवित्र चुम्बनसाथ त्यसरी नै, 1 कोरि 16:20; 2 कोरि 13:12; 1 थेस 5:26; 1 पत्रु 5:14 एक-अर्कालाई अभिवादन गर।
ख्रीष्‍टका मण्डलीका सबैले तिमीहरूलाई अभिवादन पठाएका छन्।
17दाजुभाइ-दिदीबहिनीहरू हो, म बिन्ती गर्छु, तिमीहरूका बीचमा फाटो ल्याउने र तिमीहरूले सिकेका कुराको विरुद्ध बाधा पुर्‍याउनेहरूसँग होसियार बस। तिनीहरूसँग टाढा बस। 18किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा होइन, तर आफ्नै स्वार्थ मात्र पूरा गर्दछन्। निर्दोष हृदय भएका मानिसहरूलाई तिनीहरूका चिप्लो र फुर्काउने कुराहरूले बहकाउँछन्। 19तिमीहरूको आज्ञाकारिताबारे प्रत्येकले सुनेका छन्। तिमीहरूको कारण म आनन्दित छु; तर म तिमीहरू असल काममा बुद्धिमान् र दुष्‍ट काममा निर्दोष रहेको चाहन्छु।
20शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको खुट्टामुनि कुल्चाउनुहुनेछ।
हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्!
21मेरा सहकर्मी तिमोथीले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्। अनि त्यसरी नै मेरा आफन्तहरू लुकियस, यासोन र सोसिपाटरले पनि अभिवादन पठाएका छन्।
22म तर्तियस, पावलले भनेका कुरा यो पत्रमा लेख्ने व्यक्तिको पनि प्रभुमा सबैलाई अभिवादन पठाउँछु।
23गायस, जसको पाहुनासत्कारले म र यहाँका पूरै मण्डली आनन्दित छौँ, उनले तिमीहरूलाई अभिवादन पठाएका छन्।
यस सहरका कोषाध्यक्ष इरास्तस र हाम्रा भाइ क्वार्टसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।
24हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसँग रहोस्! आमेन।#16:24 केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।
25अब उहाँलाई नै, जसले मैले प्रचार गरेको येशू ख्रीष्‍टको सुसमाचारअनुसार तिमीहरूलाई दृढ पार्न सक्नुहुन्छ, त्यस रहस्यको प्रकाशअनुसार जुन सनातनदेखि गुप्‍त थियो; 26तर अब अनन्तका परमेश्‍वरको आज्ञाअनुसार प्रकट गरिएको र अगमवक्ताहरूका लेखाइद्वारा थाहा गराइएको छ, ताकि सबै गैरयहूदीहरू विश्‍वासद्वारा आज्ञाकारी बनून्— 27उही अद्वितीय सर्वज्ञानी परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा भइरहोस्! आमेन।

موجودہ انتخاب:

रोमी 16: NCV

سرخی

شئیر

موازنہ

کاپی

None

کیا آپ جاہتے ہیں کہ آپ کی سرکیاں آپ کی devices پر محفوظ ہوں؟ Sign up or sign in