रोमी 10:11-13
रोमी 10:11-13 NCV
धर्मशास्त्रले यसरी भन्दछ, “प्रभु येशूमा विश्वास गर्ने कहिल्यै शर्ममा पर्नेछैन।” किनकि यहूदी र गैरयहूदीमा केही भिन्नता छैन। उहाँ नै एउटै प्रभु, सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष् दिनुहुन्छ। किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।”

