लेवी 12
12
सुत्केरीको शुद्धीकरण
1परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूको निम्ति यी नियमहरू दिनुभयो, 2मासिकधर्म भएको दिनमा झैँ छोरा जन्माएपछि सात दिनसम्म रीतिअनुसार स्त्री अशुद्ध रहनेछे। 3#उत्पत्ति 17:12; लूका 2:21आठौँ दिनमा छोराको खतना गरिनुपर्छ। 4त्यसपछि अरू तेत्तीस दिन बितेपछि मात्र त्यो आफ्नो रगत बहेकोबाट रीतिअनुसार शुद्ध हुनेछे। आफू शुद्ध हुने दिन पूरा नहोउञ्जेल त्यस स्त्रीले कुनै पवित्र कुरालाई नछोओस् वा पवित्र पालमा नपसोस्।
5छोरी जन्मिएको चौध दिनसम्म मासिकधर्म भएका दिनमा झैँ स्त्री रीतिअनुसार अशुद्ध रहनेछे। त्यसको अरू छयसट्ठी दिनपछि मात्र त्यो आफ्नो रगत बहेकोबाट रीतिअनुसार शुद्ध हुनेछे।
6छोरो जन्मोस् वा छोरी, आफू शुद्ध हुने दिन पूरा भएपछि त्यस स्त्रीले पूजाहारीकहाँ होमबलिको लागि एउटा एकवर्षे भेडाको थुमा पापबलिको लागि एउटा ढुकुर वा परेवा परमप्रभुको पवित्र पालको ढोकामा ल्याओस्। 7पूजाहारीले त्यसको बलिदान परमप्रभुकहाँ चढाउनेछ र त्यसको चोख्याउने विधि पालन गर्नेछ र त्यो रीतिअनुसार शुद्ध हुनेछे। सुत्केरी भएपछि एउटी स्त्रीले त्यसो गर्नुपर्नेछ।
8 #
लूका 2:24
स्त्रीले भेडाको थुमा ल्याउन सकिन भने त्यसले दुईवटा ढुकुर कि परेवा ल्याओस्, एउटा होमबलिको लागि र अर्को पापबलिको लागि। पूजाहारीले त्यसको चोख्याउने विधि पूरा गरोस् र रीतिअनुसार त्यो शुद्ध हुनेछे।
Selectat acum:
लेवी 12: सरल नेपाली
Evidențiere
Împărtășește
Copiază
Dorești să ai evidențierile salvate pe toate dispozitivele? Înscrie-te sau conectează-te
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.