YouVersion
Pictograma căutare

उत्‍पत्ति 36

36
एसावका सन्‍तानहरू
1एसाव, जसलाई एदोम पनि भनिन्‍थ्यो, उनका सन्‍तान यिनै हुन्। 2#उत्‍पत्ति 26:34एसावले कनानी स्‍त्रीहरू विवाह गरे। उनले हित्ती एलोनकी छोरी आदा, हिव्‍वी सिबोनको छोरा अनाकी छोरी ओहोलीबामा 3#उत्‍पत्ति 28:9र इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमतलाई विवाह गरे। 4आदाले एलीपजलाई, बासमतले रूएललाई जन्‍माए 5र ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्‍माए। एसावका यी सबै छोराहरू कनान देशमा जन्‍मेका थिए।
6त्‍यसपछि एसाव आफ्‍ना स्‍वास्‍नीहरू र छोरा-छोरीहरू, घरका सबै पुरुषहरू र स्‍त्रीहरू र गाई-वस्‍तुहरू अनि कनान देशमा कमाएका सारा धन-सम्‍पत्तिसाथ लिएर हिँडे र आफ्‍नो भाइ याकूबदेखि टाढा अर्कै देशमा गए। 7आफू बसेको जमिनमा दाजुभाइ दुवैका जीविका नचल्‍ने भयो, ती दुईका धेरै गाई-वस्‍तुहरू भए र तिनीहरू एक साथ बस्‍न सकेनन्। 8यसकारण एसाव सेइरको पहाडी देशमा गई बस्‍न लागे।
9एदोमीहरूका पुर्खा एसावका वंश यी नै हुन्। 10-13एसावकी स्‍वास्‍नी आदाले उनको एउटा छोरा एलीपजलाई जन्‍माइन्। एलीपजका पाँच छोराहरू तेमान, ओमार, सपो, गाताम र कनज भए। उनकी अर्की स्‍वास्‍नी तीम्‍न उनको अर्को एउटा छोरा अमालेकलाई जन्‍माइन्‌।
एसावकी स्‍वास्‍नी बासमतले उनको एउटा छोरा रूएललाई जन्‍माइन्। रूएलका चार छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा भए।
14सिबोनका छोरा अनाकी छोरी एसावकी स्‍वास्‍नी ओहोलीबामाले तीन छोराहरू– येऊश, यालाम र कोरहलाई जन्‍माइन्।
15एसावबाट जन्‍मेका कुलहरू यी नै हुन्। एसावका जेठा छोरा एलीपजबाट तेमान, ओमार, सपो, कनज, 16कोरह, गाताम र अमालेक कुलहरू पैदा भए। यी सबै एसावकी स्‍वास्‍नी आदाका वंशहरू हुन्।
17एसावका छोरा रूएलबाट नहत, जेरह, शम्‍मा र मिज्‍जा कुलहरू भए। यी सबै एसावकी अर्की स्‍वास्‍नी बासमतका हुन्।
18एसावकी स्‍वास्‍नी ओहोलीबामाबाट येऊश, यालाम र कोरह कुलहरू भए। ओहोलीबामा अनाकी छोरी थिइन्। 19यी सबै कुलहरू एसावबाट जन्‍मेका थिए।
सेइरका सन्‍तानहरू
(१ इतिहास १:३८-४२)
20-21एदोम देशको अघिका बासिन्‍दाहरू कुल-कुलमा बाँडिएका थिए। तिनीहरूले होरी सेइरका यी सन्‍तानहरूलाई आफ्‍ना पुर्खा मान्‍थे लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
22लोतान होरी र हेमान कुलका पुर्खा थिए। (लोतानकी एउटी बहिनी तीम्‍न थिई।)
23शोबालका अल्‍बान, मानहत, एबाल, शपो र ओनाम कुलका पुर्खा थियो।
24सिबोनका अय्‍या र अना नामका दुई छोराहरू थिए। (यही अनाले बुबाका गधाहरू हेरिराखेको बेलामा बनमा तातो पानीका मूलहरू भेट्टाएको थियो।) 25-26अना दीशोनका बुबा थिए। दीशान, हेमदान, एश्‍बान, यित्रान र करानका कुलका पुर्खा थिए। अनाकी एउटी ओहोलीबामा नाम गरेकी छोरी थिइन्‌।
27एसेर बिल्‍हान, जावान र अकान कुलका पुर्खा थिए।
28दीशानचाहिँ ऊज र आरान कुलका पुर्खा थिए।
29-30एदोममा भएका होरी कुलहरू यिनै हुन्: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
एदोमका राजाहरू
(१ इतिहास १:४३-५४)
31-39इस्राएल देशमा राजाहरू हुनुभन्दा अघि एदोम देशमा क्रमैसित यिनीहरूले राज्‍य गरेका थिए:
बओरका छोरा बेलाले दिन्‍हावा सहरबाट,
जेरहका छोरा योबाबले बोज्राबाट,
हूशामले तेमानीका इलाकाबाट,
बददका छोरा हददले अवीतबाट (तिनले मोआब देशको एउटा लडाइँमा मिद्यानीहरूलाई हराएका थिए),
सम्‍लाले मास्रेकाबाट,
शौलले महानदी किनारको रहोबोतबाट,
अक्‍बोरको छोरा बाल-हानानले र हददले पाऊबाट (तिनकी स्‍वास्‍नी महेतबेल मत्रेदकी छोरी र मेजाहाबकी नातिनी थिई)।
40-43एसाव यी एदोमी कुलहरूका पुर्खा थिए: तीम्‍न, अल्‍वा, यतेत, ओहोलीबामा, एलाह, पीनोन, कनज, तेमान, मिब्‍सार, मग्‍दीएल र ईराम यी कुलहरू बसेका इलाकाहरूका नाम कुल नामअनुसार राखिएका थिए।

Evidențiere

Împărtășește

Copiază

None

Dorești să ai evidențierile salvate pe toate dispozitivele? Înscrie-te sau conectează-te