प्रस्थान 1
1
मिश्रमा इस्राएलीहरूमाथि अत्याचार
1 #
उत्पत्ति 46:8-27
आ-आफ्ना परिवार लिएर मिश्रमा इस्राएलसित जाने उनका छोराहरू 2रूबेन, शिमियोन, लेवी, यहूदा, 3इस्साखार, जबूलून, बेन्यामीन, 4दान, नप्ताली, गाद र आशेर थिए। 5याकूबका यी सन्तानको कुल सङ्ख्या सत्तरी थियो। उनको छोरा योसेफ अघिबाटै मिश्रमा थिए। 6रहँदा-बस्दा योसेफ तिनका दाजुभाइहरू र त्यस पिँढीका सबै मरे। 7#प्रेरित 7:17तर तिनका इस्राएली सन्तानहरूका धेरै बालबच्चाहरू भए। तिनीहरू असङ्ख्य अनि अति शक्तिशाली भए। सारा मिश्र इस्राएलीहरूले भरियो।
8 #
प्रेरित 7:18
तब मिश्रमा योसेफको बारेमा केही नजान्ने एउटा नयाँ राजाले राज्य गर्न थाले। 9तिनले आफ्नो प्रजालाई भने, “यी इस्राएलीहरू यति धेरै शक्तिशाली भएका छन् कि अब हामीलाई डर भयो। 10#प्रेरित 7:19कतै लडाइँ भइगयो भने तिनीहरू हाम्रा शत्रुहरूपट्टि लागेर हाम्रा विरुद्धमा लड्लान् र यो देशबाट भागेर जालान्। केही उपाय गरेर हामीले तिनीहरूको सङ्ख्या अझ बढ्नबाट रोक्नुपर्छ।” 11यसैकारण मिश्रीहरूले तिनीहरूमाथि निष्ठुरी मानिसहरू खटाए, जसले तिनीहरूलाई कठोर र गाह्रो काम लगाएर तिनीहरूको मनलाई मार्ने काम गर्थे। राजकीय सर-सामान भण्डारको लागि इस्राएलीहरूले पिताम र रामसेस सहरहरू बनाए। 12तर मिश्रीहरूले जति-जति इस्राएलीहरूलाई थिचोमिचो गरे, उति-उति तिनीहरूको सङ्ख्या बढ्यो र तिनीहरू देशमा झन्-झन् फैलँदै गए। मिश्रीहरू तिनीहरूसित डराउन थाले, 13-14निष्ठुरतासँग कमाराको काममा पेलेर इस्राएलीहरूको जीवन कष्टमय पारिदिए। घर निर्माण गर्ने काम र इँटाको काम अनि खेतको काममा तिनीहरूलाई मिश्रीहरूले जोत्दथे र केही दया गर्दैनथे।
15तब मिश्रका राजाले हिब्रू स्त्रीहरूलाई स्याहार्ने शिप्रा र पूआ नाम गरेका दुई सुँडेनीहरूसित कुरा गरे। 16उनले तिनीहरूलाई भने, “जब हिब्रू स्त्रीहरूले बच्चाहरू जन्माउँदा तिनीहरूलाई मद्दत गर्न तिमीहरू जान्छौ, तब छोरो जन्मियो भने त्यसलाई मारिदिइहाल्नू, छोरी जन्मियो भने जिउँदै छोडिदिनू।” 17तर ती सुँडेनीहरूले परमेश्वरको डर मान्थे र राजाको आज्ञा मानेनन्। तिनीहरूले छोराहरूलाई पनि जिउँदै छोडिदिए। 18यसकारण राजाले ती दुई सुँडेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले के गर्दै छौ? किन छोराहरू पनि जिउँदै छोड्दै छौ?”
19तिनीहरूले उत्तर दिए, “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन्; तिनीहरूले सजिलै बच्चा जन्माउँछन्, हामी पुग्नुभन्दा अघि नै तिनीहरूले बच्चाहरू जन्माइसक्छन्।” 20-21ती सुँडेनीहरूले परमेश्वरको भय मानेका हुनाले उहाँले तिनीहरूको कल्याण गर्नुभयो र तिनीहरूलाई सन्तान दिनुभयो। इस्राएलीहरू बढ्दै र अझै शक्तिशाली हुँदैगए। 22#प्रेरित 7:19अन्तमा राजाले सारा प्रजालाई यस्तो आज्ञा दिए, “हिब्रूहरूका भर्खर जन्मेका प्रत्येक बालकलाई नील नदीमा फालिदिनू तर छोरीहरूलाई छोडिदिनू।”
Selectat acum:
प्रस्थान 1: सरल नेपाली
Evidențiere
Împărtășește
Copiază
Dorești să ai evidențierile salvate pe toate dispozitivele? Înscrie-te sau conectează-te
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.