खोज परिणाम: praise

१ थेसलोनिकी 5:18 (NNRV)

सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो।

भजनसंग्रह 139:14 (NNRV)

म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।

भजनसंग्रह 63:3 (NNRV)

तपाईंको प्रेम जीवनभन्‍दा श्रेष्‍ठ छ, यसकारण मेरा ओठले तपाईंको महिमा गर्नेछन्‌।

भजनसंग्रह 63:4 (NNRV)

म मेरो जीवनभरि नै तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाउँमा म आफ्‍ना हात उचाल्‍नेछु।

भजनसंग्रह 100:4 (NNRV)

उहाँको भवनका द्वारहरूभित्र धन्‍यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्‍दिरमा प्रवेश गर। उहाँलाई धन्‍यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर।

हिब्रू 13:15 (NNRV)

यसकारण परमेश्‍वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्‍तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्‍वीकार गर्ने ओठको फल हो।

फिलिप्पी 4:4 (NNRV)

प्रभुमा सधैँ आनन्‍द गर। म फेरि पनि भन्‍दछु, आनन्‍द गर।

फिलिप्पी 4:8 (NNRV)

अन्‍त्‍यमा भाइ हो, जे कुरो सत्‍य छ, जे कुरो आदरणीय छ, जे कुरो न्‍यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्‍य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्‍ठता, प्रशंसाको योग्‍य केही छ भने यी नै कुराका विचार गर।

कलस्सी 3:16 (NNRV)

ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ।

१ थेसलोनिकी 5:16 (NNRV)

सधैँ आनन्‍दित रहो।

१ थेसलोनिकी 5:17 (NNRV)

निरन्‍तर प्रार्थना गरिरहो।

१ इतिहास 29:11 (NNRV)

हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्‍वर्य तपाईंकै हुन्, किनकि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌। हे परमप्रभु, राज्‍य तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोच्‍च हुनुहुन्‍छ।

भजनसंग्रह 9:1 (NNRV)

हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्‍चर्यकर्महरूको वर्णन म गर्नेछु।

भजनसंग्रह 34:1 (NNRV)

हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्‍तर मेरो मुखमा हुनेछ।

भजनसंग्रह 100:1 (NNRV)

हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ।

भजनसंग्रह 100:2 (NNRV)

आनन्‍दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्‍ने आओ।

भजनसंग्रह 100:3 (NNRV)

परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।

भजनसंग्रह 100:5 (NNRV)

किनभने परमप्रभु भला हुनुहुन्‍छ, र उहाँको करुणा सदाकाल रहन्‍छ। उहाँको विश्‍वसनीयता पुस्‍तादेखि पुस्‍तासम्‍म रही नै रहन्‍छ।

भजनसंग्रह 103:1 (NNRV)

हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, ए मेरो सारा अन्‍तस्‍करण, उहाँको पवित्र नाउँको स्‍तुति गर्‌।

भजनसंग्रह 103:2 (NNRV)

हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, र उहाँका सबै उपकारहरू नबिर्सी—

भजनसंग्रह 150:6 (NNRV)

सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्‌! हल्‍लेलूयाह!

१ इतिहास 29:13 (NNRV)

अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं।

भजनसंग्रह 42:11 (NNRV)

हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।

भजनसंग्रह 63:5 (NNRV)

असल भोजनले झैँ मेरो प्राण तृप्‍त हुनेछ, मेरो मुखले सङ्गीतमय ओठसित तपाईंको प्रशंसा गर्नेछ।

भजनसंग्रह 95:2 (NNRV)

धन्‍यवाद चढ़ाउँदै उहाँको सामुन्‍ने आऔं, भजन र गीतले उहाँको प्रशंसा गरौं।