खोज परिणाम: mercy

हिब्रू 4:16 (NNRV)

यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं।

याकूब 2:13 (NNRV)

किनकि जुन मानिसले कृपा गरेको छैन, त्‍यसको न्‍याय कृपाविना नै हुन्‍छ। कृपा न्‍यायमाथि विजयी हुन्‍छ।

विलाप 3:22 (NNRV)

परमप्रभुको महान्‌ प्रेमले गर्दा हामी भस्‍म भएका छैनौं, उहाँका कृपाको अन्‍त कहिल्‍यै हुँदैन।

विलाप 3:23 (NNRV)

हरेक बिहान उहाँको कृपा नयाँ हुन्‍छ। तपाईंको विश्‍वस्‍तता महान्‌ छ।

एफिसी 2:4 (NNRV)

तर परमेश्‍वर, जो कृपामा धनी हुनुहुन्‍छ, उहाँले आफ्‍नो महान्‌ प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो,

एफिसी 2:5 (NNRV)

यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्‍टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ।

भजनसंग्रह 51:1 (NNRV)

हे परमेश्‍वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्‌, तपाईंको अपार अनुकम्‍पामा मेरा अपराधहरू मेटिदिनुहोस्‌।

एफिसी 2:8 (NNRV)

किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—

लूका 6:36 (NNRV)

तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ।

तीतस 3:5 (NNRV)

तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्‍नै कृपाअनुसार पुनर्जीवनको स्‍नानद्वारा र पवित्र आत्‍माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो,

भजनसंग्रह 51:2 (NNRV)

मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्‌, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्‌।

विलाप 3:24 (NNRV)

मेरो प्राणले भन्‍छ, “परमप्रभु नै मेरो सर्वस्‍व हुनुहुन्‍छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्‍छु।”

मीका 6:8 (NNRV)

ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।

लूका 6:35 (NNRV)

तर आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्‍चका सन्‍तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्‍वार्थीमाथि कृपालु हुनुहुन्‍छ।

रोमी 9:15 (NNRV)

उहाँ मोशालाई भन्‍नुहुन्‍छ, “जसमाथि म कृपा गर्न चाहन्‍छु, त्‍यसलाई म कृपा गर्नेछु, र जसलाई म टिठ्याउन चाहन्‍छु, त्‍यसलाई म टिठाउनेछु।”

रोमी 9:16 (NNRV)

यसकारण मानिसको इच्‍छा वा प्रयासमाथि यो निर्भर गर्दैन, तर परमेश्‍वरको कृपामाथि निर्भर गर्दछ।

एफिसी 2:6 (NNRV)

र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्‍वर्गीय स्‍थानहरूमा ख्रीष्‍ट येशूसँग बसाल्‍नुभयो।

१ तिमोथी 1:16 (NNRV)

तर यसकारण मैले कृपा पाएँ, कि पापीहरूमा सबैभन्‍दा मुख्‍य भएर पनि मद्वारा येशू ख्रीष्‍टले आफ्‍नो असीम धैर्य प्रकट गर्न सकून्, ताकि उहाँमाथि विश्‍वास गरेर अनन्‍त जीवन पाउनेहरूका लागि म एउटा उदाहरण बन्‍न सकूँ।

हिब्रू 4:15 (NNRV)

किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्‍ने हुनुहुन्‍न। तर हामीजस्‍तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्‍थ्‍यो।

याकूब 2:12 (NNRV)

यसकारण तिमीहरूको बोली र व्‍यवहार स्‍वतन्‍त्रताको व्‍यवस्‍थाबमोजिम न्‍याय पाउनेहरूका जस्‍तै होस्‌।

१ पत्रुस 1:3 (NNRV)

परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्‍यका हुनुहुन्‍छ! उहाँको महान्‌ कृपाले मृतकबाट येशू ख्रीष्‍टको पुनरुत्‍थानद्वारा एउटा जीवित आशाको निम्‍ति हामी नयाँ गरी जन्‍मेका छौं।

भजनसंग्रह 103:8 (NNRV)

परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करुणामय हुनुहुन्‍छ।

भजनसंग्रह 103:10 (NNRV)

उहाँले हामीसँग हाम्रा पापअनुसारको व्‍यवहार गर्नुहुन्‍न, अनि हाम्रा अधर्मअनुसार हामीलाई दण्‍ड दिनुहुन्‍न।

भजनसंग्रह 103:11 (NNRV)

किनकि पृथ्‍वीबाट स्‍वर्ग जत्ति अग्‍लो छ, उहाँका भय मान्‍नेहरूमाथि उहाँको करुणा त्‍यत्तिकै महान्‌ छ।

भजनसंग्रह 103:12 (NNRV)

पश्‍चिमबाट पूर्व जत्ति टाढ़ा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्‍यत्तिकै टाढ़ा हटाइदिनुभएको छ।