आज्ञा दिनुहोस् – जीरो सम्मेलननमूना

माथि हेर्नुहोस्
स्थिर ध्यानको शक्ति
जब पत्रुस डुंगाबाट बाहिर निस्किए, उनले त्यस्तो क्षेत्रमा पाइला राखे जहाँ प्राकृतिक नियमहरू लागू हुँदैनथे। जुन पानीले उनलाई डुबाउने थियो, त्यही पानी उनको पाइला राख्ने बलियो जग बन्यो। कुन कुराले भिन्नता ल्यायो? उनको ध्यान येशूमा स्थिर थियो।
त्यो घटना कल्पना गर्नुहोस्: अन्धकार रात, बलियो हुरी, उग्र छालहरू। तैपनि, मत्तीको विवरणले सरल रूपमा बताउँछ, "उनी पानीमा हिँडेर येशूतिर आए।" यस सरल वर्णनले गहिरो सत्यलाई उजागर गर्छ: जब हाम्रो आँखा येशूमा स्थिर हुन्छ, तब असम्भव कुराहरू उहाँतर्फको यात्राको सानो हिस्सा मात्र बन्न जान्छ।
यहाँ "तर्फ आउनु" भन्ने ग्रीक शब्दले निरन्तर कार्यलाई जनाउँछ। पत्रुले केवल पाइला चालिरहेका थिएनन्; उनले प्रगति गरिरहेका थिए। हरेक पाइला तथ्य माथि विश्वासको, र भौतिक असम्भवता माथि आत्मिक वास्तविकताको विजय थियो।
प्रार्थना विषयहरू:
- तपाईंको ध्यान आकर्षित गर्न कुन विचलनहरूले प्रतिस्पर्धा गरिरहेका छन्?
- तपाईं कति समय आफ्नो परिस्थितिहरूमा ध्यान दिनुहुन्छ र कति समय यीशूप्रति ध्यान दिनुहुन्छ?
- येशूमा तपाईंको ध्यान केन्द्रित गर्न परमेश्वरसँग सहयोगको लागि प्रार्थना गर्नुहोस्।
- येशूबाट ध्यान हटाउने कुराहरू चिन्न सक्ने विवेकको लागि प्रार्थना गर्नुहोस्।
व्यावहारिक अभ्यास:
आज "ध्यान डायरी" राख्नुहोस्:
- कहिले तपाईंले येशूमा ध्यान केन्द्रित गरिरहनु भएको महसुस गर्नुभयो, लेख्नुहोस्।
- तपाईंलाई विचलित बनाउने कुराहरू लेख्नुहोस्।
- तपाईंको ध्यान जहाँ थियो, त्यसअनुसार तपाईंको दृष्टिकोण कसरी परिवर्तन भयो, लेख्नुहोस्।
आत्मचिन्तन प्रश्नहरू:
- पछिल्लो पटक तपाईं यति येशूमा केन्द्रित कहिले हुनुभएको थियो कि तपाईंले आफ्ना परिस्थितिहरूलाई बिर्सनु भयो?
- कठिन परिस्थितिहरूमा येशूमा ध्यान केन्द्रित गर्न तपाईंलाई कुन कुराले मद्दत गर्छ?
- जब तपाईंको ध्यान येशूमा स्थिर हुन्छ, तब तपाईंको परिवेश कसरी परिवर्तन हुन्छ?
यस योजनाको बारेमा

"आज्ञा दिनुहोस्।" यी दुई शब्दले पत्रुसको जीवन परिवर्तन गर्यो, जब उनले आँधीले हल्लाएको डुंगाबाट उग्र लहरहरूमा पाइला राखे। डुंगाबाट येशूसम्मको उनको यात्राले विश्वास, ध्यान, र सफलताको बारेमा शाश्वत सत्यहरू प्रकट गर्छ। मत्ती १४:२८-३३ माथि आधारित यो ४-दिनको भक्तिपूर्ण पाठले येशूको बोलावट चिन्न, डरलाई विश्वासले जित्न, र उहाँमा दृढ दृष्टि राख्न सिकाउँछ। तपाईं आफ्नो डुंगाको किनारमा हुनुहुन्छ वा पानीमा हिँड्न सिक्दै हुनुहुन्छ, जब सामान्य विश्वासीहरूले "आज्ञा दिनुहोस्" भन्नको लागि हिम्मत गर्छन्, तब के हुन्छ पत्ता लगाउनुहोस्।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Zero लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.zeroconferences.com/india
सम्बन्धित भक्त्ति पाठहरू

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
इस्राएल र यहूदी जातिप्रति घृणा

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

ख्रीष्टको अनुसरण गर्नु
