ग्रेसको गान (Anthem of Grace)नमूना

तपाईं हरेक दिन ती आवाजहरू सुन्नुहुन्छ। केही तपाईंको दिमागमा छन्। केही तपाईंको सामाजिक संजालमा छन्। कुनै तपाईंका साथीहरूबाट आएका छन्। कुनै खुलेर तपाईंलाई मन नपराउनेहरूबाट आएका छन्।
ती त्यस्ता आवाजहरू हुन् जसले तपाईं को हो भनी बताउन खोजिरहेका छन् र तपाईं जो हुनुहुन्छ, त्यो बन्नको लागि के गर्नुपर्छ भन्ने सुनाइरहेका छन्।
ती सबै आवाजहरूको एउटा समस्या यो हो कि तिनीहरूले आफ्नो प्रतिज्ञा पूरा गर्न सक्दैनन्। तपाईंको पहिचान तपाईले कमाउन, आफैले पत्ता लगाउन, वा कायम राख्न लडाइ गर्नुपर्छ भन्ने कुरा सत्य होइन। त्यो परमेश्वरको उपहार हो, र म तपाईंलाई आज यो पत्ता लगाउन मद्दत गर्न चाहन्छु।
पास्टर र ईश्वरशास्त्री जोन पाइपर लेख्छन्, "येशूमा, हामी हाम्रो साँचो पहिचान गुमाउँदैनौं, बरु, हामी उहाँमा हाम्रो साँचो पहिचान पाउँछौं।”
त्यसोभए तपाईं आफ्नो साँचो पहिचान कहाँ पाउनुहुन्छ?
पैसामा? अनुयायीहरूमा? उपलब्धिमा? रुपमा? राजनीतिमा? सत्तामा? पदमा? यौनमा?
कुनैमा होइन, केवल येशूमा मात्र।
दोस्रो कोरिन्थी ५:१७ ले भन्छ, "यसकारण यदि कोही ख्रीष्टमा छ भने, त्यो नयाँ भएको छ: पुरानो गयो र नयाँ आएको छ!" (एनआईवी)
यो बढो आनन्दको खबर हो! यसको मतलब तपाईं को हुनुहुन्छ भन्ने साँचो पहिचान बहसको मुद्दा होइन। तपाईंको पहिचान परमेश्वरबाट आउँछ जसले तपाईंलाई सृष्टि गर्नुभयो र तपाईंलाई बचाउनुभयो। उहाँ भन्नुहुन्छ, "येशूले गर्दा तिमीहरू एकदम नयाँ सृष्टि हौ र अरूको अनुमोदन प्राप्त गर्ने कोसिसबाट, आफ्नो योग्यता प्रमाणित गर्ने प्रयासबाट तथा आफ्नो अतीतबाट भाग्ने आदि जस्ता कुराहरूबाट मुक्त छौं।
येशूमार्फत परमेश्वरको अनुग्रहले गर्दा, तपाईं पहिलेजस्तो हुनुहुन्न, अरूले तपाईंलाई के ठान्दछन् वा संसारले तपाईंलाई जे बन्नुपर्छ भन्दछ, त्यस्ता कुनै पनि कुरा सत्य होइनन्। बरु, तपाईं परमेश्वरको प्रिय सन्तान हुनुहुन्छ भन्ने कुरा सत्य हो।
र यहाँ निक्कै राम्रो भाग छ ...
किनकि परमेश्वरले तपाईंलाई सृष्टि गर्नुभयो, तपाईं उहाँसँग जति नजिक हुनुहुन्छ, त्यति नै तपाईं उहाँले तपाईंलाई को हुनको लागि सृष्टि गर्नुभयो भन्ने अन्तिम संस्करण बन्नुहुन्छ। एक किसिमले, परमेश्वरले तपाईंलाई तपाईंको साँचो पहिचान फिर्ता दिनुहुन्छ, जुन कुरा हामी सबैले आफ्नै तरिकाले पत्ता लगाउने प्रयासमा धेरै समय र मेहनत खर्च गर्दछौं।
यसको अर्थ के हो, के तपाईंलाई थाहा छ?
जब-जब अरूले तपाईंलाई नष्ट गर्न खोज्छन्, तपाईं आफैलाई प्रश्न गर्नुहुन्छ, वा संसारको अनुमोदन प्राप्त गर्ने अभिलाषा महसुस गर्नुहुन्छ, तब-तब तपाईंसँग पक्रिराख्ने सत्य छ। तपाईं दृढ भएर यसो भन्न सक्नुहुन्छ, "म जान्दछु म को हुँ। यसमा कुनै आशंका छैन। म परमेश्वरको सन्तान हुँ, क्षमा गरिएको छु, स्वतन्त्र छु, र येशूमार्फत नयाँ बनाइएको छु।
अगाडि बढ्नुहोस्, आज नै यो सत्यता घोषणा गर्ने प्रयास गर्नुहोस्; काममा, सामाजिक संजालमा, आफ्नो मित्रसंग र केवल आफ्नो मनमा। परमेश्वरले तपाईं येशूमार्फत को हुनुहुन्छ भनेर भन्नुभएको छ, त्यसको पुष्टि गर्नुहोस्। यसलाई ग्रहण गर्नुहोस्। त्यसलाई विश्वास गर्नुहोस्। त्यसमा निर्धक्क बन्नुहोस्। परमेश्वरले तपाईंलाई अतिनै प्रेम गर्नुहुन्छ भन्ने कुरा कहिल्यै नबिर्सनुहोस्।
आशीर्वाद,
-निक हॉल
धर्मशास्त्र
यस योजनाको बारेमा

यस ग्रेस भक्तिको गीत मार्फत तपाईंको लागि परमेश्वरको प्रेमको गहिराइ पत्ता लगाउनुहोस्। इभान्जेलिस्ट निक हलले तपाईंलाई भगवानको अनुग्रहको गानमा सामेल हुन निमन्त्रणा दिँदै शक्तिशाली ५-दिने भक्तिको माध्यमबाट मार्गदर्शन गर्नेछन्।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा PULSE Outreach लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://anthemofgrace.com/
सम्बन्धित भक्त्ति पाठहरू
इस्राएल र यहूदी जातिप्रति घृणा

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

ख्रीष्टको अनुसरण गर्नु

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना
