बल र साहस सँग जिउनुहोस्!नमूना

"तपाईँ कहिल्यै एक्लो हुनुहुन्न"
प्रायः यस्तो भनिन्छ कि जीवनमा उचाई र गहिराईको श्रृंखला हुन्छ, रमाइलोको पल र चुनौती र शंकाको मौसम सँग मिश्रित प्रतिज्ञा रहेको हुन्छ। जीवन शिखरसम्म स्थिरता सहितको एक आरोहण मात्र होइन; बरु यो पहाड र उपत्यकाको यात्रा हो। विश्वासी र गैर-विश्वासीहरू समान रूपमा सबैजना जीवनको उतार-चढावबाट गुज्रिरहेका छन्।
तर ख्रीष्टियानहरू भएको नाताले, हामीसँग परमेश्वरबाट एउटा अविश्वसनीय प्रतिज्ञा छ कि हामीले जीवनमा एक्लै यी घाटीहरूको सामना गर्नुपर्दैन। यहाँ हाम्रा लागि उहाँका प्रोत्साहनजनक शब्दहरू छन्:
“बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुनेछैन न त त्याग्नुहुनेछ।” व्यवस्था ३१:६
सत्य यो हो कि हामीलाई चुनौतीको मौसम र सफलताको मौसम दुवैमा परमेश्वरको उपस्थिति चाहिन्छ। परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भनी जानेर, हामीले जीवनमा हरेक चुनौतीलाई निराशातर्फ उन्मुख हुनुको सट्टा सफलतातर्फको कदमको रूपमा सामना गर्न सक्छौँ।
कुनै पनि पहाड धेरै अग्लो वा उपत्यका धेरै गहिरो छैन जहाँ परमेश्वरले हामीलाई भेट्न सक्नुहुन्न। हाम्रो परिस्थिति जस्तोसुकै भए पनि, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ!
धर्मशास्त्र
यस योजनाको बारेमा

तपाईँ कहिल्यै एक्लो हुनुहुन्न। चाहे तपाईँ आफ्नो ख्रीष्टियान विश्वासमा १ दिन वा ३० वर्षको हुनुहोस्, जीवनले हामीलाई दिन सक्ने हरेक चुनौतीमा यो सत्यता दृढ छ। यस योजनामा कसरी प्रभावकारी रूपमा परमेश्वरको मद्दतलाई अँगाल्ने भन्ने सिक्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne
सम्बन्धित भक्त्ति पाठहरू

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना
इस्राएल र यहूदी जातिप्रति घृणा

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

ख्रीष्टको अनुसरण गर्नु

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना
