वास्तविक खुशीको खोजः जोन पाइपर संग डिभोसन।नमूना

येशूमा विश्वास गर्नेहरू परमेश्वरको लागि बहुमूल्य छन् (हामी उहाँको दुलही हौं!)। र उहाँले हामीलाई यति धेरै माया गर्नुहुन्छ कि उहाँले हाम्रो बहुमूल्यतालाई हाम्रो इश्वर बन्न दिनुहुन्न।
परमेश्वरले वास्तवमा हामीलाई महत्त्वपूर्ण (अपनाउनु!) को रूपमा हेर्नुहुन्छ, तर उहाँले यो यस्तो तरिकामा गर्नुहुन्छ जसले हामीलाई उहाँको महानताको आनन्द लिन आफैबाट बाहिर निकाल्छ।
आफैलाई जाँच्नुहोस्। यदि येशू तपाईंसँग एक दिन बिताउन आउनुभयो भने, तपाईंको छेउमा ओछ्यानमा बस्नुभयो र "म तिमीलाई साँच्चै माया गर्छु" भन्नुभयो भने, सँगै बिताउने बाँकी दिनभरी तपाईं के कुरामा ध्यान केन्द्रित गर्नुहुन्छ।
मलाई लाग्छ कि धेरै गीतहरू र उपदेशहरूले हामीलाई गलत जवाफ दिएर छोड्छन्। तिनीहरूले यो छाप छोड्छन् कि, हाम्रो आनन्दको उचाइचै बारम्बार माया गरिएको महसुस गर्नुमा हुन्छ। "उहाँले मलाई माया गर्नुहुन्छ"। "उहाँले मलाई माया गर्नुहुन्छ" । यो साँच्चै खुशी हो। तर आनन्दको उचाइ र केन्द्रविन्दु होइन।
"मलाई माया गरिएको छ" भन्ने शब्दहरूले हामी के भनिरहेका छौं? हामीले भनेको के हो? यो "माया गरिएको" के हो?
सबैभन्दा ठूलो, सबैभन्दा ख्रीष्टलाई उच्च गर्ने र्आनन्द दिनभर येशूलाई हेरिरहनु र तिमी अचम्मको छौ, तिमी अचम्मको छौ भन्दै प्रशंसा गर्नुमा पाइन्नर?
- उहाँले सबैभन्दा कठिन प्रश्नको जवाफ दिनुहुन्छ, र उहाँको बुद्धि अचम्मको छ।
- उहाँले फोहोर, बग्ने घाउलाई छुनुहुन्छ, र उहाँको करुणा अचम्मको छ।
- उहाँले मेडिकल परीक्षकको कार्यालयमा मृत महिलालाई उठाउनुहुन्छ, र उहाँको शक्ति अचम्मको छ।
- उहाँले दिउँसोको घटनाहरूको भविष्यवाणी गर्नुहुन्छ, र उहाँको पूर्वज्ञान अचम्मको छ।
- उहाँ भूकम्पको समयमा सुत्नुहुन्छ, र उहाँको निडरता अद्भुत छ।
- उहाँ भन्नुहुन्छ, "अब्राहाम हुनुभन्दा पहिले, म हुँ" र उहाँका शब्दहरू अद्भुत छन्।
हामीले देखेका कुरा देखेर हामी छक्क परेर उहाँसँगै हिंड्छौं
हाम्रोलागि उहाँले जे गर्नुपर्छ (हाम्रो निम्ती र्मा सहित) त्यो गर्न उहाँको उत्सुकतानै हामी प्रती उहाँको प्रेम होइन र? ताकि हामी उहाँद्वारा नष्ट नहोस र उहाँलाई अचम्म मान्न सक्कौं । मुक्ति, प्रायश्चित, क्षमा, धर्मी घोषणा गरिनु, मेलमिलाप - यी सबै हुनु पर्छ। तिनीहरू प्रेमको कार्य हुन्।
ती कार्यहरूलाई प्रेमिलो बनाउँने प्रेमको लक्ष्य यो हो कि हामी उहाँको साथमा रहौ र उहाँको छक्क पार्ने महिमा देखेर चकित परौं। ती क्षणहरूमा हामी आफैंलाई बिर्सन्छौं र उहाँलाई देख्छौं र महसुस गर्छौं।
त्यसैले म पास्टरहरू र शिक्षकहरूलाई आग्रह गर्दैछु: मानिसहरूलाई ख्रीष्टको प्रेमको कार्यबाट ख्रीष्टको प्रेमको लक्ष्यमा लैजानुहोस्। यदि मुक्ति र प्रायश्चित र क्षमा र न्यायकरण र मेलमिलापले हामीलाई येशू आफैंको आनन्दमा लगिरहेको छैन भने, तिनीहरू प्रेम होइनन्।
यसमा थिच्नुहोस्। यो येशूले प्रार्थना गर्नुभएको कुरा हो ।
धर्मशास्त्र
यस योजनाको बारेमा

परमेश्वरले हाम्रो विशेष हेरचाह गर्नुहुन्छ। तर महत्त्वपूर्ण कुरा उहाँको महानताको आनन्द लिनको लागि हामीलाई आफैंबाट बाहिर निकाल्नु हो। यस ३ दिनको डिभोसनमा, जोन पाइपरले पाठकहरूलाई येशूको प्रेमको कार्यहरू मात्र होइन, तर प्रेमको कार्यहरू भन्दा पारी उहाँको प्रेमको लक्ष्य हेर्न चुनौती दिन्छ।.
More