BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सनमूना

BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्स

दिन 32 को 40

रोमी साम्राज्यभरि पावलले गरेको प्रचार-यात्राबारे लूका हामीलाई निरन्तर बताउँछन्‌। यात्रा गर्ने क्रममा, उनले साहसको साथ येशूको राज्यको सुसमाचार बाँड्छन्‌ र धेरैले पावलको सन्देशलाई तिनीहरूको रोमी जीवनशैलीप्रति चुनौतीको रूपमा लिन्छन्। तर त्यस्ता मानिसहरू पनि हुन्छन् जसले अन्तत: पावलको सन्देशलाई जीवनको पूर्ण नयाँ मार्गमा लैजाने सुसमाचार हो भनेर मानिलिन्छन्‌‌। उदाहरणको लागि, लूकाले हामीलाई फिलिप्‍पीको झ्यालखानाको हाकिमबारे बताउँछन्। पावल र सिलासलाई अन्यायी ढङ्गले झ्यालखानामा हालिएको कथालाई पहिल्याउँदै जाँदा हामी उनलाई भेट्छौं। 


सहरमा व्यापक अन्योलता निम्त्याएको आरोप लगाएपछि, पावल र उनका सहकर्मी सिलासलाई अन्यायी ढङ्गले कुटपिट गरेर झ्यालखानामा हालिन्छ। घाउचोट र रक्ताम्‍मे शरीर लिएर कोठरीमा अनिंदो बसिरहेका बेला तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँको भजन गाउन थाल्छन्। कैदीहरूले तिनीहरूले गाइरहेको आराधना गीत सुनिरहेको बेला ठूलो भूकम्‍प आउँछ र भयानक रूपमा झ्यालखानाका जगहरू हल्लिन्छ। कैदीको साङ्ला चुट्टिन्छ र झ्यालखानाका सबै ढोकाहरू अचानाक खोलिन्छन्। झ्यालखानाका हाकिमले यो देख्छन्‌ र कैदीहरूलाई उम्कन दिएकोमा उनलाई मृत्युदण्ड हुनेछ भन्‍ने थाहा हुन्छ, त्यसकारण जीवनप्रति हरेस खाएर उनले आत्महत्या गर्न आफ्‍नो तरवार निकाल्छन्। तर उनको ज्यान बचाउन ठीक समयमा पावलले उनलाई रोक्छन्। यसले गर्दा, कठोर मन भएको हाकिमको मन कोमल हुन्छ अनि तिनी पावल र सिलासको अघि घोप्टो पर्छन्। आफ्नो जीवन पनि अनन्तको लागि बचाइनुपर्छ भन्‍ने कुरा उनले थाहा पाउँछन् र त्यो मार्गबारे जान्‍न चाहन्छन्। पावल र सिलास तिनलाई सुसमाचार सुनाउन उत्सुक हुन्छन्‌ र त्यही दिन झ्यालखानाका हाकिम र उनको सारा घरानाले येशूलाई पछ्याउन थाल्छन्। 


धर्मशास्त्र

यस योजनाको बारेमा

BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्स

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।

More

हामी यो योजना प्रदान गर्नका लागि बाइबलप्रोजेक्सलाई धन्यवाद दिन चाहन्छौं। अधिक जानकारीको लागि भ्रमण गर्नुहोस्: https://bibleproject.com