BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सनमूना

BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्स

दिन 20 को 40

लूकाको सुसमाचार येशू र उहाँका सबै चेलाहरूले संगै मिलेर अर्को भोजन गरेको बाट अन्त्य हुन्छ। सबै जना उहाँको पुनरुत्थान भएको शरीरबाट अचम्मित हुन्छन्। उहाँ मानव हुनुहुन्छ भन्ने कुरा तिनीहरू देख्छन, तर उहाँ त्योभन्दा अझ बढी हुनुहुन्छ। उहाँले मृत्युलाई जित्नु भयो र अर्को पट्टी हिंड्दै, बोल्दै, गरेको विल्कुल नयाँ सृष्टि भएर निस्कनु भयो। तब येशूले उनीहरूलाई यो अचम्मको खबर भन्नुहुन्छ। उहाँ उनीहरूलाई त्यहि इश्वरीय शक्ति दिनुहुन्छ जसले उहाँलाई जीवित बनायो, ताकी तिनीहरू बाहिर जाउन र अन्य मानिसहरूलाई उहाँको राज्यको सुसमाचार सुनाउन्। यसपछि, लूकाले हामीलाई येशू स्वर्गमा लगिएको कुरा बताउँदछन् जसलाई यहूदीहरूले परमेश्वरको सिंहासन हो भनेर बुझेका थिए। येशूका चेलाहरूले येशूको उपासना नगरी बस्न सक्दैनन। तिनीहरू यरूशलेम फर्कन्छन् र येशूले प्रतिज्ञा गर्नुभएको ईश्वरीय शक्तिलाई खुशीका साथ पर्खिन्छन्। त्यसपछि लूकाले यस कथालाई उनको अर्को पत्रमा, प्रेरितको पुस्तकमा जारी राख्छन्। त्यहाँ येशूका चेलाहरूले कसरी परमेश्वरको शक्ति प्राप्त गरे र संसारमा सुसमाचार ल्याए भन्ने ठुलो कथा उनि बताउँछन्। 



धर्मशास्त्र

यस योजनाको बारेमा

BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्स

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।

More

हामी यो योजना प्रदान गर्नका लागि बाइबलप्रोजेक्सलाई धन्यवाद दिन चाहन्छौं। अधिक जानकारीको लागि भ्रमण गर्नुहोस्: https://bibleproject.com