आफ्नो छिमेकीहरूलाई कसरी माया गर्नेनमूना

How to Love Your Neighbors

दिन 4 को 4

कठीन व्यक्ति

हामी हाम्रो छिमेकीलाई माया गर्ने सबैभन्दा कठिन पक्षको साथ यो उपासना पूरा गर्दैछौँ। अनिवार्य रूपमा, हामीले प्रेम गर्न अझ धेरै कठीन भएका व्यक्तिहरुलाई भेट्नेछौँ। यस वर्गमा भएका व्यक्तिहरुको हाम्रो भन्दा फरक विश्वास वा दृष्टिकोण हुन सक्छ, र उनीहरू हामीसँग सहमत नहुनु हुँदा हामी अक्सर आफूलाई निराश पाउन सक्छौँ।

हामी यो निराश ठाउँमा बस्नु पर्दैन। वास्तवमा, हामी यस बाइबल उपासनाको अघिल्लो दिनहरूबाट अन्तरदृष्टि लिन सक्छौँ र वास्तवमा यसलाई यहाँ लागू गर्न सक्छौँ! यहाँ कठिन व्यक्तिहरुलाई माया गर्ने तीन तरिकाहरू छन्:

दया देखाउनुहोस्। हामीलाई सधैं कसैको पृष्ठभूमि वा अनुभव थाहा हुँदैन। हामीले अनुमान लगाउन सक्छौँ, तर यो प्रायः हामी कसैलाई साचो रुपमा नचिनी नै उनीहरु यसकारण यस्तो व्यवहार गर्छन् भनी सोच्छौँ जुन हाम्रो लापरवाही हो। त्यसोभए, असत्य हुन सक्ने निष्कर्षमा लाग्नुको सट्टा ती मानिसहरूलाई लागि दया देखाउनुहोस्।

समानताहरूमा केन्द्रित हुनुहोस्। त्यहाँ सधैं कोही व्यक्ति हुनेछ जससँग हामी सहमत हुन्नौँ। वास्तवमा, त्यहाँ सम्भवतः संसारमा कोही पनि छैन जोसँग हामी पूर्ण रूपमा सहमत हुन्छौँ। हामीले हामीलाई विभाजन गर्ने कुरामा संकुचित गर्न सक्छौँ, वा हामी जहाँ एकताबद्ध छौँ त्यसमा ध्यान केन्द्रित गर्न रोज्न सक्छौँ।

प्रार्थना गर्नुहोस्। यो तपाईले गर्न सक्ने सबैभन्दा मूल्यवान चीज हो, तर यो मात्र कुरा होइन। हामी सहमत नहुने व्यक्तिहरुका लागि प्रार्थना गर्दा तिनीहरूप्रति हाम्रो हृदय नरम हुन्छ। हामी साँच्चै तिनीहरूका लागि के उत्तम छ भन्ने चाहन्छौँ। तर, हामीले आफ्नो लागि पनि प्रार्थना गर्नुपर्छ- कि हामीले अरूसँग अन्तरक्रिया गर्दा आत्माको फल प्रदर्शन गर्न सकौँ।

ती व्यक्तिहरु जससँग हाम्रो सहमत मिल्दैन सायद उनीहरु हामीले नचिनेका र कहिल्यै नभेटेका मान्छेहरू हुन सक्छन् भनी सोच्छौँ, जबकि उनीहरु हाम्रो परिवार र साथी समूहमा हुन्। हामी असहमत भएकाहरूसँग जतिसुकै नजिक छौँ, हामीलाई अझै पनि हाम्रो छिमेकीको रूपमा माया गर्न बोलाइन्छ। जब हामी एक अर्कालाई प्रेम गर्छौँ जसरी येशूले सिकाउनुभयो, हामीले संसारलाई देखाउँदै छौँ कि हामी उहाँका चेलाहरू हौँ।

जब हामीले यो उपासनालाई समेट्छौँ, हाम्रो छिमेकी को हो भन्ने कुरामा कम ध्यान केन्द्रित गरौँ र अवसर आएमा माया गर्ने छिमेकी हुनुमा बढी ध्यान केन्द्रित गरौँ। तपाईलाई थाहा छैन तपाईको दयालु र मायालु कार्यले कसैको दिन कसरी उज्यालो बनाउन सक्छ। वास्तवमा, यसले उनीहरूको जीवन पनि परिवर्तन गर्न सक्छ।

परमेश्‍वरलाई आफ्नो वरपरका आवश्यकताहरूका लागि आँखा खोलिदिनुहोस् भनी भन्नुहोस्। तिनीहरू प्रशस्तै छ, र यदि हामी सबैले आफ्नो भूमिका खेल्छौँ भने, सबै छिमेकीहरू जताततै माया पाउने छन्।

अरूलाई माया गर्ने बारे थप जान्नको लागि, YouVersion Original Plan सुरु गर्नुहोस् तपाईले असहमत भएका व्यक्तिहरुलाई कसरी माया गर्ने।< /em>

यस योजनाको बारेमा

How to Love Your Neighbors

यस्तो संसारमा जहाँ धेरै विभाजन र तनाव अवस्थित छ, यदि हामीले अरूलाई माया गर्न सिक्यौँ भने हामी सबैमा राम्रो हुनेछौँ - यो असुविधाजनक वा असहज भए पनि। यस ४-दिने योजनामा, हामी हाम्रा छिमेकीहरू को हुन् र उनीहरूलाई कसरी माया गर्ने भनेर छलफल गर्नेछौँ।

More

यो मूल बाइबल योजना YouVersion द्वारा सिर्जना र प्रदान गरिएको छ।