परमेश्वरलाई धेरै माया गर्नुहोस्: डर र चिन्तानमूना

यदि हामी इमानदार थियौँ भने, हामीले सायद हाम्रो जीवनमा कहिलेकाहीँ यस्तो समय आएको स्वीकार गर्ने थियौँ जहाँ हामीले प्रार्थना गर्न चाहँदैनौँ वा गर्न सकेका थिएनौँ। हाम्रो शोक, भावना, चिन्ता, वा डर यति धेरै थियो कि हामीसँग प्रार्थनाद्वारा परमेश्वरमा जाने शक्ति वा शब्दहरू थिएनन्।
यस समयमा, परमेश्वरले हामीलाई मद्दत गर्नुहुन्छ। उहाँले हामीलाई हाम्रो तर्फबाट मध्यस्थता गर्न पवित्र आत्मा दिनुहुन्छ (रोमी ८:२६)। परमेश्वरले हाम्रो प्रशंसा र गुनासो दुवै सुन्न चाहनुहुन्छ (भजनसंग्रह ५५:१६-१७)। उहाँ हाम्रो हृदय जान्न चाहना गर्नु हुन्छ। प्रार्थनामा परमेश्वरमा जाने परिणाम भनेको उहाँको उपस्थिति र उहाँको शान्ति हो। हामी परमेश्वरमा जान तयार छैनौँ भनेर डराउनु हुँदैन। उहाँ हामीलाई ग्रहण गर्न सधैँ तयार हुनुहुन्छ।
तपाईलाई आफ्नो चिन्ता लिएर परमेश्वरको नजिक जानबाट के कुराले रोक्छ? तपाईका स्वर्गीय पिताले तपाई सबै कुरा लिएर उहाँकहाँ गएको चाहनुहुन्छ। उहाँ तपाईको हृदय सुन्न चाहनु हुन्छ। तपाईलाई आज क्रुसको नजिक लैजान के चाहिन्छ?
हे परमेश्वर पिता, तपाईको पुत्र, येशू मार्फत मलाई तपाईमा नजिक हुन दिनुभएकोमा धन्यवाद। म थकित र टुक्रिएको अवस्थामा तपाई कहाँ आउन सक्छु त्यसको लागी धन्यवाद। हे प्रभु, आज मलाई मेरो हृदय तपाईसमक्ष पोखाउन मद्दत गर्नुहोस्। यदि मसँग शब्दहरू छैनन् भने, मेरो आवाज फेला पार्न मलाई तपाईको आत्मा दिनुहोस्। मलाई माया गरेकोमा धन्यवाद। येशुको नाममा, आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा

के तपाई डर र चिन्ताबाट छुट्कारा खोज्दै हुनुहुन्छ? यस ६-हप्ताको अध्ययनमा, हामी डर र चिन्ताको बारेमा परमेश्वरले के भन्नुहुन्छ भनेर पत्ता लगाउनेछौँ। उहाँको वचनको शक्तिद्वारा हामीले यसलाई कसरी लड्न सक्छौँ भनेर हामी सिक्नेछौँ। हामीले हाम्रो हृदयलाई दुखेकोबाट स्वतन्त्रता र हाम्रो दिमागलाई चाहिने शान्ति पाउनेछौँ। हाम्रो पक्षमा परमेश्वर र उहाँका वचनहरू हाम्रो हृदय र दिमागमा राखेर, हामी हाम्रो डरलाई जित्नेछौँ!
More
सम्बन्धित भक्त्ति पाठहरू

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

ख्रीष्टको अनुसरण गर्नु

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
