प्रेम एक व्यक्ति होनमूना

Love Is a Person

दिन 7 को 8

"प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।" १ कोरिन्थी १३:६ NIV

हामी यस शास्त्रलाई हेर्छौँ कि हामी दुष्टमा कहिल्यै रमाउँदैनौँ भनेर। तर के अरूको विरुद्धमा हाम्रो न्यायहरू हुन सक्छ - दुष्ट?

"उहाँले जे पाउनुभयो त्यही पाउने योग्य हुनुहुन्थियो।"

"जे भयो ठिक्क भयो।"

"यस्तो हुन्छ भनेर थाहा थियो।"

यी शब्दहरू र विचारहरू हुन् जुन पवित्र आत्माले कहिल्यै प्रेरित गर्नुहुन्न। म यस्तो परिस्थितिमा धेरै पटक परेको छु - खराबसँग सहमत हुँदै र त्यसको शक्ति थप्दै।

मैले सिकेको कुरा यहाँ छ: पृथ्वीमा भएका प्रत्येक व्यक्ति हाम्रा परमेश्‍वरले सम्पूर्ण रूपमा र पूर्ण रूपमा माया गर्नुहुन्छ। उहाँले मलाई प्रेम गर्नुभए जस्तै सबैलाई माया गर्नुहुन्छ, चाहे तिनीहरूले जे गरे पनि। पाप भनेको पाप हो, मेरो दुष्ट विचारहरू सहित। सबै पापले हामीलाई परमेश्‍वरबाट, प्रेमबाट अलग गर्दछ।

१ कोरिन्थी १३:७ NNRV ले यी दुष्ट विचारहरूको समाधान प्रदान गर्दछ:

"प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ...।"

प्रेम एकअर्काप्रति हाम्रो विचार र मनोवृत्तिको आधार बिन्दु हुनुपर्छ - सबैभन्दा खराब अपराधी वा हाम्रो विद्रोही। प्रेम व्यवहारमा भन्दा हृदयमा केन्द्रित हुन्छ। हाम्रो प्रेमको यो सक्रियता कसैको आचरणलाई बहाना गर्न होइन; बरु, यसले हामीलाई उनीहरूको पीडा पछाडिको व्यक्तिलाई हेर्नको लागि आध्यात्मिक आँखा दिन्छ।

अर्काप्रतिको हाम्रो प्रेम आश्रयको एक सुरक्षित स्थान हो जसले हाम्रो नकारात्मक विचारहरूव्यक्त गर्नुको सट्टा दया र अनुग्रहको कम्बलले खराब मनोवृत्ति र निराशाजनक आचरणलाई ढाक्छ। सत्य, प्रेम बिना बोलिएको कुरा, चोट दिने र पीडादायी हतियार हो।

तपाई सोचिरहनुभएको होला, "तर तपाईलाई मेरो झूट बोल्ने जीवनसाथी, मेरो अपमान गर्ने जवान छोराछोरी वा मेरो घृणित सहकर्मीको बारेमा थाहा छैन।"

सबैभन्दा कठिन व्यक्तिसँगको द्वन्द्वको सामना गर्दा पनि, हामीले परमेश्‍वरको आत्मामा आराम गर्न सक्छौँ, जसले हामीलाई उनीहरूको सबैभन्दा राम्रो कुरालाई विश्वास गर्ने क्षमता दिनेछ - उनीहरूलाई परमेश्‍वरको आँखाले हेर्नको लागि सहायता गर्छ। प्रेमले भावनात्मक प्रतिक्रिया भन्दा दयालु प्रतिक्रिया चुन्छ। यदि यो सम्भव नभएको भए यो वचनको पदले किन यसो भन्यो?

प्रेमले अर्कोलाई अनुग्रहमा तान्छ किनभने हामीले यी मानिसहरू र उनीहरूका समस्याहरूलाई मायालु परमेश्‍वरको हातमा सुम्पिदिनुपर्छ, जो हाम्रो कठिन सम्बन्धहरूको एक मात्र समाधान हुनुहुन्छ। आर्काको आँखाको दाग छिट्टै कम देख्छौँ जब हामी आफ्नै आँखाको दागलाई ध्यान दिन्छौँ।

परमेश्‍वरले हामीलाई उहाँको प्रेमको सुरक्षित आश्रयमा कदम चाल्न आमन्त्रित गर्नुहुन्छ, ती कठिन मानिसहरूलाई हामीसँग ल्याउनुहुन्छ।

"उहाँले तिमीलाई आफ्‍ना प्‍वाँखहरूले छोप्‍नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्‍वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ...।" भजनसंग्रह ९१:४ NNRV

यस योजनाको बारेमा

Love Is a Person

येशूका अनुयायीहरूको रूपमा हामी विश्वास गर्छौँ कि परमेश्‍वर प्रेम हुनुहुन्छ, तर अक्सर अरूलाई प्रेम गर्ने हाम्रो क्षमता चरम चुनौती हो। हुनसक्छ यो किनभने प्रेम भावना वा बलियो भावना मात्र होइन। प्रेम भनेको मान्छे हो । १ कोरिन्थी १३ मार्फत यात्रा गर्नुहोस् र प्रेमको व्यक्तिलाई पत्ता लगाउनुहोस् र कसरी उहाँद्वारा, हामी अरूलाई अझ राम्रोसँग प्रेम गर्न सक्छौँ।

More

हामी रोबिन मिडोसलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः https://linktr.ee/manymeadows