ग्रेग लौरी द्वारा क्रिसमस प्रोत्साहननमूना

Christmas Encouragement By Greg Laurie

दिन 5 को 25

परमेश्वर हाम्रो साथमा हुनुहुन्छ

इम्मानुएल: परमेश्वर हामीसित हुनुहुन्छ—परमेश्वर हामीकहाँ आउनुभयो। कस्तो अचम्मलाग्दो विचार। यो वास्तवमा ख्रीष्टियन बिश्रवास र ख्रीष्टियन जीवनको सार हो। अन्य सबै धार्मिक विचारधाराहरूले तपाईंलाई अनिवार्य रूपमा भन्छ कि तपाईंले केही गर्नैपर्छ: यसो गर अनि तिमीले आन्तरिक शान्ति पाउनेछौ। यो गर्नुहोस तपाई निर्वना मा पुग्नुहुने छ । . . यसो गर, र सायद तपाईं स्वर्गमा पुग्नुहुनेछ। तर इशाई धर्मले भन्छ कि यो गरिएको छ—क्रूसमा तपाईंको लागि गरिएको छ, येशू ख्रीष्टको रगतद्वारा दाम तिरिएको छ।

मसीही हुनु भनेको कुनै धर्मको अनुसरण गर्नु मात्र होइन; यो ख्रीष्ट स्वयं तपाईंमा र तपाईंमार्फत बाँच्नु हो, जसले तपाईंलाई उहाँले बोलाउनु भएको पुरुष वा स्त्री हुने शक्ति प्रदान गर्नु हो। येशूले भन्नुभयो, "हेर, म युगको अन्तसम्म पनि सधैं तिमीहरूको साथमा छु" (मत्ती २८:२०) र "म कहिल्यै पनि तिमीलाई छोड्ने छैन र तिमीहरूलाई त्याग्नेछैन" (हिब्रू १३:५)।

क्रिसमसको सन्देश हामीसँग परमेश्वर हुनुहुन्छ। यो कुरा थाह पाउनु महत्त्वपूर्ण छ, विशेष गरी त्यो समयमा जब हामी ठूलो कठिनाइबाट गुज्रिरहेका हुन्छौं। भजन रचयिताले भने, "यदि म बिहानको पखेटा समातेर समुद्रको माथिल्लो भागमा बस्छु भने, त्यहाँ पनि तपाईंको हातले मलाई डोऱ्याउनेछ, र तपाईंको दाहिने हातले मलाई समात्नेछ" (भजन संग्रह १३९:९-१०)। तपाईं जहाँ जानुहुन्छ, परमेश्वर तपाईंको साथमा हुनुहुन्छ भनेर थाह पाउनु ठूलो कुरा हो।

ख्रीष्टका अनुयायीहरूको हैसियतमा हामी समस्यारहित जीवन बिताउनेछौं भनेर बाइबलले कहिल्यै सिकाउँदैन। तर बाइबलले हामी कहिल्यै एक्लो हुनेछैनौं भनेर सिकाउँछ। र यसको कारण, हामी डराउनु पर्दैन। रे स्टेडम्यानले भनेझैं, ""ख्रीष्टियनहरुको मुख्य चिन्ह भयको अनुपस्थिति र आनन्दको उपस्थिति हुनुपर्छ।"

यस पाप-रोगी संसारले सुन्नु पर्ने सन्देश यही हो: इम्मानुएल—परमेश्वर हाम्रो साथमा हुनुहुन्छ।

Copyright © 2011 by Harvest Ministries.सबै अधिकार सुरक्षित छ । पवित्रशास्त्र नयाँ राजा जेम्स संस्करणबाट लिइएको हो। प्रतिलिपि अधिकार © 1982 थॉमस नेल्सन, इंक द्वारा। सबै अधिकार सुरक्षित छ ।

धर्मशास्त्र

यस योजनाको बारेमा

Christmas Encouragement By Greg Laurie

यस छुट्टीको मौसमको व्यपास्टर ग्रेग लउरीको विशेष क्रिसमस भक्तिहरू मार्फत दैनिक प्रोत्साहन प्राप्त गर्नुहोस्, किनकि उनले वर्षको यस सबैभन्दा मनाइने समयको साँचो अर्थलाई प्रतिबिम्बित गर्छन्। स्तता र दबाबले तपाईंलाई यस डिसेम्बरमा हाम्रो मुक्तिदाता येशूको आनन्द र साँचो उत्सवबाट लुट्न नदिनुहोस्! ग्रेग लौरीको साथ हार्वेस्ट मिनिस्ट्रीज

More

हामी यो योजना प्रदान गर्नका लागि ग्रेग लौरीको साथ हार्वेस्ट मिनिस्ट्रीहरूलाई धन्यवाद दिन चाहन्छौं । थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.harvest.org