रोमी 7:10-11 - Compare All Versions
रोमी 7:10-11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जीवनको प्रतिज्ञा दिने त्यही आज्ञाले मेरो निम्ति मृत्यु ल्यायो। किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्यो, र त्यसैद्वारा मलाई मार्यो।
शेयर गर्नुहोस्
रोमी 7 NNRVरोमी 7:10-11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन आज्ञाले जीवन दिनुपर्थ्यो, त्यही आज्ञाले ममा मृत्यु ल्याएको कुरा मैले थाहा पाएँ। आज्ञाले ल्याएको मौकाको फाइदा उठाएर पापले मलाई झुक्कायो, र यसैद्वारा मलाई मार्यो।
शेयर गर्नुहोस्
रोमी 7 NCVरोमी 7:10-11 NERV (पवित्र बाइबल)
यसकारण पापको कारणले गर्दा म आत्मिक रूपले मरे। आज्ञाको अर्थ थियो जीवन ल्याउनु तर मेरो लागि त्यसले मृत्यु ल्यायो। व्यवस्था पालन गरेर पापले मलाई मूर्ख बनाउने ठाउँ पायो। व्यवस्था पालन गरेर पापले मलाई आत्मिक रूपले मार्यो।
शेयर गर्नुहोस्
रोमी 7 NERVरोमी 7:10-11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यसैले गर्दा मैले मर्नुपर्छ भनेर थाहा पाएँ। जीवन ल्याउनुपर्ने व्यवस्थाले त मेरो लागि मृत्यु पो ल्यायो किनभने पापले धार्मिक आज्ञाको मौका छोपेर मलाई छक्यायो। यसरी पापले धार्मिक आज्ञालाई हतियार बनाएर मलाई मार्यो।
शेयर गर्नुहोस्
रोमी 7 सरल नेपाली