रोमी 10:16-17
रोमी 10:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्, किनकि यशैया भन्छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्वास गरेको छ?” जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ।
रोमी 10:16-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर सबै इस्राएलीहरूले सुसमाचारलाई स्वीकार गरेनन्; किनकि यशैयाले यसरी भन्दछन्, “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्वास गरेको छ?” यसैले विश्वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्टको वचन प्रचारद्वारा आउँछ।
रोमी 10:16-17 पवित्र बाइबल (NERV)
तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?” यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।
रोमी 10:16-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर सुन्नेहरू धेरैले चाहिँ सुसमाचारको वास्तै गरेनन्। अगमवक्ता यशैया भन्छन्, “प्रभु, हामीले भनेका कुरा कसले पो विश्वास गर्यो र?” यो हामीलाई थाहा छ, विश्वासचाहिँ सुनेर आउँछ र सुन्ने कामचाहिँ ख्रीष्टको प्रचारबाट हुन्छ।