रोमी 10:13-17

रोमी 10:13-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।” तिनीहरूले विश्‍वास नै नगरेकोलाई कसरी पुकार्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्‍वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्‍ने त? अनि कसैले प्रचारकहरूलाई नपठाएसम्म कसरी प्रचार गर्लान् त? यस्तो लेखिएको छः “सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर!” तर सबै इस्राएलीहरूले सुसमाचारलाई स्वीकार गरेनन्; किनकि यशैयाले यसरी भन्दछन्, “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ?” यसैले विश्‍वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्‍टको वचन प्रचारद्वारा आउँछ।

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:13-17 पवित्र बाइबल (NERV)

हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।” तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँको बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ। तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।” तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?” यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:13-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” तर जसलाई विश्‍वास गरेकै छैनन्‌ उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन्‌ उहाँमाथि तिनीहरूले कसरी विश्‍वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्‍ने? र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्‍तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्‍दर!” तर तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्, किनकि यशैया भन्‍छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्‍वास गरेको छ?” जे सुनिएको छ, त्‍यसैबाट विश्‍वास आउँछ र जे सुनिन्‍छ त्‍यो ख्रीष्‍टको प्रचारबाट आउँछ।

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:13-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।” तिनीहरूले विश्‍वास नै नगरेकोलाई कसरी पुकार्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्‍वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्‍ने त? अनि कसैले प्रचारकहरूलाई नपठाएसम्म कसरी प्रचार गर्लान् त? यस्तो लेखिएको छः “सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर!” तर सबै इस्राएलीहरूले सुसमाचारलाई स्वीकार गरेनन्; किनकि यशैयाले यसरी भन्दछन्, “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ?” यसैले विश्‍वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्‍टको वचन प्रचारद्वारा आउँछ।

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:13-17 पवित्र बाइबल (NERV)

हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।” तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँको बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ। तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।” तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?” यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:13-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

धर्मशास्‍त्रले भन्‍छ, “प्रभुको नामलाई पुकार्ने सबै बचाइनेछन्,।” तर उहाँमा विश्‍वास नगरी कसरी उहाँलाई पुकार्ने? उहाँको बारेमा नसुनीकन कसरी उहाँमा विश्‍वास गर्ने? उहाँको बारेमा कसैले नसुनाई कसरी उहाँको बारेमा सुन्‍ने? सुनाउने मानिस नपठाई कसरी सुनाउने? धर्मशास्‍त्रले भन्‍छ, “सुसमाचार सुनाउनेहरू आउँदा कति आनन्‍दको कुरो हो।” तर सुन्‍नेहरू धेरैले चाहिँ सुसमाचारको वास्‍तै गरेनन्। अगमवक्ता यशैया भन्‍छन्, “प्रभु, हामीले भनेका कुरा कसले पो विश्‍वास गर्‍यो र?” यो हामीलाई थाहा छ, विश्‍वासचाहिँ सुनेर आउँछ र सुन्‍ने कामचाहिँ ख्रीष्‍टको प्रचारबाट हुन्‍छ।

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:13-17

रोमी 10:13-17 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्