भजनसंग्रह 89:1-2 - Compare All Versions

भजनसंग्रह 89:1-2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

म परमप्रभुको महान्‌ कृपाको प्रशंसा सधैँको निम्‍ति गाउनेछु, सबै पुस्‍तासम्‍म म तपाईंको विश्‍वस्‍तता मेरै मुखले जनाउनेछु। तपाईंको कृपा सदाको निम्‍ति दृढ़ रहिरहनेछ, र स्‍वर्गमा नै तपाईंले आफ्‍नो विश्‍वस्‍तता स्‍थिर गर्नुभयो भनी घोषणा गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 89 NNRV

भजनसंग्रह 89:1-2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हे परमप्रभु, म सधैँ तपाईंको अटुट प्रेमको बारेमा गाउनेछु; म सधैँ तपाईंको विश्‍वासयोग्‍यताबारे उच्‍च स्‍वरले भन्‍नेछु। म जान्‍दछु कि तपाईंको प्रेम सदासर्वदा रहिरहनेछ र तपाईंको विश्‍वासयोग्‍यता आकाशजस्‍तो अटल छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 89 सरल नेपाली

भजनसंग्रह 89:1-2 NERV (पवित्र बाइबल)

म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु र उहाँको विश्वासको प्रशंसा सदा-सर्वदा गर्नेछु। हे परमप्रभु, म तपाईंमा साँच्चो रूपमा विश्वास गर्दछु कि, तपाईंको प्रेम अनवरत छ। तपाईंको विश्वास आकाश झैं व्यापक छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 89 NERV

भजनसंग्रह 89:1-2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

म याहवेहको अचुक प्रेमको प्रशंसा सदासर्वदा गाउनेछु; मेरो मुखले पुस्तौँ-पुस्तालाई तपाईंको विश्‍वासयोग्यता बताइरहनेछु। तपाईंको अचुक प्रेम सदाको निम्ति दृढ रहिरहनेछ; स्वर्गमा पनि तपाईंले आफ्नो विश्‍वासयोग्यता स्थापित गर्नुभएको छ भनी म घोषणा गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 89 NCV