भजनसंग्रह 51:3-4
भजनसंग्रह 51:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि मेरा अपराधहरू म जान्दछु, र मेरो पाप सदा मेरो सामुन्ने छ। तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्टिमा जे खराबी छ, त्यही गरेको छु। यसैकारण बोल्नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्छ, र न्याय गर्दा तपाईं न्यायी ठहरिनुहुन्छ।
भजनसंग्रह 51:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि मेरा अपराधहरू म जान्दछु; र मेरो पाप सधैँ मेरै सामु छ। मैले तपाईंको विरुद्धमा, मात्र तपाईंकै विरुद्धमा पाप गरेको छु, अनि तपाईंको दृष्टिमा जे खराबी छ, मैले त्यही गरेको छु; यसकारण तपाईंको फैसलामा तपाईं सही हुनुहुन्छ, र तपाईंले न्याय गर्नुहुँदा धर्मी ठहरिनुहुन्छ।
भजनसंग्रह 51:3-4 पवित्र बाइबल (NERV)
म जान्दछु मैले पाप गरें। म सधैँ ती पापहरू देख्दछु। हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें। परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें म ती गल्तीहरू स्वीकार गर्दछु, ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ। तपाईंको निर्णयहरू निष्कपट छन्।
भजनसंग्रह 51:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म मेरा दोषहरू मान्दछु, म सधैँ आफ्ना पापहरू थाहा पाउँछु। मैले तपाईंको विरुद्धमा; तपाईंको विरुद्धमा मात्रै; पाप गरेको छु र जे कुरा तपाईंले खराब मान्नुहुन्छ, ती गरेको छु। यसैले तपाईंले मेरो न्याय गर्नुभएको ठीक छ र मलाई दोषी ठहराउनुभएको उचित ठान्दछु।