भजनसंग्रह 42:7-8
भजनसंग्रह 42:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंका छहराको गर्जनमा सागरले सागरलाई पुकार्दछ, तपाईंका सम्पूर्ण छाल र तरङ्गहरूले मलाई छोपेका छन्। परमप्रभुले दिउँसो उहाँको प्रेम पठाइदिनुहुन्छ, र राती उहाँको भजन मसित हुन्छ, जो मेरो जीवनका परमेश्वरलाई प्रार्थना हो।
भजनसंग्रह 42:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंको छाँगाहरूका गर्जनमा, सागरले सागरलाई पुकार्दछ; तपाईंका सम्पूर्ण छालहरू र तरङ्गहरूले मलाई छोपेका छन्। याहवेहले दिनमा उहाँको अचुक प्रेम पठाउनुहुन्छ, राति उहाँले मलाई एउटा गीत दिनुहुन्छ, जुनचाहिँ मेरो जीवनको परमेश्वरलाई प्रार्थना हो।
भजनसंग्रह 42:7-8 पवित्र बाइबल (NERV)
पृथ्वीको मुहानबाट निस्केर छङ्ग-छङ्ग गर्दै खोला बगेको आवाज म सुन्छु। हे परमप्रभु, तपाईंका छालहरूले, मेरो वरिपरि छङ्ग-छङ्ग गर्दै मलाई धोइरहेका छन्। प्रत्येक दिन परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा देखाउनु हुन्छ अनि प्रत्येक रात म प्रशंसा मेरो जीवित परमेश्वरका लागि प्रार्थना गर्ने थिएँ।
भजनसंग्रह 42:6-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहाँ परमेश्वरमा मेरो हृदय खिन्न भएको छ। यसैले म मेरा सोच-विचार परमेश्वरतिर फर्काउँछु। उहाँले मेरो आत्मामा अफसोसको भल बगाउनुहुनेछ। हेर्मोन र मिसार पहाडबाट तल यर्दन नदीतिर गर्जंदै बग्ने झरनाझैँ खलबलीको बाढीले मलाई छोपेको छ। परमप्रभुले दिउँसो मलाई आफ्नो अटुट प्रेम देखाऊन्। राती मेरो जीवनका परमेश्वरलाई म एउटा गीत र प्रार्थना चढाउनेछु।