भजनसंग्रह 34:1-3
भजनसंग्रह 34:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्टमा परेकाहरू यो सुनेर खुशी होऊन्। मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्च पारौं!
भजनसंग्रह 34:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हर समय म याहवेहलाई स्तुति गर्नेछु; उहाँको प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ। याहवेहमा नै मेरो अन्तस्करणले गर्व गर्नेछ; कष्टमा परेकाहरू यो सुनून्, र खुशी होऊन्। मसँगसँगै याहवेहको महिमा गर; हामी मिलेर उहाँको नामलाई उच्च पारौँ।
भजनसंग्रह 34:1-3 पवित्र बाइबल (NERV)
हर समय म परमप्रभुलाई धन्यको भन्छु। उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ। नम्र मानिसहरू! सुन र खुशी बन। मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ। मसँग-सँगै परमप्रभुको स्तुति गर! र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं।
भजनसंग्रह 34:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म सधैँ परमप्रभुलाई धन्यवाद दिनेछु, उहाँको प्रशंसा गर्न म कहिल्यै रोक्नेछैनँ। उहाँले गर्नुभएको कामको लागि म उहाँलाई प्रशंसा गर्नेछु; सताइएकाहरू सबै त्यो सुनेर हर्षित होऊन्। मसँग परमप्रभुको महान्ताबारे स्वर उचाल, हामी मिलेर उहाँको नामको प्रशंसा गरौं!